बेलायतको मेसिनविरोधी ‘लुडाइट’ आन्दोलन
- जेष्ठ १, २०८१
केही अनुभवहरू
आमाले भन्नुभयो–
नानी, तिमी विद्यालयको
समितिमा जाऊ
छलफलमा भाग लेऊ
साहित्य गोष्ठीमा सहभागी हुनू
कथा, कविता र निबन्ध सुनाउनू
नाटकहरूमा पनि भाग लिनू
नानी, वादविवादमा भाग लेऊ
कहिले दिएको विषयको
पक्षमा बोल, कहिले विपक्षमा
मनका कुरा राख्नू ।
सभापतिलाई सम्बोधन गर्दै
आफ्नो मनको कुरा फुकाऊ !
२
आमाले दोस्रो दिन भन्नुभयो–
नानी, अब तिमी ठूली भयौ,
आफूभन्दा जान्नेहरूसँग सिक
आफूभन्दा कमजोरलाई सिकाऊ !
खेलकुदमा भाग लिऊ
आफ्नो शरीरलाई राम्रो बनाऊ
स्वास्थ्यलाई फूर्तिलो बनाऊ
मनमा सधैँ राख !
कसैले आक्रमण गर्न सक्छ
प्रतिकार गर्ने भावना राख ।
कसैले तिमीलाई माया गर्न
हात बढाउनेछ
त्यसको उचित उत्तर देऊ
उसलाई पनि तिमी भन–
सामूहिक जीवन राम्रो, स्वार्थी नहोऊ ।
३
तेस्रो दिन आमाले भन्नुभयो–
नानी, अब तिमी,
समाजको नागरिक हौ,
देशकी छोरी हौ ।
याद राख छोरी,
देश सबैकी आमा हुन्
जनता सबैका बाबु हुन् ।
संसारमा सबैको जोरीपारी हुन्छ
कसैसँग नदब्नू,
जसले तिमीलाई सहयोग गर्छ
उसलाई धन्यवाद दिनू
अनुग्रहित हुन सिक !
४
चौथो दिन आमाले बोलाउनुभयो
र भन्नुभयो–
छोरी, अरूको मात्रै लिने होइन
दिने पनि बानी बसाल,
सहयोग गर्नेप्रति कृतघ्न नहुनू !
छोरी, तिमी मगन्ते नहोऊ
तिम्रो बानी बिग्रन्छ
मुलुक बिग्रेजस्तै !
तिमी आफ्नो खुट्टामा उभिऊ
छोरी, अरूमा भर नपर
अरूको अगाडि लाज लाग्ने
काम नगर छोरी
अब तिमी ठूली भयौ !
म सानो छँदा
आमाबाबुको मृत्यु हुँदा
महिलाहरू रुँदै कथा हाल्थे–
“मलाई कसको भरमा छोडेर गयौ आमा”
“बुबा, मलाई कसको भरमा छोडेर गयौ ?”
अब सबैको उत्तर हुन्छ समाजसँग
आमाको मृत्यु हुँदा नाबालक
अब शिशुशालाले हेर्छ
दिदीबहिनीहरूले हेरचाह गर्नेछन् ।
खेल्ने उमेरका नानीहरूको
अभिभावकहरू बित्दा
बालोद्यानका आमाहरूले
स्याहार्नेछन् र पछि पछि
विद्यालयमा पठाउनेछन् ।
युवाहरू महाविद्यालय पुग्नेछन्
सीप र ज्ञान सिक्नेछन्
पढ्दै र सिक्दै जीवन
निर्वाह गर्नेछन्, विज्ञान र प्रविधिले
देश र जनताको सेवा गर्नेछन् ।
विश्वविद्यालयमा पढ्ने र पढाउनेछन्
नयाँनयाँ आविष्कार र ज्ञान बढाउनेछन्
मानव समाजकै निम्ति अहोरात्र काम गर्नेछन्
परिवारको हेरचार उसले होइन समाजले गर्नेछ ।
ज्येष्ठ नागरिक आदर निकेतनमा आनन्दसँग
मृत्युपछि समाजले अन्त्येष्टि गर्नेछ,
उसका योगदानहरूलाई सम्झनेछन् सबैले
उनको कामअनुसार सबैले आदर गर्नेछन् ।
Leave a Reply