विकास निर्माणलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने
- असार ७, २०८३
नेपाल मजदुर किसान पार्टीले संसारको कुनै पनि गरिब र कमजोर देश र जनतामाथि शक्तिशाली देशले गरेको हस्तक्षेप, आक्रमण र थिचोमिचो टुलुटुलु हेरेर बस्दैन । पीडित देश र जनताको पक्षमा साम्राज्यवादी, उपनिवेशवादी, विस्तारवादी देशको विरोधमा विभिन्न गतिविधि गर्छन् । यस दलले भारतले आफ्ना सेना पठाएर बङ्गलादेशलाई जबरजस्ती दुई टुक्रा पारेको र सन् १९७५ मा स्वतन्त्र देश सिक्किम निलेकोमा जुलुस प्रदर्शन गरी विरोध गरेको हामी सुन्छौँ ।
नेपाल मजदुर किसान पार्टीले आफ्ना जनवर्गीय सङ्गठनहरू (नेपाल क्रान्तिकारी युवा सङ्घ, नेपाल क्रान्तिकारी महिला सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ) मार्फत देशका विभिन्न ठाउँमा इजरायलद्वारा प्यालेस्टिनी जनताको नरसंहारको विरोधमा जुलुस तथा सभाहरू सम्पन्न गरिसकेका छन् । यी जनवर्गीय सङ्गठनहरूले यस आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । जनवर्गीय सङ्गठनहरूले भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रे, चितवन, रूपन्देही, बाँके, कैलाली, सुर्खेत, दैलेख, कालीकोट, जुम्लालगायतका गाउँ–सहरमा इजरायली फासीवादविरुद्ध जुलुस, सभा, बैठक, छलफल आदिको माध्यमबाट जनतालाई सचेत पार्ने काम गरिरहेका छन् । जसरी उनीहरूले हिजो देशघाती, एमसीसीको विरोधमा देशभरि विरोध सभा गरेका थिए ।
नेपाल मजदुर किसान पार्टी एक अन्तर्राष्ट्रवादी पार्टी भएकोले अमेरिकी साम्राज्यवाद र इजरायली फासीवादी बर्बरतापूर्ण प्यालेस्टिनी जनताको नरसंहार र जातीय सफायाको विरोधमा सशक्त गतिविधिहरू गरेर नेपाली जनतालाई सुसूचित वा सचेत पार्ने काम गरेर आफ्नो कर्तव्य निभाइरहेको छ । ‘दुःखको बेला साथ दिने मित्र राम्रो मित्र, सङ्कटको बेलाको साथी असल साथी हुन्छ’ भनेझैँ इजरायली शासकहरूको अमानवीय नाकाबन्दी, बम वर्षा र जनधनको विनाशबाट पीडित प्यालेस्टिनी जनतालाई दुःख वा सङ्कट परेको बेला नेपाल मजदुर किसान पार्टीले पीडितको पक्षमा आवाज बुलन्द गरिरहेको छ । भोलि नेपाल र नेपाली जनताले पनि प्यालेस्टिनी जनताले जस्तै दुःख, पीडा र सङ्कट भोग्नु नपर्ला भन्न सकिँदैन । अमेरिकी साम्राज्यवादले यहाँका उसका दलालहरूलाई प्रभाव र दबाबमा पारेर एमसीसी सम्झौता पारित गराइसकेको छ । एसपीपीमा भित्रभित्रै उनीहरूको ल्याप्चे लिइसकेको चर्चा छ । नेपाली जनताले भारतीय हस्तक्षेप र अमानवीय नाकाबन्दीमा भोगेको दुःख, पीडा र अनुभव छँदै छ ।
प्यालेस्टिनी जातीय सफाया र प्यालेस्टिनी जनताको नरसंहारको विरोधमा यहाँ कम्युनिस्ट भनिएका दलहरू अनि सरकारले आजसम्म चुँसम्म बोल्न सकेका छैनन् । उनीहरूले त्यसको विरोधमा वक्तव्य निकाल्ने, जुलुस र सभा गर्नसकेका छैनन् । त्यसैले, उनीहरूलाई अमेरिकी साम्राज्यवाद र फासीवादी इजरायलका दलाल र कायर किन नभन्ने ? नेपाल सरकारले युक्रेनको कब्जामा रहेको नेपाली रुसी सेनालाई मुक्त गर्न युक्रेनी सरकारसँग र त्यस्तै रुसी सेनामा भर्ती भएका नेपाली युवाहरूलाई फर्काउन रुसी सरकारसँग कूटनीतिक पहल गर्ने तर २÷३ महिनादेखि हमासको नियन्त्रणमा रहेका विपिन जोशीलाई सकुशल मुक्त गर्न किन नेपाल सरकारले गाजाको प्यालेस्टिनी सरकार वा हमाससँग कूटनीतिक पहल गर्ने आँट गरेन ? के हाम्रा नेपाली युवाहरू रुसी सेनामा बाध्यताबस भर्ती हुन गएका हुन् ? के हाम्रा नेपाली युवाहरू रुसमा जस्तै युक्रेन, इजरायललगायतका देशको सेनामा त्यस्तै भर्ती हुन गएका छैनन् ? यो सरकार कायर होइन भने कसैको दबाब र प्रभावमा नझुक्ने देश र जनताको निःस्वार्थ सेवा गर्ने जनताको सरकार हो भने नेपाली युवाहरू कुन कुन देशमा कति कति छन् त्यसको खोजी गरी परिणाममुखी कूटनीतिक पहल गरी तुरुन्त नेपाल फर्काउनुपर्छ । सरकारले रुचि, योग्यता, क्षमताअनुसार उनीहरूलाई परिवार पाल्न सकिने गरी काम दिनुपर्छ । जति पनि नेपाली युवाहरू बाध्यताबस विदेशी सेनामा भर्ती हुन गए, ज्यान गए यसको सम्पूर्ण दोषी भनेको सरकार र शासक दल नै हुन् । यहाँका दलाल शासक दलका नेताहरूले आफ्नो देशको रक्षाको निम्ति, आफ्नो अतिक्रमित प्यालेस्टिनी भूमि फिर्ता लिनको लागि लडिरहेका प्यालेस्टिनी जनता, प्यालेस्टिनी लडाकुहरूलाई आतङ्कवादी हमला भनेर सुगारटाई गरिरहेका छन् । उनीहरूले डलरको दलाली गरिरहेका छन् । त्यतिका प्यालेस्टिनी निहत्था जनताको नरसंहार हुँदा पनि यहाँका मानव अधिकारवादी भनाउँदा, सङ्घ तथा संस्था, सामाजिक अभियन्ता, प्रजातन्त्रवादी भन्नेहरू सबै दूलोभित्र लुकिरहेका छन् । देश र जनताको रक्षा र हितको लागि लड्ने लडाकुहरू कहिल्यै आतङ्कवादी हुँदैनन् । उनीहरू देशभक्त, स्वतन्त्रताका सेनानी र वीर योद्धा हुन् । यदि यसो होइन भने सिमोन बोलिभार, जोसे मार्टि, भगतसिंह, अब्राह्म लिङ्कन, नेल्सन मन्डेलाजस्ता योद्धाहरू पनि आतङ्कवादी हुने भए ।
नेपाल मजदुर किसान पार्टीले संसारको कुनै पनि गरिब र कमजोर देश र जनतामाथि शक्तिशाली देशले गरेको हस्तक्षेप, आक्रमण र थिचोमिचो टुलुटुलु हेरेर बस्दैन । पीडित देश र जनताको पक्षमा साम्राज्यवादी, उपनिवेशवादी, विस्तारवादी देशको विरोधमा विभिन्न गतिविधि गर्छन् । यस दलले भारतले आफ्ना सेना पठाएर बङ्गलादेशलाई जबरजस्ती दुई टुक्रा पारेको र सन् १९७५ मा स्वतन्त्र देश सिक्किम निलेकोमा जुलुस प्रदर्शन गरी विरोध गरेको हामी सुन्छौँ । अमेरिकी साम्राज्यवादले चीन, कोरियालगायत हिन्द चीन भियतनाम, कम्बोडिया, लाओसमाथि हमला गर्दा त्यसको विरोधमा आवाज उठाएको पत्रपत्रिकामा पढेका छौँ । त्यस्तै, अमेरिकी साम्राज्यवादले पूर्वसोभियत सङ्घमा ३ लाख विनाबर्दिधारी, हतियारधारी सेना एनजीओ, आइएनजीओमार्फत आक्रमण गर्दा, विशाल रुसलाई तिनीहरूले १५ टुक्रा पारिदिँदा त्यसको विरोधमा नेपाली जनतालाई सचेत पार्न विभिन्न गतिविधिहरू गरेको हामीले देखेकै छौँ । अमेरिकी साम्राज्यवादलगायत पश्चिमी साम्राज्यवादी, उपनिवेशवादी देशहरूले पहिलेदेखि साम्राज्य र उपनिवेश जमाएर एसिया, अफ्रिका, पूर्वी युरोप, ल्याटिन अमेरिकाका प्राकृतिक स्रोत सम्पदाहरू लुटिरहेका थिए । त्यसको विरोधमा जनतालाई उठाउने, सङ्गठित र सचेत पार्ने, देशभक्त नेता योद्धाहरूको उनीहरूले हत्या गरे, अपहरण गरेर गायब पारेका थिए । उनीहरूले देशभक्त, साम्राज्यवाद र उपनिवेशवादविरोधी नेता, राष्ट्रपति, प्रधानमन्त्री वा सरकार प्रमुख आफँै उपस्थिति भएर, हस्तक्षेप गरेर वा सम्बन्धित देशकै दलाल, देशघाती, देशद्रोहीहरूलाई हातमा लिएर सैनिक ‘कु’ गरी अपदस्थ, हत्या गरेको विरोधमा नेपाल मजदुर किसान पार्टीले जनतालाई सचेत पारिरहेको छ । हाम्रो अगाडि फिलिपिन्स, इन्डोनेसिया, इराक, लिविया, युरोस्लाभिया, कङ्गो, घाना, चिली, पानामा जस्ता देशहरू छन्† सद्दाम हुसेन, कर्णेल गद्दाफी, ऐयण्डे, चेग्वेभारा, स्लोभोदान मिलोसेभिच, प्याट्रिस लुम्बुआ आदि हत्या गरिएका देशभक्त नेताहरू छन् । साम्राज्यवादी, उपनिवेशवादी, पुँजीवादी देशहरूले यी देशभक्त नेताहरूको हत्या गर्दा पनि नेपाल मजदुर किसान पार्टीले विरोध गरेको थियो । अरू कम्युनिस्ट भनिएका प्रजातन्त्रवादी, स्वतन्त्रतावादी भनिएका कुनै दलहरूले विरोध गरेनन् ।
Leave a Reply