भर्खरै :

प्यालेस्टिनको जीत अपरिहार्य छ

प्यालेस्टिनको जीत अपरिहार्य छ

सार्वभौमिकता रक्षार्थ लड्ने
देशभक्त तिमी
जातीय नरसंहारविरूद्ध
ज्यान आहुति दिने
प्यालेस्टिनी तिमी ।
साम्राज्यावाद र यहुदी फासीवादबाट
पिल्सिएका
न्यायका रक्षक
के बालक, वृद्धवृद्धा, महिला
युवा, विद्यार्थी, बुद्धिजीवी, पत्रकार,
डाक्टर, नर्स, मजदुर, किसान
जन्मिए प्यालेस्टिनी भूमिमा
गाजापट्टी, जेरूसेलम, पश्चिम किनार
जहाँ जता बसे पनि
मातृभूमिको रक्षार्थ
सदियौँदेखि सङ्घर्ष गरिरहने
सङ्घर्षका पर्याय प्यालेस्टिनी तिमी ।
अमेरिकी साम्राज्यवादको इसारामा
इजरायली फासीवादले
एकल जातीय राज्य निर्माण गर्न
जहाँ जहाँ प्यालेस्टिनी
त्यहाँ त्यहाँ बमबारी
अमानवीयताको दुष्चक्र
अन्नपानी, बसोबास,
उपचार, शिक्षाबाट वञ्चित
कुनै ग्यारेन्टी छैन जिउ ज्यानको
दिन होस या रात ।
बम बारूदका धुवाँ आकाशमाथि
तहसनहस बस्ती,
विनासै विनास
सहरको भग्नावशेष
कला, सम्पदा, ऊर्जा, जल
प्यालेस्टिनको प्राकृतिक स्रोत
कब्जा गर्ने नियत साम्राज्यवादीहरूको ।
हो,
अन्याय अत्याचार, जातीय नरसंहार,
लुट मच्चाउने साम्राज्यवादी चालविरूद्ध
विश्वको कुना कुनाबाट आवाज उठ्दै छन्
प्यालेस्टिन !
तिम्रो साथ हामी पनि छोैँ ।
इजरायली फासीवादले मच्चाएको
जातीय नरसंहार,
साम्राज्यवादको गिद्धेदृष्टिविरूद्ध
प्यालेस्टिनका वीरहरू
तिम्रो साथमा हामी पनि लड्दै छौँ
प्यालेस्टिन तिम्रो जीत अपरिहार्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *