भर्खरै :

माओ त्सेतुङ विचारधाराको सार— एक दृष्टि

माओ त्सेतुङ विचारधाराको सार— एक दृष्टि

अध्यक्ष माओ त्सेतुङ भन्नुहुन्थ्यो, “जनताको सेवा गर ।” यो केवल एउटा भनाइ होइन चिनियाँ कम्युनिस्ट पार्टीको उद्देश्य र प्रत्येक पार्टी कार्यकर्ताहरूको जीवनपद्धति या व्यवहार बन्यो । करोडौं करोड चिनियाँ जनताको निम्ति महत्वपूर्ण मार्गदर्शन बन्यो । चिनियाँ क्रान्तिको ऊर्जा बन्यो । आज चीनमा विद्यालयदेखि विश्वविद्यालयका भित्ताहरूमा मात्र होइन नयाँ पुस्ताको हृदयहृदयमा “जनताको सेवा गर” भन्ने विचार सल्बलाइरहेको पाइन्छ । अध्यक्ष माओको विचारको आभा चीन र चिनियाँ जनताले आज पनि तेजिलो महसुस गर्दै छन् ।
अध्यक्ष माओको विचारबाट दीक्षित क्रान्तिकारी किसान र मजदुरहरूकै बलमा चीनको भूमिमा जापानी उपनिवेशविरुद्धको देशभक्तिपूर्ण सङ्घर्ष तथा समाजवादी क्रान्ति सफल भएको हो । समाजवादी व्यवस्था निर्माणको सुरुआती महत्वपूर्ण चरणमा अध्यक्ष माओको शिक्षा या विचार कति सशक्त थियो भन्नेबारे आजको विश्व चर्चा चालु राख्दै छ । अध्यक्ष माओको विचार विश्व कम्युनिस्ट आन्दोलनको निमित्त महत्वपूर्ण शिक्षा हो भने आजको शक्तिशाली चीन त्यही वैचारिक आधारशिलामा उभिएको छ । अध्यक्ष माओको विचार, जीवनदर्शन, नेतृत्वकौशल तथा व्यवहारको उपज हो आजको चीन । चीनको भूमिमा माओ विचारधारा माक्र्सवाद, लेनिनवादको माटो सुहाउँदो या व्यावहारिक प्रयोग हो भनी स्वयम् अध्यक्ष माओले भन्नुभएको छ । उहाँले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व कसरी गर्नुभयो ? सरल किसानहरूलाई कसरी कम्युनिस्ट बनाउनुभयो ? सेना, कार्यकर्ता र पार्टी नेतृत्वलाई उहाँले कसरी तालिम दिनुभयो ? अध्यक्ष माओ र उहाँको विचारधाराको अध्ययन गर्दा उठ्ने जिज्ञासाहरू हुन् यी । यी जिज्ञासा उहाँकै रचनाहरूबाट मेटिन्छ । पुस्तक ुक्भभिअतभम च्भबमष्लनक ाचयm तजभ धयचपक या ःबय त्कभतगलनु अध्यक्ष माओको विचार र कार्यशैली बुझ्न सघाउने महत्वपूर्ण कृति हो ।
माओको जन्मदिवसको अवसरमा उहाँका रचनाहरूबारे चर्चा गर्नु अझ बढी सामयिक होला । ‘माओका सङ्कलित रचनाहरू’को यस भागमा चिनियाँ समाजको वर्ग विश्लेषणदेखि हुनान किसान आन्दोलनका किस्साहरू छन् । देशको मुक्ति आन्दोलनदेखि समाजवादी क्रान्तिका केही चरणहरूको जानकारी छ । सामन्तवादी समाजदेखि समाजवादी समाज व्यवस्था निर्माणको दौरानमा भएका सैद्धान्तिक तथा वैचारिक सङ्घर्षका अध्यायहरू छन् । विश्वलाई हेर्ने दृष्टिकोण पुस्तकमा छ । सबैभन्दा महत्वपूर्ण यस भागमा पार्टी सङ्गठन, नेतृत्व, कार्यकर्ता, अध्ययन, व्यवहार र पार्टी अनुशासनबारे अध्यक्ष माओको धारणा सङ्ग्रहित छ ।
देशभित्र र बाहिरका वैचारिक विरोधाभाषहरूको गाँठो सुल्झाउन अध्यक्ष माओ कति पोख्त हुनुहुन्थ्यो भन्ने थाहा पाउन यो पुस्तक नपढी हुन्न । क्रान्ति र निर्माणका लागि चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका नै चीनको गर्विलो इतिहास हो भन्ने महसुस गराउँछ यस कृतिले । तत्कालीन समयको राष्ट्रिय सङ्घर्षमा कम्युनिस्ट पार्टीको भूमिका जापानी उपनिवेश र साम्राज्यवादीहरूलाई लखेटेर नयाँ चीन निर्माण गर्नु मात्र होइन चीनमा जरा गाडेर बसेको सामन्तवादी व्यवस्थालाई निर्मूल पार्नु पनि थियो । समाजवादी अर्थात् कम्युनिस्ट आन्दोलन नै चीनको मुक्ति मार्ग हो भन्ने तय भइसकेपछि प्रतिक्रियावादीहरूले चिकपातिर ‘देशभक्ति कि अन्तर्राष्ट्रवाद ?’ भन्ने प्रश्न तेर्साए । एक जना कम्युनिस्ट जो अन्तर्राष्ट्रवादी हुन्छन्, के उनी देशभक्त हुनसक्छन् ? अध्यक्ष माओले जवाफ दिनुभयो, “एकजना अन्तर्राष्ट्रवादी कम्युनिस्ट देशभक्त हुनु अनिवार्य छ ।” जापानी आक्रमणकारीहरूले भनेको देशभक्ति या हिटलरको राष्ट्रवाद दुवै विरुद्ध लड्नु चिनियाँ जानताको देशभक्ति हो । जापान र जर्मनीका कम्युनिस्टहरू चीनमाथिको आक्रमणविरुद्ध आप्mनै देशबाट चिनियाँ जनताप्रति ऐक्यबद्धता जनाउँदै थिए । त्यसकारण चीनको मुक्तिको बाटोमा अन्तर्राष्ट्रिय भावनासँगै देशभक्ति अनिवार्य छ भन्ने सन्देश अध्यक्ष माओले सञ्चार गर्नुभयो । कम्युनिस्टहरू देशभक्त हुँदैनन् भन्ने प्रतिक्रियावादीहरूको मनोवैज्ञानिक युद्धविरुद्ध अध्यक्ष माओले आप्mनो सेना र कार्यकर्ताहरूलाई ऊर्जा दिनुभएको सन्दर्भ निकै रोचक छ । उहाँले भन्नुभयो, “कम्युनिस्टहरू राष्ट्रिय सङ्घर्षहरूमा राम्रो उदाहरण बन्नुपर्छ । कम्युनिस्टहरू नै वास्तवमा देशभक्तिपूर्ण आन्दोलनहरू र वर्गीय लडाइँका अगुवा हुन्छन् ।”
राष्ट्रिय चेतना, राष्ट्रिय गौरव, स्वाभिमान, सार्वभौमिकताप्रतिको प्रेम र आत्मविश्वास कम्युनिस्टहरूको प्राथमिकता हो । त्यतिबेला चीनको सेना बलियो थिएन, अर्थतन्त्रमा चीन निकै पिछडिएको थियो । राजनीतिक व्यवस्था प्रजातान्त्रिक थिएन, भ्रष्टाचार र निरासा व्याप्त थियो । जनताको एकता थिएन । त्यस्तो समयमा कम्युनिस्टहरूले नै क्रान्तिको अगुवाइ गरेको इतिहास नै चीनको इतिहास हो ।
कम्युनिस्टहरूसँग देश र जनताको निम्ति बहादुरीपूर्वक लड्ने, पार्टीको फलामे अनुशासनमा बस्ने, राजनीतिक सुझबुझसहित सैद्धान्तिकरूपमा खारिने ऊर्जा हुनुपर्छ । कम्युनिस्टहरू जनताका सच्चा मित्र हुन्छन्, सेवक हुन्छन्, कामरेडली भावना या प्रेमले भिजेका हुन्छन् । कम्युनिस्ट निःस्वार्थी, निडर तथा इमानदार हुन्छन् । व्यक्तिगत स्वार्थ, रहर, परिवार, सम्पत्तिलाई प्राथमिकतामा राख्नेहरू कम्युनिस्ट बन्न सक्दैनन् । कम्युनिस्टहरूसँग पुरानो सोच र अन्धविश्वास हुनु हुँदैन । समाजको परिवर्तन या क्रान्तिको बाटोमा हिँड्ने कम्युनिस्टहरू त्यागी मात्र नभई दूरदर्शी पनि हुन्छन् । सिकाइ र अध्ययनमा सदैव उत्सुक र अब्बल नभई क्रान्तिको बाटोमा ऊर्जावान् हुन गा¥हो हुन्छ । शत्रु परास्त गर्न सारा जनतालाई एकतामा ल्याउन अहोरात्र मेहनत गर्ने व्यक्तित्व आवश्यक हुन्छ कम्युनिस्ट आन्दोलनको लागि । कोठाभित्र बसेर सिद्धान्तको फलाकोबाजी गर्ने होइन जनताको बिचमा गई सङ्गठन गर्ने, पार्टीलाई विशाल र विराट बनाउन दिनरात खट्ने कार्यकर्ता कम्युनिस्ट आन्दोलनको लागि खाँचो हुन्छ । यो अध्यक्ष माओको विचार हो ।
त्यतिबेला राष्ट्रिय लडाइँका लागि कोमिन्ताङसँगको मोर्चा र पार्टीको स्वतन्त्र अस्तित्व दुवै जोगाउने वैचारिकरूपले सबल कार्यकर्ताहरू नेता माओले तयार गर्नुभएको थियो । वर्गीय सङ्घर्ष र राष्ट्रिय सङ्घर्षलाई सँगसँगै लान सक्ने कम्युनिस्टहरू तयार गर्नुभएको थियो । पार्टी निर्णयमा बहुमतको पक्ष लिने, अल्पमतको कदर अर्थात् रचनात्मक सुझावहरूको कदर हुन्थ्यो । पार्टीको छुट्टै कार्यकर्ता नीति थियो । पार्टीको कार्यशैलीबारे पुस्तकको विभिन्न शीर्षकमा चर्चा छ । चिनियाँ कम्युनिस्ट पार्टीले ठूलो सङ्ख्यामा कार्यकर्ताको तयारीबिना क्रान्ति गर्न सक्दैनथ्यो । त्यसकारण कार्यकर्ताको बौद्धिक एवम् शारीरिक क्षमता अभिवृद्धि गर्न थुपै्र तालिमहरू सञ्चालन गरियो । कार्यकर्ताको राम्रो हेरचाह गर्नु र तिनलाई सही ठाउँमा काम गराउनु नेतृत्वको जिम्मेवारी हुन्छ । कुनै पनि राजनीतिक निर्णयपछि त्यसलाई पूर्णता दिन, व्यवहारमा उतार्न कार्यकर्ताहरूको खतन निकै आवश्यक हुन्छ । त्यसकारण अध्यक्ष माओ योजनाबद्ध ढङ्गबाट कार्यकर्तालाई तालिमको आयोजना गर्नुहुन्थ्यो । उहाँले किसानहरूका निम्ति पार्टी कक्षा एवम् पार्टी स्कूल सञ्चालन गर्नुभयो । कहिल्यै विद्यालय नदेखेका किसानहरू माओका कक्षाहरूमा चीनको इतिहासदेखि विश्वका किसान र मजदुर आन्दोलनहरू पढ्थे । भूगोल, राजनीतिशास्त्र र अर्थशास्त्र पढ्थे । उहाँले युवा किसानहरूलाई युद्ध रणनीति पढाउनुभयो । किसानहरूलाई सरल भाषामा माक्र्सवाद, लेनिनवाद तथा वैज्ञानिक समाजवाद पढाउनुभयो ।
पार्टी बाहिरका क्षमतावान् र बौद्धिक व्यक्तित्वहरूसँग अध्यक्ष माओ राम्रो सम्बन्ध राख्नुहुन्थ्यो । तिनीहरूबाट पनि पार्टीको लागि सहयोग लिने वातावरण बनाउन उहाँ पारङ्गत हुनुहुन्थ्यो । कम्युनिस्टहरू हार्दिकता र अनुग्रहको भावनाले सुसज्जित हुनुपर्छ भनी कार्यकर्तालाई सिकाउनुहुन्थ्यो । द्वेष र आवेगले शत्रु परास्त नहुने बरु पार्टीको विचारले प्रभावित पार्टी समर्थक पनि एक कोस टाढा जान सक्ने व्यावहारिक शिक्षा दिनुहुन्थ्यो ।
कार्यकर्ताको मूल्याङ्कन कसरी गर्ने ? उहाँ कार्यकर्ताको मूल्याङ्कन छोटो अवधि र एउटा घटनाबाट गर्नुहुन्नथ्यो । कार्यकर्ताको जीवन, काम, व्यक्तित्व र विचारको आधारमा मूल्याङ्कन गरिन्थ्यो । कार्यकर्तालाई नेतृत्वले क्षमतानुसार सही जिम्मेवारी दिएको खण्डमा उसले बढी काम गर्नसक्ने कुरा व्यवहार सिद्ध भयो । नेतृत्वले सदैव पार्टीको विचार या योजनाको विकाससँगै कार्यकर्ताको उचित खटनमा ध्यान दिन सक्नुपर्ने तर्क नेता माओको हो । कार्यकर्तालाई आदेश धम्की या गालीबाट होइन कामका लागि उत्साहित गर्नसक्नु नेतृत्व क्षमता हो । कुनै पनि काममा नियुक्तिका लागि नातावाद र कृपावाद होइन क्षमता नै हुनुपर्छ भन्ने नीति चिकपाभित्र थियो ।
एक इमानदार कार्यकर्ता नेता र जनसमुदायबिच सम्बन्धको सेतु हुने गर्छन् । त्यसकारण, कार्यकर्ता पार्टी लाइनमा एकदम स्पष्ट, पार्टी अनुशासनमा प्रतिबद्ध, जनसम्पर्कमा चुस्त, सक्रिय, मेहेनती र निःस्वार्थी हुनुपर्छ । कार्यकर्ताहरूको पनि परीक्षा हुन्छ । नेतृत्वले नियमित मूल्याङ्कन गरिरहेको हुन्छ । सरल, सक्षम कार्यकर्ताहरू पार्टीका माथिल्ला समितिहरूमा चढ्दै जानु काममा प्रमोसनजस्तै हो ।
कार्यकर्ता पार्टीका सङ्गठक र प्रचारक मात्र होइन देशकै रक्षक पनि हुन् । तिनले पार्टीको र तिनलाई पार्टीले हेरचाह गरेकै हुनुपर्छ । कार्यकर्ताको हेरचाह कसरी गर्ने भन्ने प्रश्नमा अध्यक्ष माओले लेख्नुभएको छ, “कार्यकर्तालाई मार्गनिर्देशन गर, पार्टी लाइनबाट दीक्षित बनाऊ ।” कार्यकर्ताको स्तरवृद्धि हुनु निकै जरुरी हुन्छ । पार्टी शिक्षा र सिद्धान्तसँगै माक्र्सवादी साहित्य अध्ययन र व्यावहारिक ज्ञानले कार्यकर्ताको बौद्धिकस्तर वृद्धि हुन्छ । कार्यकर्ताको काम गर्ने शैली र कार्यमाथि नियमन आवश्यक हुन्छ । काममा कठिनाइ भए नेताहरूले सघाउनुपर्छ । कार्यकर्ताले अञ्जानमा गल्ती गरे भने गालीभन्दा पनि सप्रेम सम्झाउने र आलोचना गर्नुपर्छ भन्ने विचार माओको हो । एकजना कार्यकर्ता तयारीमा नेताको समय र धैर्यको ठुलो लगानी परेको हुन्छ । कार्यकर्ताहरूको अप्ठ्यारो स्थितिमा पार्टीका नेताहरूले ख्याल राख्नुपर्छ । बिरामी पर्दा, घरेलु समस्यालगायतका समयमा अभिभावकत्वको भूमिका निर्वाह हुनुपर्छ । यो नेता माओको विचारमात्र होइन निर्देशन पनि थियो ।
पार्टी अनुशासन के हो र पार्टी अनुशासन उल्लङ्घनको परिणाम के हुन्छ ? भन्नेबारे माओको शिक्षा आज पनि सान्दर्भिक छ । एक जना व्यक्ति या कार्यकर्ता सदैव सङ्गठनको अधिनस्थ रहन्छ । व्यक्ति सङ्गठनभन्दा माथि हुनसक्दैन । जहिले पनि अल्पमत बहुमतको अधिनस्थ रहन्छ । यद्यपि, अल्पमतको कदर पार्टी संस्कार हो । प्रारम्भिक तल्ला समितिहरू माथिल्ला समितिहरूको अधिनस्थ रहन्छ । समग्र पार्टी सदस्यता पार्टी केन्द्रको अधिनस्थ रहने अनुशासन चिनियाँ कम्युनिस्ट पार्टीको हो । पार्टी अनुशासन उल्लङ्घन पार्टी र नेतृत्वप्रतिको अपमान मात्र नभई तत्कालीन क्रान्तिको समयमा, सङ्घर्षको मोर्चामा एक किसिमको विश्वासघात हुन्थ्यो । त्यसकारण, अनुशासनहीनता क्षम्य हुँदैन । कम्युनिस्ट पार्टीको सुन्दरतम पक्ष भनेकै पार्टी अनुशासन हो । कम्युनिस्ट पार्टीभित्र प्रजातन्त्र पनि हुन्छ, अभिव्यक्तिको प्रजातन्त्र । अनुशासनमा केन्द्रीयता पार्टीको विशेषता हो । यसर्थ, कम्युनिस्ट पार्टीभित्र प्रजातान्त्रिक केन्द्रीयता हुन्छ । विचारको प्रवाह माथिबाट तल हुन्छ भन्ने जनअपेक्षा या सुझावहरूको सङ्कलन तल्लो तहबाट गरिन्छ ।
चिकपाले कार्यकर्तालाई माक्र्सवाद र लेनिनवादको वैचारिक हतियार प्रदान ग¥यो । दक्षिणपन्थी तथा वामपन्थी अवसरवादविरुद्ध लड्ने हतियार थियो त्यो । वामपन्थी आवेग र दक्षिणपन्थी निराशा चिर्दै जापानी उपनिवेशबाट देशलाई मुक्त बनाउन माओका सिपाहीहरू सफल भएको गौरवपूर्ण इतिहास छ । अध्यक्ष माओले कार्यकर्तालाई कम्युनिस्ट बनाउन उदारवादको विरोध गर्न सिकाउनुभयो । उदारवादले विचारधारात्मक हतियारहरूको विरोध गर्छ । उदारवादले सिद्धान्तमा सम्झौता गर्न बाध्य पार्छ । नाता या साथीभाइको मित्रमण्डलीलाई सङ्गठन र विचारभन्दा माथि राख्नु उदारता हो । सत्य र सही कुरा सम्बन्धित मान्छेको सामु नभनी पछाडि कुरा काट्नु उदारता हो । बैठक या मिटिङमा विचार नपोखी चिया पसल र साथीभाइसँग गलफती गर्नु उदारवाद हो । सामुहिक जीवनभन्दा व्यक्तिवादी सोचको बिजारोपण हो उदारवाद । आपूmलाई हानी नगर्ने विषय भए त्यतिकै छोड्नु गल्ती हो । अरूको विचार नसुन्ने आप्mनो कुरा मात्र लाद्ने प्रवृत्ति पनि उदारवाद हो । अरूलाई आदर नदिने आफू विशेष सम्मान खोज्ने मानसिकता कम्युनिस्टहरूमा हुनुहुँदैन । सैद्धान्तिक बहस छोडेर एकजना व्यक्तिमाथि प्रतिशोधको भावना साँध्नु गलत मानसिकता हो । जनविरोधी कामको विरोध नगर्नु उदारवाद हो । पार्टीको उद्देश्यमा हृदयदेखि समर्पित नहुनु र सानोतिनो काम गरेर क्रान्तिको निम्ति ठूलै काम गरेको फलाकोबाजी गर्नु उदारवाद हो । आप्mना कमजोरीहरू थाहा हुँदा हुँदै नसच्याउनु र सधँैभरि प्रकाशमा आउन खोज्नु उदारवाद हो । अध्यक्ष माओका अनुसार उदारवादी प्रवृत्ति प्रतिक्रान्तिकारी हुन्छ । तसर्थ, उदार प्रवृत्तिका व्यक्ति न त क्रान्तिकारी बन्न सक्छन् न त कम्युनिस्ट । उदारवादले पार्टीको एकता, गरिमा खल्बल्याई मतभेद निम्त्याउँछ । पार्टीभित्रको निम्न पुँजीवादी सोचसँगै वैचारिक, राजनीतिक तथा साङ्गठनिक उदारताविरुद्ध लड्न माओले सधँै उत्साहित गर्नुभयो । उदार मानिसहरू अवसरवादका शिकार हुन्छन्† माक्र्सवाद लेनिनवादका कलङ्क हुन्छन् । कम्युनिस्टको मकुन्डोमा यस्ता उदार व्यक्तिहरू क्रान्तिका लागि हानिकारक हुन्छन् । नेता माओको सन्देश यही हो ।
अध्ययन नगर्ने कार्यकर्ताको बौद्धिक स्तरवृद्धि सम्भव हुन्छ ? अध्ययनका धेरै उपायहरू हुन्छन् । माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिनसँगै इतिहास, वर्तमान परिस्थितिबारे राम्रो प्रशिक्षण कार्यकर्ताको निम्ति गुल्कोजजस्तै हो र माओले भन्नुभएको छ, “माक्र्सवाद र लेनिनवाद क्रान्तिको विज्ञान हो । गहिरो अध्ययन गर ।” कन्प्mयुसियसदेखि सनयातसेनसम्मको विचारधारात्मक योगदानको अध्ययन गर्न माओ उत्साहित गर्नुहुन्थ्यो । माक्र्सवादको माटो सुहाउँदो प्रयोगको लागि स्वदेशी इतिहास र सङ्घर्षको कथा पढ्न अनिवार्य हुन्छ । चिनियाँ विशेषतासहितको क्रान्तिको लागि वस्तुस्थितिको अध्ययन महत्वपूर्ण पक्ष हो अन्यथा माक्र्सवाद र लेनिनवाद अमूर्त आदर्शमात्र बन्छ भन्ने तर्क माओको हो । कार्यकर्तालाई कुनै एउटा विषयको गहिराइमा अध्ययन गर्न र अध्ययनबाट कहिल्यै सन्तुष्ट नबन्न सुझाव दिनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, “सन्तोष अध्ययनको शत्रु हो ।” अध्ययन र व्यवहारको तालमेल नमिले त्यो अध्ययनको अर्थ हुँदैन । किताब पढ्ने तर सङ्गठन नगर्ने, क्रान्तिको मोर्चामा सहभागी नबन्ने मानसिकता गलत हो । उहाँले भन्नुभएको छ, “किताबको पूजा गलत हो, यसको विरोध गर ।” किताबका भनाइहरूको रटान लगाउने, हरेक कुरालाई किताबको कुन पृष्ठमा छ भनी सोध्ने, किताबको सङ्ख्याले ज्ञानको मापन गर्ने प्रवृत्तिको विरोध गर्नुभयो अध्यक्ष माओले । समाज विज्ञानको अध्ययन निकै विराट र गाह्रो कार्य हो । समस्याहरूको अध्ययन पुस्तकबाट मात्र समाधान हुँदैन । पार्टी अगुवाहरूको अनुभव सयौँ किताबभन्दा ओजनदार हुन्छ । सतही ज्ञानमा रमाउनु एक किसिमको रोग हो । समस्याको गहिराइमा पुग्न अनुसन्धान अनिवार्य चरण हो । सत्य तथ्य र समाधानका लागि वैज्ञानिक एवम् व्यावहारिक अनुसन्धानको आवश्यकताबारे माओले कार्यकर्तालाई प्रशिक्षण दिनुभएको छ । आन्दोलन र क्रान्तिको समयमा किताब च्यापेर बस्नु पनि एक किसिमको रोग हो । वर्गसङ्घर्ष र भूगोल, कम्युनिस्ट आचरण पुस्तकभन्दा बाहिर जनताबाट सिक्न सकिन्छ । पार्टी कार्यकर्ता जनताबाट सिक्न र जनताको सेवा गर्न सदैव तत्पर रहनुपर्ने सन्देश पनि पुस्तकमा छ ।
वर्गीय समाजमा वर्गसङ्घर्ष अनिवार्य सर्त हो । कम्युनिस्ट पार्टीको नेतृत्वमा साम्राज्यवादविरोधी सङ्घर्ष र समाजवादी क्रान्ति सम्भव हुन्छ । पार्टी बलियो बनाउन कार्यकर्तामा कम्युनिस्ट आचरण हुनुपर्छ, विचार हुनुपर्छ । कार्यकर्ता पार्टी नेतृत्वप्रति बफादार रहनुपर्छ । पार्टी नेतृत्वको सम्मान र सेवा कार्यकर्ताको कर्तव्य हो भन्ने विचार आज पनि उत्तिकै सान्दर्भिक र जीवन्त छ । “देश र जनताको सेवा गर” “समाजवादको सेवा गर” भन्ने माओको विचार यो शताब्दीका लागि अझ सामयिक छ । एक साम्राज्यवादविरोधी योद्धा, चिनियाँ क्रान्तिका नायक, माक्र्सवादी सिद्धान्तका चिन्तक, सैन्य रणनीतिज्ञ एवम् क्रान्तिकारी साहित्यकार अध्यक्ष माओलाई थप चिनाउने यस पुस्तक निकै पठनीय मात्र होइन सङ्ग्रहणीय छ । सर्वहारावर्गका गुरु अध्यक्ष माओको शिक्षा संसारका सम्पूर्ण कम्युनिस्ट पार्टी र कम्युनिस्टहरूको निम्ति अनिवार्य पाठ्यक्रम हो भन्दा अतिशयोक्ति नहोला । उहाँका सङ्कलित रचनाहरूको गहन अध्ययनले समाजवादी आचरणबारे ज्ञान दिने मात्र होइन व्यवहारमा लागु गर्दै आमूल परिवर्तनमा भूमिका निर्वाह गर्न ऊर्जा प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *