भर्खरै :

सुप्रसिद्ध पत्रकार जोन पिल्जरको निधन

सुप्रसिद्ध पत्रकार जोन पिल्जरको निधन

काठमाडौँ, १७ पुस । अस्ट्रेलियाली मूलका प्रसिद्ध पत्रकार, वृत्तचित्र निर्माता तथा लेखक जोन पिल्जरको गत डिसेम्बर ३० (पुस १४) का दिन ८४ वर्षको उमेरमा लन्डनमा निधन भएको छ ।
जोन पिल्जर लामो समयदेखि पत्रकारितामा सक्रिय थिए । उनले सन् १९६० को दशकदेखि लन्डनबाट पत्रकारिता सुरु गरेका थिए । विशेषतःउनी संरा अमेरिका, बेलायतजस्ता साम्राज्यवादी देशहरूका विदेश नीति एवम् आदिवासी जनताप्रतिको अस्ट्रेलिया सरकारको दमनकारी नीतिका सशक्त आलोचक थिए ।
भियतनाम, कम्बोडिया, प्यालेस्टिन तथा ल्याटिन अमेरिकाका विभिन्न देशमा साम्राज्यवादी हमला र त्यसका दुष्प्रभावहरूबारे पचासौँ वृत्तचित्रहरू बनाएका पिल्जरले पछिल्लोपल्ट चीनलाई घेर्ने पश्चिमा चाललाई आफ्नो वृत्तचित्र ‘द कमिङ वार अन चाइना’ मार्फत उदाङ्गो पारेका थिए ।
जोन पिल्जर अस्ट्रेलियाली मूलकै पत्रकार विल्फ्रेड बर्चेटबाट प्रभावित थिए । एक लेखकका रूपमा पिल्जरले खोज पत्रकारिताको विजय हुने उद्घोषका साथ ‘टेल मि नो लाइज’ नामक पुस्तक प्रकाशित गरेका थिए । पछिल्लो क्रममा पिल्जर अस्ट्रेलियाली मूलकै युवा पत्रकार जुलियन असान्जको रिहाइका लागि प्रयासरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *