जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
भक्तपुर, ८ असार । भक्तपुर क्यान्सर अस्पतालको कर्मचारी सेवाको सर्त तथा सुविधासम्बन्धी विनियमावली तत्काल पारित गराउन आवश्यक पहलका लागि अनुरोध गर्दै अस्पतालका चिकित्सक, नर्स, पारामेडिक्स तथा कर्मचारीहरूको एक प्रतिनिधिमण्डलले सोमबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसित भेट ग¥यो ।
विनियमावलीको अभावमा लामो समयदेखि कार्यरत कर्मचारीहरूको सेवा सुविधा तथा वृत्ति विकासमा नकारात्मक प्रभाव परेको उल्लेख गर्दै कर्मचारीहरूले लिखित ज्ञापनपत्र बुझाउँदै अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति र कर्मचारीहरूको अथक प्रयासबाट तयार पारिएको उक्त विनियमावली कसैको स्वार्थवस व्यवस्थापन समितिबाट पारित गराउन अवरोध सिर्जना भएकोमा दुःख व्यक्त गरे । अस्पतालमा कार्यरत कर्मचारीहरूको भावनाबमोजिम तयार गरिएको विनियमावली लोकसेवा आयोग र अर्थ मन्त्रालयबाट समेत सिफारिस भई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा स्वीकृत गराउन अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिबाट पारित गराउनुपर्नेमा एक महिना नाघिसक्दासमेत कार्यकारी निर्देशकले बेवास्ता गरेको कर्मचारीहरूको भनाइ छ ।
ज्ञापनपत्रमा उल्लेख छ, ‘अस्पतालप्रति सधैँ माया गर्ने इमानदार कर्मचारीहरूको अथक प्रयासपछि बनेको विनियमावली लोकसेवा र अर्थ मन्त्रालयको सिफारिससहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट अस्पताल विकास समितिबाट स्वीकृतार्र्थ २०८३।२।६ गते अस्पतालमा पेस भएकोमा हालसम्म पनि विकास समितिबाट मन्त्रालयमा स्वीकृतिका लागि पठाउन नसक्नु गैरजिम्मेवार एवं लाजमर्दो कुरा हो ।’
अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले आप्mनो नातेदार र भनसुनका आधारमा ३० जनाभन्दा बढी कर्मचारीहरूलाई नियुक्त गरेको अवस्थामा र सार्वजनिक खरिद नियमावलीविपरित कार्य गर्ने अभिप्रायले विनियमावली स्वीकृत नगर्ने बहानाबाजी गर्दै आएकोमा आक्रोश व्यक्त गर्दै ज्ञापनपत्रमा उक्त विनियमावली तत्काल समितिमार्फत पारित गराई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा प्रेषित गर्न नगर प्रमुखलाई अनुरोध गरिएको छ ।
विसं २०५१ सालमा क्यान्सर केयर युनिटको रूपमा स्थापित उक्त अस्पतालमा गैरसरकारी संस्थामार्फत व्यापक अनियमितता भएपछि त्यसको विरोधमा कार्यरत कर्मचारीहरूले आन्दोलन गरी स्थानीय जनता र भक्तपुर नगरपालिकाको सहयोगमा नेपाल सरकारबाट भक्तपुर क्यान्सर अस्पताल सञ्चालन गठन आदेश जारी गरी विसं २०७७ कार्तिक २३ गते पूर्ण सरकारी स्वामित्वमा गएको हो । उक्त अस्पतालले हाल दैनिक सयौँको सङ्ख्यामा देशभरिका क्यान्सर रोगका बिरामीहरूको उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा लिनायक मेसिन, ब्राकिथेरापी, मोडुलार अपरेसन थियटरलगायत अत्याधुनिक प्रविधिबाट बिरामीको उपचार भइरहेको छ । गरिब तथा विपन्न परिवारका रोगीहरूलाई सहज ढङ्गबाट उपचार सेवा प्रदान गर्दै आएको उक्त अस्पताल क्यान्सर उपचारका लागि कम शुल्क उपचार सेवा देशकै उत्कृष्ट विशिष्टकृत अस्पतालमध्येमा पर्छ ।
कर्मचारीहरूको प्रतिनिधिमण्डलले नगर प्रमुखबाट अस्पतालको विकास तथा कर्मचारीहरूको वृत्ति विकासमा सकारात्मक सुधारका लागि पहल हुने विश्वास व्यक्त गरेको थियो ।
Leave a Reply