शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
कम्युनिस्ट भनिने दलहरूसँग मिलेर सरकार गठन गर्दा कहिले समाजवादी मोर्चा र कहिले कम्युनिस्ट पार्टीको एकता बखान गर्ने र नेकासँग मिल्दा लोकतन्त्र जोगाउनको निम्ति गठबन्धनको खाँचो देख्ने प्रधानमन्त्री पुष्पकमल दाहालको के यो द्वैधचरित्र होइन ? सबै क्रान्तिकारी एकै ठाउँमा आउनुपर्छ’ भनेर कहिले नेकालाई र कहिले एमालेलाई खुसी बनाउने अवसरवादी नेता दाहाल नयाँ परिस्थिति सिर्जनाको निम्ति भन्दै क्रमभङ्ग गर्दै छन् । कहिले दायाँ र कहिले बायाँ खुट्टा अगाडि जान्छ भनेर प्रम दाहाल कहाँ जाँदै छन् ? निश्चित छैन । कुनै हालतमा गठबन्धन अलग्ग हुँदैन भनी गर्जने दाहालले नेका र माओवादीसहितको गठबन्धन सरकार अघिल्लो निर्वाचनसम्म कायम हुने विश्वास गरेका थिए । अन्ततः सत्ता भत्क्यो । गठबन्धन सरकार भत्किनुमा माओवादीले नेकालाई र नेकाले माओवादीलाई दोष दिँदै छ ।
छिटो छिटो सरकार परिवर्तनले राजनीति भनेकै सत्ताको भागबन्डाजस्तो बनेको छ । २०७९ पुस १० यता तीनवटा गठबन्धन सरकार बनिसकेका छन् । फागुन २२ गतेको नागरिकमा लेखियो, ‘प्रचण्ड प्रतापी सभापति !’ पत्रिकामा भनिएको छ, ‘सतहमा जे तर्क गरे पनि डेढ वर्ष नपुग्दै तीनपटक गठबन्धन फेर्ने पुष्पकमल दाहालको अभीष्ट सत्तामा आफ्नो आयु लम्ब्याउनेसिवाय अर्थाेक देखिन्न ।’ हुन पनि नेकासमेतको सरकार कायम भए माओवादी अध्यक्ष दाहाल सरकारको आयु एक वर्ष पनि बाँकी छैन । अहिले एमालेसमेतको चार दलबिचको सहमतिमा अध्यक्ष दाहालले फेरि अर्को दुई वर्ष सरकारको नेतृत्व गर्न पाउनेछन् । सोही दिनको ‘राजधानी’ दैनिकमा लेखियो, ‘गठबन्धन हेराफेरीमा प्रचण्ड’, ‘अबको दुई वर्ष प्रधानमन्त्री प्रचण्ड र त्यसपछि दुई वर्ष ओली’ ।
हिजो माओवादी नेकासँग मिल्दा एमालेका नेताहरूले माओवादी अध्यक्ष दाहाललाई के के भनेका थिए ?; के कस्ता गाली गरेका थिए ? के त्यो सबै हुरीले बगायो ? नेकासमेतको सरकार बन्दा माओवादी अध्यक्ष दाहालले एमालेका नेताहरूलाई के के भनेका थिए ? के यो सबै बिस्र्याे ? आफूसँग मिल्यो भने हाईहाई गर्ने अनि मिलेन भने जथानाम गाली बर्साउन के नेताहरूलाई सुहाउँछ ? के यो कुशल राजनीति हो ? त्यस्ता नेताहरूलाई चलाक नेता भन्न मिल्छ ? मन परुञ्जेल साथ र मन नपरेपछि लात हान्नु के सही राजनीति हो ?
सरकार या सत्ताको निम्ति सिद्धान्त र विचारको वास्ता नगर्ने नेता र प्रधानमन्त्रीहरूलाई नेपाली जनताले चिन्नुपर्छ, चिनेर निर्वाचनमा हराउनुपर्छ । नेपाल र नेपालीको अहितमा विदेशीसँग देशघाती र जनविरोधी सन्धि सम्झौता हुनुको कारण नेताहरू सिद्धान्त र विचारमा अडिग नहुनु हो† देश र जनतालाई बेवास्ता गर्नु हो । शासकहरू दलगत र व्यक्तिगत स्वार्थमा लाग्नु हो । शासकहरू पद र पैसाको निम्ति भागबन्डाको राजनीतिमा लागेकोले देशमा अन्योल छाएको हो† देश अनिर्णयको बन्दी बनेको हो । यसकारण, व्यापक जनता राजनीतिक, सैद्धान्तिक र वैचारिकरुपले सचेत र सङ्गठित हुनुपर्छ ।
Leave a Reply