शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
प्राचीन ऐतिहासिक नगर भक्तपुरका
एक चेतनशील शिक्षिका
अपार महिमाले भरिपूर्ण योगदान दिने
कर्तव्यनिष्ठ र मिलनसार व्यक्तित्वका ।
जीवनको हरेक मोडमा रतिभर नथाकी
ज्ञानको ज्योति छर्न जीवन अर्पण गर्ने
नारी जागरणको लागि निरन्तर पाइला चाल्ने
प्रतिभाशाली, स्वाभिमानी र शिक्षासेवी शोभा प्रधान ।
तिमीले दिएको ज्ञानको सुवास फैलिरहेछ
फूलबारीरूपी जन–जनको बस्तीमा
तिम्रो शिक्षा सेवा, तिम्रो समाज सेवा
मातृभूमिका लागि दियो बनेको छ ।
तिम्रो लगनशीलता, तिम्रो इमानदारी
नवयुग आह्वानको प्रगतिसूचक हो
जीवनभर ज्ञानको प्रज्ञा प्रज्ज्वलन
निःस्वार्थ सामाजिक सेवाको लागि ।
तिम्रो न्यायपूर्ण आवाजका शब्दहरू
जनमानसमा सधैँ सम्झिरहने छन्
तिम्रा हरेक जनसेवाका कार्यकलापहरू
अमरदीप भएर चम्किरहने छन् ।
तिम्रो महान् सेवा हामी सम्झिरहेका छौँ
जनमानसले तिम्रो गुणगान सधैँ गरिरहने छ
जगत्लाई सुन्दर शान्त पार्ने तिम्रो पथमा
भविष्यका कर्णधारहरू अघि बढिरहने छन् ।
(शिक्षासेवी शोभा प्रधानको चौथो पुण्यतिथिमा रचित)
Leave a Reply