कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
(विस्तारवादी इजरायलले मध्यपूर्वको युद्धमा अमेरिकालाई उल्झाउन छोड्ने छैन ।)
जून १४ मा संयुक्त राज्य अमेरिका र इरान युद्ध अन्त्य गर्ने रूपरेखामा सहमत भए । हर्मुजको जलडमरु फेरि खोलिनेछ; लेबनानमा बमबारी अन्त्य हुनेछ र सबैभन्दा महत्वपूर्ण कुरा नरसंहार रोक्नुपर्छ । इरानका सबैभन्दा वरिष्ठ नेताहरूसहित हजारौँको हत्या गरिएपछि सय दिनभन्दा लामोे युद्धले विश्व अर्थतन्त्रलाई नै सङ्कटमा पु¥याएको अवस्थामा यो कमजोर युद्धविराम पनि पहिलो प्रकाशजस्तो भएको छ ।
यसलाई स्वागत गरौँ तर यसलाई बुझौँ पनि । यो युद्ध किन भयो र यसभन्दा अघिका युद्धहरूको शृङ्खला बुझ्नको लागि हामीले तिनीहरूको साझा कारणलाई ध्यान दिनुपर्छ । त्यो कारण हो ‘ग्रेटर इजरायल’ । इजरायल देश होइन; एउटा भयानक विचार हो । ‘ग्रेटर इजरायल’ को विचार; इराक, गाजा, लेबनान, सिरिया र इरानमा युद्धको कारण बनेको छ ।
यसले इजरायलको भूभाग सम्पूर्ण ऐतिहासिक प्यालेस्टिनभन्दा पर; जोर्डन नदीदेखि भूमध्यसागरसम्म र छिमेकी देशहरूका केही भागहरूमा पनि फैलिनुपर्छ भन्ने धारणा राख्छ । इजरायलका लागि संयुक्त राज्य अमेरिकाका राजदूत माइक हक्काबीका अनुसार, जो एक कट्टरपन्थी प्रोटेस्टेन्ट हुन् र जसको भूराजनीतिक कम्पास ५०० ईसा पूर्वका बाइबलीय ग्रन्थहरूद्वारा निर्धारित छ; ‘ग्रेटर इजरायल’ नाइल (इजिप्ट) नदीदेखि युफ्रेटिस (इराक) नदीसम्म फैलिएको छ । गत ग्रीष्ममा, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी क्षेत्रहरू र छिमेकी अरब भूमिहरू लिने ‘ग्रेटर इजरायल’ को दर्शनसँग ‘धेरै’ समर्पित भएको दाबी गरे ।
यो हास्यास्पद र खतरनाक सिद्धान्तका दुई अभिभावक छन् । पहिलो, नेतन्याहुजस्ता धर्मनिरपेक्ष कट्टरपन्थीहरू जसले भन्छन् कि इजरायलले सुरक्षित रहन (जोर्डन) नदीदेखि (भूमध्यसागर) समुद्रसम्मको सबै भूमि नियन्त्रण गर्नुपर्छ; चाहे ८० लाख प्यालेस्टिनीहरूलाई जेसुकै होस् !
दोस्रो, इजरायली अर्थमन्त्री बेजालेल स्मोट्रिच र राष्ट्रिय सुरक्षामन्त्री इटामर बेन–गभिरको यहुदी सर्वोच्चतावादी विचार हो कि “परमेश्वरले यहुदीहरूलाई मात्र भूमि दिनुभयो” । स्मोट्रिचको शब्दमा “प्यालेस्टिनी भन्ने जस्तो केही पनि छैन ।” हालै इजरायलले आफ्नो पतन हुँदै गएको विश्वव्यापी हैसियतलाई कसरी जवाफ दिने भनेर सोधिएको प्रश्नमा, स्मोट्रिचले इजरायलले वेस्ट बैङ्क (पश्चिम किनारा), गाजा, लेबनानी वा सिरियाली क्षेत्रको सैन्य नियन्त्रण त्याग्ने छैन भनेर वाचा गरे, “हामी उनीहरूलाई खुसी पार्न आत्महत्या गर्दैनौँ ।”
‘ग्रेटर इजरायल’ भनेको एउटै कार्यक्रममा गाँसिएको पागलपन (Paranoia), महामनोविश्वास (Megalomania) र धार्मिक जोश हो । दशकौँअघि यसको पहिलो प्रचारप्रसारमा नै यो सिद्धान्तलाई अस्वीकार गरिनुपथ्र्यो । बरु, झन् यसले तीन दशकदेखि इजरायलको विदेश र सैन्य सिद्धान्तलाई चलाएको छ र आजसम्म पनि जीवित छ किनभने नेतन्याहुले अमेरिकालाई पनि यसमा सँगै लगेका छन् ।
उनले यो कामद्वारा दुई अमेरिकी निर्वाचन क्षेत्रलाई काबुमा लिएका छन् : पहिलो, इजरायललाई माया गर्ने र उसलाई जेमा पनि क्षमा गर्ने यहुदी जियोनिस्टहरू । दोस्रो, कुनै पनि जीवित प्यालेस्टिनी वा इजरायली (नै किन नहोस्) भन्दा पनि समयको अन्त्य/प्रलय (End Times) र क्राइस्टको दोस्रो आगमन (Second Coming of Christ) को भविष्यवाणी मन पराउने क्रिश्चियन जियोनिस्टहरू पर्छन् ।
भ्रमले भ्रममा पु¥याएको छ र बाटो एउटा युद्धबाट अर्को युद्धमा गएको छ । हामी यो असफलताको ३० औँ वर्षमा छौँ ।
इरानविरुद्धको युद्ध पछिल्लो ‘ग्रेटर इजरायल’ को कल्पना मात्र थियो । ९ करोड जनताको सरकार एकै दिनमा ढाल्नुपर्ने थियो । निश्चय पनि, त्यस्तो भएन । फेब्रुअरी २८ मा इजरायली र अमेरिकी बमले इरानका नेताहरूलाई मारे तर यसले वाचा गरिएको सत्ता विप्लव प्रदान गर्न सकेन । यसको परिणामस्वरूप हजारौँको मृत्यु भयो; हर्मुजको जलडमरु अवरुद्ध भयो र विश्वव्यापी तेल आपूर्तिमा धक्का लाग्यो ।
हामीले यो चलचित्र पहिले पनि हेरेका छौँ । सिरियामा राष्ट्रपति बसर अल–असदलाई हटाउने इजरायली–अमेरिकी योजना पनि छिटो, बढीमा एक वा दुई वर्षमा हुने भनिएको थियो । यसको सट्टा, इजरायलको उत्कट समर्थनमा सीआईएद्वारा सशस्त्र र वित्तपोषित गोप्य युद्धले भरिएको दर्जनौँ वर्षको नरसंहार भयोे । परिणामस्वरूप एउटा प्राचीन देश भग्नावशेषमा परिणत भयो । एकदिने जीतहरूको वाचा सधैँ दशक–लामो चिहानमा परिणत हुन्छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘ग्रेटर इजरायल’ को भ्रममा सामेल भएर पीडित भएका छन् र उनलाई यो थाहा छ । इरानसँगको नयाँ सम्झौता उसको भाग्ने भल्भ (Escape Valve) हो; कहिल्यै जित्न नसक्ने मूर्ख युद्धबाट बाहिर निस्कने बाटो ।
त्यसैले त ‘ग्रेटर इजरायल’ का राजनीतिज्ञहरूले नयाँ सम्झौतालाई कोक्रोमै घाँटी थिच्न खोजिरहेका छन्; किनकि इरानसँगको शान्ति ‘ग्रेटर इजरायल’ को हार हो । सम्झौता हस्ताक्षर भएपछि पनि, इजरायलले लेबनानमा बमबारी जारी राखेको छ; शुक्रबार एकै दिनमा ४७ जनाको मृत्यु भएको छ र शनिबार लेबनान–इजरायल युद्धविराम लागु भएको केही घण्टापछि थप ३२ जनाको मृत्यु भएको छ ।
गहिरो सत्य यो हो : ‘ग्रेटर इजरायल’ ले इजरायललाई बचाउँदैन । यसले उसलाई मारिरहेको छ । ट्रम्प र नेतन्याहुबिचको अहिले देखिएको तनाव सतही मात्र हो । यसको मुुनि विश्वभर इजरायलको प्रतिष्ठाको पतन लुकेको छ । हालै गरिएको प्यू राय सर्वेक्षण (Pew opinion Survey) अनुसार, विश्वमा अहिले इजरायलप्रति अत्यधिक प्रतिकूल दृष्टिकोण छ । इजरायलको अपरिहार्य संरक्षक अमेरिकामा १० मध्ये ६ वयस्कले उसलाई प्रतिकूल रूपमा हेर्छन् ।
संसारबाट घृणित र आफ्नो एकमात्र संरक्षकबाट पनि आफूलाई घृणित बनाउने राज्यले सुरक्षाको खोजी गरिरहेको छैन । आफ्नै अस्त्विलाई खतरामा पार्दै उसले भ्रमको पोषण गर्दै छ ।
त्यसैले, पश्चिम एसियामा शान्तिको बाटो भनेको ‘ग्रेटर इजरायल’ लाई रोक्नु हो । इरानविरुद्धको युद्ध अन्त्य गर; गाजामा भइरहेको नरसंहार रोक र पश्चिम किनाराको घाँटी थिच्ने काम रोक । सबैभन्दा महत्वपूर्ण कुरा, ‘ग्रेटर इजरायल’ दर्शनले निषेध गरेको काम गर ! जसको उद्देश्य सन् १९६७ को रेखामा इजरायल राज्यसँगै संयुक्त राष्ट्र सङ्घको १९४ औँ सदस्य राष्ट्रको रूपमा प्यालेस्टिन राज्य सिर्जना गर्नु हो जसमा दुवै देशहरूको लागि वास्तविक सुरक्षा र यसको ग्यारेन्टी गर्ने क्षेत्रीय ढाँचा समावेश हुनुपर्छ; जसमा लेबनान र सिरियाबाट पनि इजरायल पछि हट्ने (Withdrawal) विषय समावेश हुनुपर्छ ।
इरान युद्धविरामले यो मुद्दालाई कमजोर बनाउँछ । यो युद्धभूमिमा होइन तर मध्यस्थताबाट जितिएको थियो । यो सम्भव भयो जब वासिङटनले ‘ग्रेटर इजरायलको’ युद्धभन्दा बढी शान्ति चाहियो भन्ने निर्णय ग¥यो ।
इजरायल रहन सक्छ तर ‘ग्रेटर इजरायल’ को रूपमा होइन; जुन एक विनाशकारी विचार हो जसले उसलाई र अमेरिकालाई एक युद्धबाट अर्को युद्धमा पु¥याएको छ ।
आज आशाको किरण यथार्थमा परिणत भएको छ । अब साँच्चिकै बिहानी हुन्छ कि हुँदैन भन्नेमा अमेरिकाले अन्ततः प्यालेस्टिनलाई जन्मन दिन्छ कि दिँदैन भन्ने कुराले नै इजरायललाई बाँच्न दिन्छ कि दिँदैन भन्ने निर्भर हुन्छ । अरब संसार र इरानले अमेरिकालाई ‘ग्रेटर इजरायल’ सँग सम्बन्ध तोड्नु नै दिगो शान्तिको एक मात्र बाटो हो भनेर जोड दिइरहनुपर्छ ।
– ‘अल जजीरा’ बाट
Leave a Reply