भर्खरै :

चिनियाँ कूटनीतिले विश्वका लागि योगदान पु¥याएको चिनियाँ परराष्ट्रमन्त्रीको भनाइ

चिनियाँ कूटनीतिले विश्वका लागि योगदान पु¥याएको चिनियाँ परराष्ट्रमन्त्रीको भनाइ

पेइचिङ, २५ फागुन (सीआरआई) । चौधौँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनले मार्च ७ तारिख बिहान पत्रकार सम्मेलनको आयोजना गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति राजनीतिक ब्युरो सदस्य, परराष्ट्र मन्त्री वाङ यीले “चिनियाँ कूटनीतिक तथा विदेश सम्बन्ध” का बारेमा चिनियाँ र विदेशी पत्रकारहरूद्वारा सोधिएका प्रश्नहरूको जवाफ दिनुभएको छ ।
परराष्ट्र मन्त्री वाङ यीले कमरेड सी चिन फिङ केन्द्रित चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको बलियो नेतृत्वमा चिनियाँ कूटनीतिले चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनको भावनालाई गहन रुपमा अपनाएको बताउनुभयो । चिनियाँ कूटनीतिले अन्तर्राष्ट्रिय एकजुट तथा सहयोगका लागि चिनियाँ क्रियाकलाप गरेको, विभिन्न सङ्कट तथा चुनौतीको समाधानका लागि चिनियाँ प्रस्ताव प्रस्तुत गरेको र विश्व शान्ति तथा विकास कार्यका लागि चिनियाँ योगदान पु¥याएको पनि उहाँले औँल्याउनुभयो ।
वाङ यीले वर्तमान विश्वको परिस्थितिमा गहन रुपमा परिवर्तन हुँदै र मानव जाति समाजको सामु धेरै चुनौती देखा परेको बताउँदै उथलपुथल अन्तर्राष्ट्रिय वातावरणको सामना गर्दै चीन विश्वका दृढताका साथ शान्तिपूर्ण शक्ति, स्थिर शक्ति र प्रगतिशील शक्ति बन्दै जाने विचार प्रकट गर्नुभयो ।
देश ठूलो अथवा सानो जे होस्, शक्तिशाली होस अथवा कमजोर होस् बहुध्रुवीयकरणका क्रममा समान रुपमा भाग लिनुपर्ने, आफ्नो अधिकारको उपयोग गर्नुपर्ने र भूमिका खेल्नुपर्ने प्रत्याभूति दिइनुपर्ने वाङ यीले जोड दिनुभयो ।
वाङ यीले अमेरिकाप्रति चीनको कूटनीति स्थिरता तथा निरन्तर कायम हुँदै अमेरिकालाई वस्तुगत तथा बुद्धिमान रुपमा चीनको विकास हेर्न सक्ने र कथनी तथा करनी एकीकृत भएर वचनबद्धतालाई व्यवहारमा उतार्न आग्रह पनि गर्नुभयो ।
बहुपक्षीयबाट द्विपक्षीयसम्म, क्षेत्रीयबाट विश्वव्यापीसम्म, चीनले विभिन्न देशहरू र क्षेत्रहरूसँग विभिन्न विषयमा विभिन्न प्रकारको साझा भविष्य भएका समुदायहरूको निर्माण गरेको छ । मानव जातिको साझा भविष्य भएको समुदायलाई संयुक्त राष्ट्र संघको सम्मेलनबाट धेरै पटक लिपिवद्ध गरिएको छ । साथै शाङहाइ सहयोग सङ्गठन र ब्रिक्स देशहरू लगायतका बहुपक्षीय संस्थाहरूको घोषणापत्र पनि समेटिएको छ ।
चीन र युरोपबीचमा पारस्परिक हितका लागि सहयोग रहेको तर गुटगत द्वन्द्व आवश्यक नरहेको पनि उहाँले बताउनुभयो । चीन र युरोपबीचमा खुलापन र साझा जीतको अवस्था रहेकाले विश्वव्यापीकरणको विरोध गर्न आवश्यक नरहेको कुरा उहाँले दोहो¥याउनुभयो ।
चीन र रुसबीचको सम्बन्धको ठूला मुलुकबीचको सम्बन्धका रुपमा नयाँ नमुना सिर्जना भएको छ जसलाई पुरानो शीतयुद्ध युगमा भएको भन्दा पूर्ण रूपमा भिन्न भन्दै चालु वर्ष चीन–रूसबीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सव रहेको र यस अवसरमा दुवै पक्षले संयुक्त रूपमा चीन–रूस सांस्कृतिक वर्ष आयोजना गर्ने जानकारी परराष्ट्रमन्त्री वाङ यीले दिनुभयो । त्यसैले दुई देशबीचको सम्बन्धमा नयाँ विकासका अवसरहरू प्राप्त हुँदै आइरहेका छन् । चीनले रुससँगको सहकार्य विकास अघि बढाउने र दुई देशका जनताबीचको मित्रतालाई निरन्तररूपमा सुदृढ गर्ने इच्छा लिएको छ । अन्तर्राष्ट्रिय समाजले तत्काल युद्धविरामलाई सबै भन्दा पहिलो स्थानमा राख्नुपर्छ भन्दै प्यालेस्टाइनलाई संयुक्त राष्ट्र सङ्घको आधिकारिक सदस्य बन्नका लागि चीनले समर्थन गर्ने स्पष्ट जानकारी पनि उहाँले दिनुभयो ।
परराष्ट्रमन्त्री वाङ यीका अनुसार, थाइवान पक्षधर पृथकतावादी गतिविधि नै थाइवान जल डमरूको शान्ति र स्थिरता भत्काउने सबभन्दा ठूलो कारकतत्व हो । थाइवान जल डमरूको शान्तिको साँच्चिकै संरक्षण गर्नका लागि स्पष्ट र दृढताका साथ थाइवान पक्षधरको विरोध गर्नुपर्छ । जति सशक्त रूपमा एक चीनको सिद्धान्तलाई कायम राख्यो उति थाइवान जल डमरूको शान्तिलाई सुनिश्चित गर्न सकिनेछ ।
युक्रेन सङ्कटको सन्दर्भमा चीनले युद्धविराम र शान्ति–वार्तालाई साकार तुल्याउनका लागि मार्ग प्रशस्त र पुल स्थापना गर्नुका साथै ठीक समयमा सम्बद्ध विभिन्न पक्षलाई समान रूपमा संलग्न हुने अन्तर्राष्ट्रिय शान्ति सम्मेलनलाई समर्थन गर्दै जानेछ ।
उहाँका अनुसार, चीनको विकास विश्वबाट अलग हुँदैन । साथै विश्वको विकास चीनबाट पनि अलग हुन सक्दैन। चीनलाई नकारात्मक रूपमा बङग्याउनुले आफूलाई हानी पुग्नेछ । चीनबारे गलत समझदारी लिएमा सुअवसर गुम्नेछ ।
दक्षिण चीन सँगर समस्यामा कुचेष्टा लिएर अधिकार उल्लङघन गरेको अवस्थामा हामीले कानुनबमोजिम उचित रूपमा आफ्नो हक–अधिकारको संरक्षण गर्नुपर्छ । वाङ यीका अनुसार, कोरियाली प्रायद्वीप समस्याका सम्बन्धमा चीनको अडान अडिग रहँदै आएको छ । आगामी दिनमा चीनले निरन्तर रूपमा राजनीतिक तवरले कोरियाली प्रायद्वीप समस्याको समाधान गर्दै जानेछ ।
संयुक्त राष्ट्र सङ्घबारे चर्चा गर्दै वाङ यीले त्यसको भूमिकालाई मजबुत पार्नुका साथै त्यसको स्थानको संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । ब्रिक्स मुलुक विकसित र समृद्ध हुँदै आएको छ भन्दै वाङ यीले त्यो नै शान्तिको संरक्षण गर्ने शक्ति वृद्धि हुनुका साथै विश्व न्यायोचित मोर्चा विस्तार भएको कुरा औँल्याउनुभएको छ ।
चीनले अन्तर्राष्ट्रिय यात्रुवाहक विमानको पुनःसञ्चालनलाई तीव्र पार्नुका साथै अझ बढी मुलुकसित प्रतिवर्ष धेरैपटक हुने विभिन्न किसिमका भिसा नीति सम्पन्न हुने कुरा पनि परराष्ट्रमन्त्री वाङ यीले जनाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *