यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तामुखी राजनीति गरिरहेको कुरा घटनाक्रमले देखाएको छ; यसमा शङ्का छैन । बोली वचन ठेगान नभएका अवसरवादी नेता दाहालले ‘हाम्रो लक्ष्य सत्ता हैन’ भन्नु झूट हो । यसलाई उनले अस्थिरता होइन गतिशीलता भनेका छन् । के छिनछिनमा नयाँ गठबन्धन सरकार गठन गर्नु गतिशीलता हो ? अब कति वर्ष या महिनापछि सरकार फेरेर फेरि गतिशीलता देखाउने हो ? नेका सम्मिलित माओवादी सरकारले पनि सरकार गठनको बेला प्रम दाहालले क्रमभङ्ग र गतिशीलताको कुरा उठाएका थिए । प्रम दाहालले गर्ने हरेक काम कारबाहीमा गतिशीलता होइन अवसरवादीको छनक पाइन्छ । देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने कुरा प्रम दाहालले हिजो पनि उठाएका थिए । सरकारको नेतृत्व गर्ने आयु छोटिँदै गएपछि सत्ताको आयु लम्ब्याउन चालेको कदम होइन कसरी भन्ने ?
पहिलो र दोस्रो दललाई छोडेर तेस्रो दलले नै सरकारको नेतृत्व गर्नैपर्ने किन ? के त्यो सत्तामुखी राजनीति होइन ? नेका कम्युनिस्टविरोधी पार्टी हो† पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । माओवादी नेताहरूको टाउकोको मूल्य तोक्ने नेकाको सरकार नै हो, त्यो सरकारको प्रतिनिधित्व गर्ने नेता शेरबहादुर देउवा हुन् । नेका र कम्युनिस्टको विचार मिल्दैन; यो घामझैँ छर्लङ्ग छ । तर, एमाले छोडेर नेकासँग मिलेर माओवादीले किन सरकार बनाएको ? नेकाको महासमितिमा नेकाले आफ्नो दलको दृष्टिकोण अगाडि ल्याएकोमा के आश्चर्य ? गठबन्धनको सरकार भनेर आफ्नो दलको विचार पनि के गठबन्धन सरकारसँग छलफल गरेर राख्नुपर्ने ? माओवादी केन्द्रको बैठकमा के गठबन्धन सरकारमा सामेल दलसँग छलफल गरेर प्रतिवेदन प्रस्तुत गरेको हो ? समाजवादी मोर्चा गठन गर्ने र समाजवादी व्यवस्थाको कुरा के नेकालाई मान्य हुन्छ ? गठबन्धनमा भए पनि या नभए पनि माओवादीले आफ्नो दलको दृष्टिकोण अघि ल्याउनु स्वाभाविक हो । प्रम दाहालले नेकाको महासमिति बैठकमा माओवादी केन्द्रमाथि आरोप लगायो, राष्ट्रियसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई असहयोग ग¥यो भनेर आरोप लगाएको आधारमा सरकार परिवर्तन गर्नु के न्यायोचित हो ? प्रम दाहालले नेका सामेल भएको सरकारको बेला पूरा कार्यकाल विनाअवरोध अघि बढ्ने विश्वास दिलाएका होइनन् ? अडान नभएको हुँदा प्रम दाहालले अर्को पटक क्रमभङ्ग र गतिशीलताको नाउँमा सरकारमा सामेल अरू दललाई धोका दिँदैन भनेर कसरी विश्वास गर्ने ?
प्रम दाहालको लक्ष्य सत्ता होइन भने आफ्नो दलभन्दा ठुलो दल एमालेलाई सरकारको नेतृत्व गर्न दिनुपर्ने होइन र ? एमालेबाट माओवादी पार्टी अलग्ग हुँदा अध्यक्ष दाहालले एमालेका अध्यक्ष केपी ओलीलाई के भनेका थिए ? एमालेलाई छोडेर नेकासँग मिली सरकार गठन गर्दा माओवादी अध्यक्ष दाहालले एमाले नेता ओलीलाई के भनेका थिए । आज तिनै दलसँग मिलेर सरकार गठन गर्नु या घाँटी जोडेर आफ्नै नेतृत्वमा सरकार गठन गर्नु सत्ताको निम्ति होइन कसरी भन्ने ? सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्नमा नेका कसरी बाधक भयो । माओवादीले नेकासँग मिलेर गठबन्धनको सरकार बनाउनु हुँदैनथ्यो, तर सरकार बनायो । यो सत्तास्वार्थसँग सम्बन्धित पक्ष हो । निर्वाचनमा गठबन्धन गरेर लड्ने, जित्ने अनि जितेर फेरि नेकालाई छोडेर अरू दलसँग गठबन्धन गर्नु के ‘धोका’ होइन ? अनि माओवादी अध्यक्ष दाहाल ‘हाम्रो लक्ष्य सत्ता हैन’ (राजधानी, २५ फागुन ०८०) भनी फुक्छन् । नेकाका प्रमुख सचेतक रमेश लेखकले प्रम प्रचण्डले गठबन्धनको मूल्य र मान्यतालाई भत्काएर, गठबन्धनको सहमति तोडेर अविश्वसनीय ढङ्गले एकतर्फीरूपले गठबन्धन तोडेको आरोप लगाएकोमा के आश्चर्य ? यो जनमतको अपमान हो भनेकोमा के आश्चर्य ? यो राजनीतिक बेइमानी हो भनेकोमा के आश्चर्य ?
Leave a Reply