भर्खरै :

शोषण र विकास सँगै जान सक्दैन !

शोषण र विकास सँगै जान सक्दैन !

वास्तवमा संसारभर राजनीतिक लडाइँ शोषक र शोषितबिच हुने गर्छ । यो दुनियाँको आजसम्मको विगतले बताएको हो । प्रहरी, सैनिक, गुप्तचर विभाग, कर्मचारीतन्त्र, शासनतन्त्रका अङ्ग हुन् । शोषक वर्गले उपभोग गरिरहेको सुख, सयल गुम्न नदिन राजनीति गर्छन् तर कामदार वर्ग भने शोषणरहित समाज खडा गर्ने उद्देश्यले राजनीति गर्छ । कर्मचारीहरूको लागि अब सरकारले नै आवास र कार्यालयमै खानाको व्यवस्था गर्नेतर्फ सोच्ने बेला आएजस्तो छ । सार्वजनिक यातायातको अव्यवस्था र अफिस समयमा पुग्न अप्ठ्यारो अवस्था आएको छ । यसर्थ, सरकारी कार्यालयको समय फरक फरक पार्ने हो कि ? यसतर्फ पनि गम्भीर सोचाइको आवश्यकता छ । शासक दलहरू र ती दलका नेताहरू किन राजनीति गर्छन् ? भन्ने सोच्दा धन कमाउन हो भन्ने बुझाइ रहेको छ । हामीले दलको लागि इमानदार बनाउन वैचारिक सङ्घर्ष नगरी हुँदैन भन्ने आलोचना र आत्मालोचनाबाट पलायन गर्न हुँदैन । परिवर्तन सम्भव छ । तर, बहुमत जनता राजनीतिकरूपमा सचेत र सङ्गठित भएमा परिवर्तन साँच्चै धेरै समय लाग्दैन । असल नेतृत्वकै कारण देशलाई माथि उचाल्न सफल भएको उदाहरण हाम्रोसामु छ । यसको लागि बहुमत जनता सङ्गठित र सचेत भएमा परिवर्तन गर्न लामो समय लाग्दैन ।
चीनले विछट्टको प्रगति ग¥यो !
यसको लागि असल र इमानदार नेतृत्वको खाँचो छ । यस्तो विकट अवस्थामा गएको चीन विश्वको महाशक्ति बन्न त्यसै सफल भएको होइन । हामीले इतिहासको अस्ति, हिजो र आजको परिस्थितिको विश्लेषण गरी अगाडि बढ्ने हो भने परिवर्तन सम्भव हुनेरहेछ । भूमध्यरेखाभन्दा उत्तरको चीनमा उप्रिणताको कमीले दक्षिण त्रिभुजको जस्तो छिटो प्रगति हुनसकेन । यसको लागि चीनका नेताहरूले निकै सङ्घर्ष गर्नुप¥यो । यो सङ्घर्ष सजिलो थिएन । प्रकृतिसँग जुध्न सजिलो हुँदैन । प्रायः मान्छेहरू प्रकृतिसँग सामना गर्न तयार हुँदैनन् तर चिनियाँ नेताहरू प्रकृतिसँग अनवरत सङ्घर्ष गरी प्रकृतिलाई जित्न सफल भए । चिनियाँ जनता अहिले विश्वमा नयाँ दिशा दिन सफल भइरहेका छन् । यसको लागि उनीहरूले प्रकृतिको आधिकारिक र गम्भीर अनुसन्धान गरेर यो अवस्थामा पुगेका हुन् । यी कुरा लेख्न सजिलो छ तर गर्न कठिन छ । चीनका जनताले यो कठिन सङ्घर्ष गरेरै दुनियाँलाई देखाए । चिसो, अधिक चिसो भनेको उत्पादनको प्रकृतिभन्दा फरक हो । त्यो विछट्टको चिसोलाई ओल्टाइपल्टाइ गरेर चीनले आफ्नो गरिबी पन्छायो । यो कठिन काम सबै मुलुकले गर्न सक्ने सम्भावना कम छ तर ग¥यो भने हुँदोरहेछ भन्ने उदाहरण चीनले देखायो । केही वर्षअघिसम्म चिनियाँ सबै जनता पेटभरि खान पाउँदैनथे । नटालेको लुगा लगाउन मुश्किल पथ्र्यो । तर आज सबै चिनियाँ जनता पेटभरि खान पाउँछन् ।
महिला नेतृत्व झन् जरूरी
नेपालमा पनि नेपाल मजदुर किसान पार्टीले राजनीतिमा नयाँ रेकर्ड कायम गर्न प्रयत्न गरेको छ । यदि कर्मचारी पनि पार्टीका कार्यकर्ताजस्तै इमानदार र सक्रिय भएमा मुलुक उचाल्न असम्भव छैन । देशको स्थिति जुन भद्रगोल देखिन्छ, त्यसमा तल्लो पदको भन्दा पनि उच्च तहका कर्मचारीहरू उत्तिकै दोषी छन् । नेपाल कर्मचारी समाजका सदस्यहरू पनि सक्रिय, इमानदार र निष्ठावान भएमा मुलुकलाई माथि पु¥याउन सजिलो हुन्छ । संयमित, इमानदार र इच्छाशक्ति भएका कर्मचारीहरूकै कारण चीन अगाडि बढेको हो । इच्छाशक्ति सबभन्दा प्रबल शक्ति हो । तसर्थ, इच्छाशक्तिलाई माथि उचाल्न आवश्यक पर्ने सबै शक्तिको प्रयोग गर्नुपर्छ । इच्छाशक्ति नै भएन भने प्रगति गर्न सकिँदैन । राजनीतिकरूपले सचेत पुरूष र महिला भए भने मुलुक सजिलैसँग अगाडि बढ्न सक्छ । रूसका जनता अथवा छोरा–बुहारी भूदास प्रथा र सामन्ती व्यवस्थाको विरोधमा सङ्घर्ष गरे भने साइबेरियाको चिसोमा लघारिन्थे । त्यही पनि विचलित नभई सङ्घर्षलाई जारी राखे । क्रान्तिकारी महिलाहरूको जीवनी अध्ययन गरेर नेपाली महिलाहरूले दृढताका साथ प्रेरणा पाउन सक्छन् । यसर्थ, क्रान्तिकारी महिला एवं पुरूषको जीवनी अध्ययन गरेर नेपालमा पनि नेपाली महिलाहरू अगाडि बढ्न सक्छन् तर हामीकहाँ (नेपालमा) महिला राष्ट्रपति, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री पनि भए तर ती पदमा पुगेपछि उनीहरूले अरू महिलालाई बिर्से ।
शोषणको अन्त्य हुनुपर्छ
सिंहदरबारको नेतृत्व गरेका महिला वा पुरूष गतिला नभएका कारण जनताको हित नभएको हो । शोषक वर्गको सरकारसँग मानवता हुँदैन । मानवता नै नभएको मानवबाट दानवताबाहेक के आशा गर्न सकिन्छ ? तसर्थ, कार्यकर्तालाई इमानदार भई निरन्तर सङ्घर्ष गर्नतिर तयार राख्नुपर्छ । शोषण नभइकन पनि संसार चल्न सक्दो रहेछ । शोषण वास्तवमा जनताविरोधी प्रक्रिया हो । शोषणको कुनै हालतमा पनि अन्त्य गर्नुपर्छ । शोषक र शोषित एउटै छाता ओढेर वर्षा र गर्मीबाट पार लगाउन सक्दैनन् । यो तथ्य विश्वको कुनाकन्दरामा हे¥यो भने पनि प्रस्ट देखिन्छ । तसर्थ, शोषणको विरूद्ध क्रियाशील हुनु आफ्नो कर्तव्य हो । शोषण भनेको सानो भए पनि, ठुलो भए पनि शोषण नै हो । समाजमा शोषण रहुञ्जेल प्रगति, समुन्नति हुन सम्भव छैन । तसर्थ, कुनै हालतमा पनि शोषणको अन्त्य हुनुपर्छ । धनी र सम्पन्न व्यक्तिहरूले आफ्नो सुख–सुविधा बढाइरहेका छन् । त्यसको मूल कारण शोषण नै हो । कार्यकर्ताले मात्रै होइन, सर्वसाधारण जनताले पनि शोषणको तीव्र र निरन्तर विरोध गरिरहनुपर्छ । समाजमा शोषण भएन भने प्रगति स्वतः हुन्छ । यो तथ्य संसारको इतिहास पल्टायो भने छर्लङ्ग हुन्छ । शोषण र समुन्नति सँगसँगै जान सक्दैनन् । सम्पन्नताको लागि शोषणको समूल अन्त्य हुनुपर्छ । राजनीतिको यो मूल मन्त्र हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *