भर्खरै :

सिपाडोल कपली टोलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सिपाडोल कपली टोलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भक्तपुर, ५ जेठ । नेपाल क्रान्तिकारी महिला सङ्घ कपली टोल एकाइ समिति र कपली महिला समूह, सिपाडोलको संयुक्त आयोजनामा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो ।
स्तन तथा पाठेघरको मुखको क्यान्सर र सुगर प्रेसरसम्बन्धी भएको उक्त स्वास्थ्य शिविरको उद्घाटन सत्रमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय एवं वाग्मती प्रदेश सांसद सृजना संैजुले पुरूषलाई भन्दा महिलालाई ४२ वटाभन्दा बढी रोगहरू लाग्ने सम्भावना रहेको अवस्थामा महिलालक्षित स्वास्थ्य शिविरको आयोजना गर्नु सराहनीय छ भन्नुभयो ।
आजभोलि समाजमा क्यान्सरजस्ता नसर्ने रोगहरूले गाँजिरहेको हुनाले सबैजना स्वस्थ जीवनशैलीको निम्ति सचेत रहन आवश्यक छ भन्दै उहाँले मानसिक रोगले पनि साना बालबच्चादेखि वृद्धवृद्धालाई नकारात्मक असर पु¥याइरहेको परिस्थितिमा आराम र खुसी जीवन जिउने कला सिक्नुपर्नेमा जोड दिनुभयो ।
आयोजक समितिका अध्यक्ष इन्द्रमाया सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा सूर्यविनायक – ८ का अध्यक्ष श्यामसुन्दर सुवाल, समाजसेवी कृष्णनारायण मचामसी, रोशन मचामसीलगायतले बोल्नुभएको थियो ।
उक्त स्वास्थ्य शिविरमा १७२ जनाले प्रेसर तथा सुगर जाँच र १३९ जनाले स्तन तथा पाठेघर क्यान्सर जाँचको स्वास्थ्य लाभ प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *