अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, ५ जेठ । शनिबारका दिन भ.न.पा.१० नं. वडा कार्यालयको आयोजनामा महिला पाठेघरको मुखको परीक्षण (पापस्मेयर) तथा स्तन परीक्षणसम्बन्धी स्वास्थ्य शिविर भ.न.पा. वडा नं १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्याँैमिखाको सभापतित्वमा सम्पन्न भयो ।
कार्यक्रममा वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले क्यान्सर रोग कम गर्न खानपिनमा ध्यान दिनुपर्ने र दैनिकरूपमा शारीरिक व्यायाम गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले समयमा नै क्यान्सर रोगसम्बन्धी उपचार नगरेर धेरै बिरामीको ज्यान गइरहेको छ र क्यान्सर रोगका बिरामीको अप्रेसन दैनिकरुपमा हुने गरेको जानकारी गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य जितेन्द्र मुनंकर्मी र ख्वप अस्पतालका रचना सुवालले पनि क्यान्सर रोगबारे जानकारी गराउनुभयो । महिला वडा सदस्य तारादेवी शाक्य र वडा सदस्य कृष्णनारायण दुमरुले पनि बोल्नुभएको थियो । सो स्वास्थ्य शिविरमा भनपा वडा नं. १० का ३०६ जना महिला दिदीबहिनीहरूले स्वास्थ्य परीक्षण गराए ।
Leave a Reply