भर्खरै :

कृष्णकुमार खाँलाई चेस उपाधि

कृष्णकुमार खाँलाई चेस उपाधि

काठमाडौँ, ५ जेठ । युनाइट नेपाल थ्रु चेस प्रतियोगिताको उपाधि बाराका कृष्णकुमार खाँले उचालेका छन् । उनले उपाधिसँगै ट्रफी र नगद २० हजार जिते ।
शनिबार सम्पन्न नौ चरणको खेलमा समान ८ अङ्क भए पनि टाइब्रेकमा मोरङका लोकसागर साम्बा दोस्रो र पाँचथरका रिसोन थापा तेस्रो भए । उनीहरूले क्रमशः नगद रु. १५ हजार र रु. १० हजार हात पारे ।
दुईदिने प्रतियोगिताको महिलातर्फ काठमाडौँकी एन्जेल महर्जन प्रथम र सिन्दिरा जोशी दोस्रो भइन् ।
प्रतियोगिताका विजेता खेलाडीहरूलाई कार्यक्रम संयोजक डा. मोहनसिंह प्रधान, नेपाल चेसका अग्रज सीताराम अग्रवाल, फिडे ट्रेनर केशव श्रेष्ठलगायतले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभयो ।
अन्नपूर्ण माविमा सञ्चालित प्रतियोगिताका उत्कृष्ठ २६ जना खेलाडीहरूको लागि कुल १ लाख १५ हजार नगद पुरस्कार वितरण गरिएको थियो ।
नेपालका ७७ वटै जिल्लाका खेलाडीहरूको सहभागिता गराउने ध्येयका साथ आयोजना गरिएको प्रतियोगितामा ५० जिल्लाका १८५ जना खेलाडीहरू सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *