भर्खरै :

जनस्तरबाट स्थापना गरिएका शैक्षिक संस्थाहरूका प्रकाशन पढ्दा !

जनस्तरबाट स्थापना गरिएका शैक्षिक संस्थाहरूका प्रकाशन पढ्दा !

शिक्षा क्षेत्रमा भक्तपुरको फरक अभ्यास तथा योगदानबारे चर्चा परिचर्चा चल्दै छ । ५–६ दशक लामो शैक्षिक यात्रा पार गरिसकेका र हिँड्दै गरेका भक्तपुरका धेरैधेरै शिक्षालयहरूका गतिविधि नियाल्ने कोसिस पनि हुँदै छ । कुनै बेला राज्यबाट अत्यन्त अपहेलित तथा उपेक्षित भक्तपुरको शिक्षा क्षेत्र आज चासोको विषय बन्नु आपैmँमा एकप्रकारको परिवर्तन मान्न सकिन्छ । भक्तपुरको शैक्षिक जग जनस्तरबाट स्थापना भएका शैक्षिक संस्थाहरूले नै राखेका हुन् ।
समाजका सेवक तथा शिक्षाप्रेमीहरूको अगुवाइमा विद्यालयहरूको स्थापना भयो । नेपाल मजदुर किसान पार्टीको मार्गनिर्देशन, अविभावकत्व, समुदायको सहयोग तथा शिक्षक—शिक्षिकाको सेवा एवम् समर्पणभावबाट नै भक्तपुरको शिक्षा क्षेत्रले फड्को मारेको हो भन्दा अतिशयुक्ति नहोला !
तसर्थ, जनस्तरबाट स्थापना तथा सञ्चालन भएका ती शिक्षालयहरूको सङ्घर्ष नै भक्तपुरको शैक्षिक प्रगतिको कारण हो । शिक्षामा रूपान्तरणको इतिहासदेखि वर्तमान चियाउने एउटा आँखीभ्mयाल भने शैक्षिक संस्थाका स्मारिका या प्रकाशन हुन् । पछिल्लो समय केही शैक्षिक संस्थाहरूले वार्षिकोत्सवको अवसरमा स्मारिका र बुलेटिनहरू प्रकाशन गर्दै आएका छन् । ती यथार्थमा शिक्षालयका ऐना या दर्पण हुन् भन्नु अन्यथा नहोला ¤ विद्यालयको शैक्षिक झण्डा पनि हो स्मारिका या बुलेटिन । त्यसकारण, प्राज्ञिक एवम् बौद्धिक समुदायका निम्ति शैक्षिक उन्नयनको अध्ययन गर्ने सन्दर्भ सामग्री पनि प्रकाशनहरू नै हुन् । पछिल्ला केही प्रकाशनहरूबारे यहाँ चर्चा गर्नु समीचीन होला ।
नयाँ पुस्तामा साहित्यप्रतिको अभिरुचि घट्दै गएकोमा चिन्ता व्यक्त गरिँदै छ । यो समस्याबाट मुक्त हुन साहित्यिक गतिविधिको आवश्यकता अनुभव गरिँदै छ । त्यसको निम्ति बेलामौकामा साहित्य गोष्ठी, वादविवाद र अन्तक्रिया तथा रचनात्मक गतिविधिको आवश्यक हुन्छ । विद्यालयले भित्ते पत्रिका, बुलेटिन, स्मारिका, पुस्तिका प्रकाशन गरी नयाँ पुस्तालाई उत्साहित गर्नुपर्ने देखिन्छ । जनस्तरबाट खोलिएका शैक्षिक संस्थाले यो जिम्मेवारीप्रति अझ बढी संवेदनशील हुनुपर्ने आजको आवश्यकता हो ।
विद्यालयले साहित्यिक, सांस्कृतिक तथा प्राज्ञिक गतिविधिमा भाग नलिई दैनिक सामान्य कार्यसम्पादन, कक्षा कोठामा पठनपाठन, क्रियाकलाप या परम्परागत शैलीका गतिविधिमात्र गरेर समय सुहाउँदो योगदान पु¥याउन सम्भव नहुने कुरा पनि उत्तिकै सत्य हो । पछिल्लो समय वार्षिकोत्सवको अवसरमा प्रकाशन गरेर केही शिक्षालयहरूले आप्mनो कर्तव्य पूरा गरेको शिक्षक तथा अभिभावकहरूबिच चर्चा छ ।
वागीश्वरी माविको ६५ औँ वार्षिकोत्वसको अवसरमा सार्वजनिक भएको स्मारिकाभित्र वागीश्वरी शैक्षिक समूहको प्रगति तथा योगदान—चित्र मात्र होइन सामुदायिक विद्यालय शिक्षाको बेग्लै तस्बीर छ । “वागीश्वरी शैक्षिक समूह” को प्रगतिको श्रेय नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले संस्थापक, व्यवस्थापन समितिहरू र शिक्षक—शिक्षिकाहरूलाई दिनुभएको छ । स्मारिकामा देशको शिक्षा क्षेत्रमा देखिएको विषम् अवस्थाबारे गहिरो चिन्तन छ । देशलाई सिध्याउन शिक्षा अर्थात् विश्वविद्यालय र विद्यालयहरूमाथि प्रहार हुने गर्दछ । देश निर्माणको आधार अर्थात् उज्यालो विद्यालय – विश्वविद्यालय नै हुन् । त्यतैतिर हमला भइरहेको छ । पार्टी अध्यक्षज्यू भन्नुहुन्छ– “हाम्रा माध्यमिक विद्यालय, महाविद्यालय र विश्वविद्यालयहरूलाई एक आदर्श समाजको निर्माण गर्ने र राज्य व्यवस्थामा आमूल परिवर्तन गर्ने विचारको एक बारुद्खानाको रूपमा रूपान्तरण गरिएको भए हाम्रो देशले आप्mनो भूगोल र संस्कृति सुहाउँदो एउटा बाटो अँगालिसकेको हुन्थ्यो ।”
देश विश्व व्यापार सङ्गठनको सदस्य भए यता नेपाली युवा विद्यार्थी ठुलो सङ्ख्यामा विदेश हिँडे । आज विदेश पलायन नेपाली समाजको ठुलो समस्या बनेको छ । देशलाई शिक्षा, अर्थतन्त्रमा पछाडि धकेल्ने अहिलेसम्मका सरकारहरू हुन् भन्ने तर्क स्मारिकाको हो । विद्यार्थीलाई देश अर्थात् समाज चिनाउने शिक्षा, देशलाई माया गर्न सिकाउने शिक्षा आजको आवश्यकता हो । देश भनेको भूगोलमात्र होइन देश भनेको इतिहास हो, संस्कृति हो, कला—सम्पदा हो । देश प्राकृतिक स्रोतसाधन हो, रहनसहन, भाषा र जनजीवन देश हो । केटाकेटी उमेरमै मौलिकता हस्तान्तरण गर्ने र देश बुझाउने पाठ्यक्रम निर्माण आजको आवश्यकता हो भन्ने सन्देश स्मारिकाले दिन्छ ।
वागीश्वरी कलेज व्यवस्थापन समिति अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशलाई माया गर्ने २१ औँ शताब्दी सुहाउँदो दक्ष जनशक्ति तयारी दायित्व शिक्षालयहरूकै हो भन्ने विचार राख्नुभएको छ । वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईंको शैक्षिक राजनीतिक चिन्तनले आजको नेपालको वास्तविकता बोध गराउँछ । अहिलेसम्मका सरकारहरूले गरेका देशघात र बेइमानीहरूबारे पनि स्मारिकाले जानकारी गराउँछ । स्मारिकाभित्र सङ्कलित बौद्धिक आलेखसँगै शैक्षिक लेख—रचना र दस्तावेजहरू सङ्ग्रहणीय छन् । विद्यालय र भक्तपुरको शिक्षा यात्रा बुभ्mन नपढी नहुने, नचिनी नहुने ‘वागीश्वरी शैक्षिक समूह’ हरूको प्रतिबिम्ब स्मारिकाले उजिल्याउँछ ।
समाज सुधार माध्यमिक विद्यालयको ५३ औँ वार्षिकोत्सव समारोहमा सार्वजनिकीकरण गरिएको स्मारिकाले पनि भक्तपुरको शैक्षिक इतिहास खोतलखातल गर्छ । भक्तपुर नगरमै शिक्षा, आर्थिक तथा राजनीतिक रूपमा पछाडि परेको तौलाछेँ टोलमा समाज सुधार स्कुलको स्थापना अँध्यारोमा बत्ती बालेजस्तै थियो । शिक्षाप्रचारक तथा समाजसेवी बुद्धिकुमार गोसाईंको अगुवाइमा स्थापित विद्यालयले धेरैधेरै किसानका छोराछोरी, गरिबका छोराछोरीलाई उज्यालो भविष्य दियो । समग्रमा त्यो बस्तीकै सुधार ग¥यो । तसर्थ भक्तपुरको शैक्षिक रूपान्तरणमा समाज सुधार माविको योगदानलाई कम मान्न सकिन्न ।
स्मारिकामा सङ्ग्रहित नम्रताको “श्रद्धेय बुद्धिकुमार काका र समाज सुधार स्थापनाको प्रसङ्ग” ले विद्यालय स्थापनाको तत्कालीन सामाजिक, राजनीतिक र आर्थिक परिवेशबारे गहिरो जानकारी दिन्छ । विद्यालय स्थापनाले बस्तीका केटाकेटीले पढ्न त पाए सँगै विद्यालय अवस्थित बस्तीको सरसफाइ, राजनीतिक चेतना उकास्ने अभियान पनि थालिएको प्रसङ्गहरू निकै रोचक र मन छुने खालका छन् । समाज सुधार विद्यालय स्थापनाको इतिहास पढिरहँदा विद्यालय स्थापनाले शिक्षा क्षेत्रमात्र होइन सामाजिक आर्थिक क्षेत्रमा पनि सेवा र योगदान मिल्छ भन्ने सत्यबोध हुन्छ । पार्टीका श्रद्धेय अध्यक्षज्यूले विद्यालय परिवारलाई सन्देश दिनुभएको छ –“नयाँ पुस्तालाई निःस्वार्थ रूपले देश र जनताको सेवा गर्ने र असल नागरिक बनाउने कामलाई निरन्तरता दिनुभयो भने अन्य विद्यालयका शिक्षक शिक्षिकाहरूले प्रेरणा प्राप्त गर्नेछन् । शिक्षक शिक्षिका आप्mना नजिकका जनताप्रति गरेजस्तो होइन बरु भित्री हृदयदेखि सेवा गर्ने उदाहरण बनेर अरूलाई उत्प्रेरित गर्ने हो ।” विद्यालयको उकाली ओरालीपूर्ण यात्राको चित्रमात्र होइन सार्वजनिक विद्यालयप्रति राज्यको उदासीनताविरुद्धको आवाज स्मारिकाभित्र छ ।
गणेश माध्यमिक विद्यालय भार्वाचो र छालिङ दुवैले वार्षिकोत्सव कार्यक्रममा स्मारिका सार्वजनिकीकरण गरे । गणेश मावि, भार्वाचोमा जम्मा एकजना मा.वि शिक्षक दरबन्दी अर्थात् न्यून शिक्षक दरबन्दीबिच पनि विभिन्न समुदायका विद्यार्थीहरूलाई शिक्षा दिइरहेको जानकारी छ । पार्टी अध्यक्ष कामरेड रोहितज्यूले विद्यालय स्थानीय जनताको सहयोग र विद्यालयको आत्मनिर्भर संस्कृतिमा अघि बढ्न सक्छ भन्ने नमूना बन्नुपर्नेमा जोड दिनुभएको छ । साथै ‘विदेश हिँडिरहेको’ देशलाई रोक्ने कोसिस विद्यालय र कक्षाकोठाबाटै हुनुपर्ने सन्देश दिनुभएको छ । गणेश मावि, छालिङको स्मारिकामा विद्यालय स्थापनाको एउटा सानो खण्ड प्रस्तुत छ । समाजसेवी एवम् शिक्षाप्रेमी बुद्धिकुमार गोसाई र आशाकाजी बासुकलाको नेतृत्वमा स्थापित सो विद्यालय न्हूछेभक्त फोँजू (हाल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष) को निजी घरमा २५ जना विद्यार्थीको पठनपाठनबाट सुरु गरिएको जानकारी स्मारिकाले दिन्छ । दुईकोठे सानो छाप्रो हुँदै अहिले विद्यालयका आप्mनै पक्की भवनहरू छन् । विद्यालयको ४३ वर्षको इतिहासमा समुदाय, शिक्षक शिक्षिका र अभिभावकहरूको सहयोग अमूल्य रह्यो । साबिक छालिङ गाविस–४ वडामा अवस्थित विद्यालयले समाजको सामाजिक, आर्थिक तथा सांस्कृतिक उन्नयनमा योगदान गरेको जगजाहेर छ ।
स्मारिकामा श्रद्धेय पार्टी अध्यक्षज्यूले गणेश माविको स्थापना शिक्षा प्रचारको हुट्हुटी र नयाँ पुस्तालाई देश र जनताप्रति समर्पित हुने भावनाबाट प्रेरित गर्ने उद्देश्यले भएको हो भन्नुभएको छ । शिक्षाको उद्देश्य व्यक्तिगत स्वार्थ र नाफा व्यक्तिको मनमस्तिष्कबाट हटाउनु हो भन्ने विचार उहाँको हो । अध्यक्ष कामरेड रोहित विद्यालयबारे भन्नुहुन्छ –“अँध्यारो रातमा सलाईको एक छेस्कोको सानो प्रकाशबाट पनि मानिसलाई बाटो पत्ता लागेजस्तै छालिङको एउटा विद्यालयले देशभक्त शिक्षक र शिक्षिकाहरूको अध्यापन र दिशानिर्देशले हाम्रा नयाँ पुस्ता विद्यार्थी भाइबहिनीहरूलाई सही बाटो पहिल्याउन निश्चिय पनि सफल हुने कामना गर्दछु ।” नेमकिपा केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले विश्वविद्यालय शिक्षाको जग विद्यालय नै भएकोले पाठ्यपुस्तक सही र माटो सुहाउँदो हुनुपर्ने विचार राख्नुभयो । सांसद सुवालले विद्यालयका पाठ्यपुस्तकमाथि आलोचनात्मक दृष्टि दिनुभई विद्यार्थीलाई के पढाउने भन्ने विषयमा चिन्तन गर्नुभएको छ । स्मारिकाभित्र विविध राजनीतिक, आर्थिक, व्यावहारिक विषयमा लेख—रचनाहरू सङ्कलित छन् ।
ख्वप शैक्षिक समूहले वार्षिकोत्सवको अवसरमा वार्षिक प्रगति प्रतिवेदन २०८० प्रकाशित ग¥यो । यसभित्र ख्वप मावि, ख्वप कलेज, शारदा क्याम्पस र ख्वप कलेज अफ ल को प्रतिवेदनमात्र छैन संस्थाले आत्मसात् गर्ने विचारको आभा पनि छ । श्रद्धेय पार्टी अध्यक्ष रोहितले शिक्षक सक्रिय उत्प्रेरक हुनु आवश्यक छ भन्ने विचार राख्नुभएको छ । व्यवस्थाअनुसार शिक्षा प्रणाली फरक हुने र देशको उद्देश्यअनुसारको शिक्षा नीति तय हुने अन्तर्राष्ट्रिय अभ्यास उल्लेख गर्नुहुँदै नेपालमा भने समाजवादउन्मुख लेखिएअनुसारको नीति र व्यवहार नभएको सत्य उजागर गर्नुभयो । नेपालका कलेज र विद्यालयहरू बन्द हुने अवस्थामा पु¥याई नेपाली युवा विद्यार्थीलाई विदेश लगिँदैछ । ‘देश नै विदेश लाने बाँसुरी बादकहरू को हुन् ?’ भन्ने प्रश्न ख्वपको प्रकाशनले गरेको छ ।
बासु माविको ६१ औँ जन्मोत्सवमा ‘बासु’ बुलेटिन प्रकाशित भयो । उहाँले बुलेटिनमा देशको शिक्षा नीतिमा भइरहेको अविवेकीपूर्ण फेरबदलको आलोचना गर्नुभयो । स्नातक तहलाई पुनः ३ वर्षको बनाउने र एसईई परीक्षामा सबै पास हुने ग्रेडिङ होइन अब फेरि ३५ अङ्क नल्याइए फेल हुने निर्णय अचानक किन ? यसभन्दा अघि ४ वर्षको स्नातक गर्ने भन्ने आधार के थियो ? शिक्षामन्त्री र शिक्षाविद्हरू शिक्षा नीति पनि नक्कल गर्छन्, देशको आवश्यकतासँग मेल नखाने प्रयोग गर्न उद्धत छन् भन्ने कुरामा अध्यक्ष रोहितज्यूले सचेत पार्नुभएको छ ।
जनस्तरबाट स्थापित र जनताकै सहयोगमा सञ्चालन भइरहेका यी केही प्रतिनिधि शैक्षिक संस्थाहरूले यसरी शिक्षा प्रणाली, शिक्षाको उद्देश्यमाथि बहसमात्र होइन बाटो देखाउने प्रयास पनि गर्दै छन् । भक्तपुरका देशैभरि सामुदायिक विद्यालयहरू सुक्दै गइरहेको बेला भक्तपुरका विद्यालयहरू जीवन्त रहनुले पनि नेपालको शिक्षा क्षेत्रमा यी शिक्षालयहरूको योगदान उजिल्याउँछ । नयाँ पुस्तालाई सत्मार्ग देखाउने, देश र समाज चिनाउने यस्ता प्रकाशनहरू विद्यालयहरूले नियमित गरून् । शिक्षक शिक्षिकाहरूका लागि अनुसन्धानमुखी आलेखहरू लेख्ने र प्राज्ञिक अभ्यास गर्ने दबुको रूपमा र विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने मञ्चको रूपमा प्रकाशनहरू अगाडि बढून् । शुभेच्छा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *