आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
मेरो अघिल्लो स्तम्भमा मैले भेनेजुयलाको वैज्ञानिक र प्राविधिक आविष्कारका लागि अमेरिकी आर्थिक नाकाबन्दीको बिचमा विशेषगरी जब स्वास्थ्य सेवाको कुरा आउँछ, चुनौती र सफलताहरूको बारेमा कुरा गरेकी थिएँ ।
२०१९ को रिपोर्टमा, वाशिङ्टन डीसीस्थित थिङ्क ट्याङ्क – आर्थिक र नीति अनुसन्धान केन्द्र (CEPR) ले अनुमान गरेको छ कि एचआईभी, उच्च रक्तचाप र मधुमेहका औषधिहरू सुरक्षित गर्न देशको सङ्घर्षका कारण ३००,००० (तीन लाख) भन्दा बढी दीर्घकालीन बिरामीहरू जोखिममा थिए र २०१९ मा सबैभन्दा खराब प्रतिबन्धहरू अझै आउन बाँकी थियो ।
यदि अवस्था पुरानो बिरामीहरूको लागि अन्धकार थियो भने यो विशेष उपचार आवश्यक पर्ने दुर्लभ रोगहरूबाट पीडितहरूका लागि अझ खराब थियो ।
केही परिस्थितिहरूले हामीलाई क्रोध र आक्रोशले भरिदिन्छ, जस्तै ल्युकेमिया र अन्य गम्भीर अवस्थाहरूको लागि विदेशमा उपचार गराइरहेका भेनेजुयलाका बालबालिकाहरूलाई आर्थिक सहयोग गर्ने सिट्गो (CITGO) कार्यक्रम बन्द गर्नु । तेल सहायक कम्पनी प्रतिपक्षको हातमा परेपछि त्यो बन्द भएको थियो ।
प्रतिबन्धहरू कहिलेकाहीँ केही अमूर्त घटनाको रूपमा कुरा गरिन्छ । वाशिङ्गटनको ट्रेजरी डिपार्टमेन्टले प्रकाशित गरेको कागजातले भेनेजुयलाको ब्यारियोमा हजुरबुबा वा हजुरआमाको स्वास्थ्यलाई कसरी असर गर्न सक्छ भनी व्याख्या गर्न केही प्रयास हराइरहेको जस्तो मलाई लाग्छ ।
बेइमान राजनीतिज्ञहरू र पत्रकारहरूले ‘प्रतिबन्धहरूले सत्तामा रहेकाहरूलाई मात्र असर गर्छ’ भनी दाबी गरी फाइदा उठाउँछन् । तर, स्वास्थ्यकर्मीहरूसँगको मेरो कुराकानीमा मैले केही ठोस उदाहरणहरू थाहा पाएको छु ।
अहिले, अधिकारीहरूले पानअमेरिकन हेल्थ अर्गनाइजेसन (PAHO) लाई गुनासो गरेका छन् कि एकपक्षीय जबरजस्ती उपायहरूले भेनेजुयलालाई जन्मजात अपच हुने रोग (IME), एक आनुवंशिक अवस्था जसले कोशिका, अङ्ग र प्रणालीहरूको सामान्य व्यवहारलाई असर गर्ने बच्चाहरूको लागि औषधि र पोषण पूरकहरू किन्न अनुमति दिँदैन । त्यसका औषधिहरू डेनमार्कमा मात्र उत्पादन गरिन्छ र आपूर्तिकर्ताहरूले हाम्रो देश (भेनेजुयला) सँग व्यापार गर्न अस्वीकार गरिरहेका छन् ।
त्यस्तै, भेनेजुयलाले हाल आफ्ना १९ वटा लिनियर एक्सेलेटर सञ्चालन गर्न नसक्ने सार्वजनिक गरेको छ । यी परिष्कृत मेसिनहरू क्यान्सर बिरामीहरूका लागि रेडियोथेरापीको लागि प्रयोग गरिन्छ, जुन सिमेन्स र इलेक्ट्रा (Siemens, Electra) आदि द्वारा निर्मित छन् । तिनीहरूको मुख्यालय भएका देशहरूले भेनेजुयलाविरुद्ध प्रतिबन्धहरू कायम राखेकाले, यी बहुराष्ट्रिय निगमहरूले भेनेजुयलाका संस्थाहरूलाई अब उपकरणहरू बेच्दैनन् र तिनीहरूले स्पेयर पार्ट्स वा प्राविधिक सहयोग पनि दिन अस्वीकार गर्छन् । त्यस प्रतिबन्धबाट ९० प्रतिशतभन्दा बढी रेडियोथेरापी बिरामीहरूलाई जोखिममा पारेको छ ।
कतिपय अवस्थामा, पानअमेरिकन हेल्थ अर्गनाइजेसन (PAHO) जस्ता बहुपक्षीय संस्थाहरूले अन्तर्राष्ट्रिय साझेदारहरूलाई थप ‘सुरक्षा’ प्रदान गर्ने प्रयासको रूपमा लिलामी खोलेर मध्यस्थता गर्ने प्रयास गर्छन् । कोही पनि वा लगभग कोही पनि भेनेजुयलाको नजिक आउन हिम्मत गर्दैनन्, नत्र उनीहरूले २० वर्षसम्म जेल सजाय वा करोडौँ अमेरिकी डलर जरिवानाको साथ अमेरिकी प्रतिबन्धहरू उल्लङ्घन गरेकोमा सजातगी हुन्छन् । त्यसैले, धेरैजसो व्यापारिक निगम र संस्थानहरूले त्यो जोखिम लिन चाहँदैनन् ।
अमेरिकी जबरजस्ती उपायहरू (प्रतिबन्ध) हरूको प्रभावबाट भेनेजुयलाको बहुमत नागरिक जनसङ्ख्याको मानव अधिकार हननको सामना गरिरहँदा अमेरिकी प्रवक्ताहरू आफ्नो प्रवचनमा ‘मानवीय छुट’ उल्लेख गर्छन् । यद्यपि, सरकारसँग पङ्क्तिबद्ध नभएका भेनेजुयलाका गैरसरकारी संस्थाहरूले समेत प्रतिबन्धहरूको वरपरको ‘अत्यधिक अनुपालन’ लाई पालना गरी आफ्नो क्रियाकलापलाई सीमित गर्न बाध्य छन् ।
एकपक्षीय जबरजस्ती उपायहरू (प्रतिबन्धहरू) हाम्रो वास्तविकताको एक गुण्डागर्दीपूर्ण र क्रूर भाग हो । केही प्रवक्ता र अधिकारीहरूका लागि त्यहाँ केही गर्न नदिने अन्तर्राष्ट्रिय समुदायको अगाडि उनीहरूलाई निन्दा गर्नुमा निश्चित ‘सान्त्वना’ भएको देखिन्छ ।
मेरो विचारमा नाकाबन्दीविरूद्ध विभिन्न मोर्चाबाट लड्ने प्रयासलाई उजागर गर्नु निकै रोचक छ र चिकित्सा अनुसन्धानमा धेरै प्रेरणादायी घटनाहरू भएका छन् ।
केही हप्ताअघि मैले प्रसूति विशेषज्ञ र पेरिनाटोलोजिस्ट कार्लोस बर्मुडेजसँग कुरा गरेँ, उहाँले भ्रुणमा स्पाइना बिफिडा र माइलोमेनिङ्गोसेललाई कम नोक्सानदायी तरिकाले सच्याउन शल्यक्रिया गर्न नयाँ प्रविधि विकास गरेका छन् ।
यो प्रक्रियाले यस भ्रुण शल्यक्रियासँग सम्बन्धित समयपूर्व जन्मको जोखिमलाई कम गर्छ र यो अवस्था भएका बालबालिकाहरूको जीवनको गुणस्तरको सुनिश्चितता दिन्छ । भेनेजुयलामा अनुसन्धानको वर्तमान परिस्थितिहरूमा यो असाधारण प्रगति भएको छ । सन् २०२२ को अन्त्यदेखि विभिन्न सरकारी अस्पतालमा शल्यक्रिया गर्न थालिएको थियो ।
यी भेनेजुयलाका चिकित्सकहरू पर्कुटेनियस स्क्लेरोथेरापीमा पनि अग्रगामी बनेका छन् किनभने हालसालै नवजात शिशुका रोगहरूका लागि, विकसित देशहरूले ठुलो जोखिम र धेरै कमजोर नतिजाहरूका साथ खुला शल्यक्रियाहरू लागु गर्थे ।
यसको विपरीत भेनेजुयलाले १ देखि २ डलरको लागतमा बाहिरी रोगी प्रविधि अर्थात् पोलिडोकानोल शीशी र इन्जेक्टरको विकास ग¥यो । आज यो प्रविधि व्यापक भएको छ र विश्वभर प्रयोग गरिन्छ ।
पुनरुत्पादक औषधि आशाजनक परिणामहरूको साथ अर्को क्षेत्र हो । स्टेम सेलहरूसँग काम गर्ने अन्वेषकहरूले जन्मजात रोगहरू भएका बच्चाहरूमा हड्डीको पुनरुत्थानमा प्रगति भएको परिणाम प्रदर्शन गरेका छन् । छालासम्बन्धी र आँखासम्बन्धी समस्याका लागि पनि नयाँ उपचारहरू देखापरेका छन् ।
हाम्रा डाक्टरहरू र अनुसन्धानकर्ताका प्रयासहरूबाहेक हामीले सहयोगी राष्ट्रहरूबाट पनि मद्दत गरेका छौँ । रुससँगको गठबन्धनले हजारौँ मधुमेहका बिरामीको निःशुल्क उपचार गरेको छ । यसको साथै सरकारले रुसी प्रविधिमा निर्मित इन्सुलिन कारखाना निकट भविष्यमा उद्घाटन गर्ने घोषणा गरेको छ ।
क्यान्सर रोगीहरूको चिन्तामा इरानसँग संयुक्त काम भइरहेको छ, इरान पनि जबरजस्ती उपाय (प्रतिबन्ध) हरूको कडा वास्तविकतासँग परिचित छ । यी प्रयासहरूमा प्राविधिक सहायता प्रशिक्षण विशेष कर्मचारीहरू समावेश छन् किनभने अधिकांश उपकरणहरू भेनेजुयलाका स्वास्थ्यकर्मीहरूका लागि पूर्णरूपमा नयाँ हुनेछन् ।
जब म यस विषयमा फर्कन्छु, धेरै फरक भावनाहरू मेरो दिमागमा घुम्छन् । भेनेजुयला संरा अमेरिकाको ‘विश्वसनीय साझेदार’ बन्न फिर्ता जानेछ भनेर अमेरिकी समर्थन प्राप्त उम्मेदवारहरूले आज हामीलाई घाँटी थिचिएका जनतासित प्रतिज्ञा गरेको देख्नु अविश्वसनीयरूपमा अपमानजनक छ ।
यस लेखाइको अन्त्यमा म आज आशावादी नभएकोमा कसैलाई दोष दिन सक्दिनँ । तर, भेनेजुयलाप्रतिको विश्वका न्यायप्रेमी जनताको प्रेम र लड्ने चाहना धेरै जीवन्त छ र सङ्घर्ष जारी छ ।
(जेसिका डोस सान्तोस भेनेजुयला विश्वविद्यालयकी प्राध्यापक, पत्रकार र लेखक हुन् । आरटी, पेल सीसीएस (RT, Epale CCS) पत्रिका र Investing Action जस्ता आउटलेटहरूमा उनका रचना पढ्न पाइन्छ । उनी ‘काराकास एन अल्पर्गाटस’ (2018) पुस्तकका लेखिका हुन् । उनले २०१४ मा एनिबल नाजोआ पत्रकारिता पुरस्कार जितिन् र २०१६ र २०१८ मा सिमोन बोलिभार राष्ट्रिय पत्रकारिता पुरस्कारमा सम्मानजनक उल्लेख प्राप्त गरिन् ।)
– ‘भेनेजुयला एनालाइसिस डटकम’ बाट
अनुवाद : आरोही
Leave a Reply