नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
अभिभावकहरूमा सन्तानको पढाइ, सिकाइमा के कस्तो सहयोग गर्नुपर्छ, के कस्तो भूमिका निभाउनुपर्छ र सकिन्छ भन्ने ज्ञान नहुँदा थुपै सन्तानको शैक्षिक सपना, सुन्दर भविष्य डामाडोल भएका छन् । सन्तानमा पनि ज्ञान, अनुशासन, मान सम्मान गर्ने संस्कारको कमीले गर्दा त्यस्तो हुन गएको हो । सन्तानको सुन्दर भविष्यका लागि अभिभावक या आमाबाबुले गरेको त्याग, दुःख, मेहनतबारे समयमै आमाबाबुले सन्तानलाई नबताउँदा या सन्तानले थाहा नहुँदा, आमाबुबाको औकात र क्षमता नबुझ्दा र खराब सङ्गतले गर्दा त्यसो हुन गएको देखिन्छ । सन्तान या विद्यार्थीले भविष्यमा आफूहरू सक्षम र योग्य भएपछि आफूलाई जन्म दिने, हुर्काउने, माया दिने आमाबुबा, शिक्षक, समाज र देशको पनि सेवा गर्ने, संस्कारी, देशभक्त र स्वाभिमानपूर्वक बाँच्न सक्ने नागरिक हामीले तयार गर्नुपर्छ ।
अभिभावकले सन्तानलाई, शिक्षकले विद्यार्थीलाई स्वाभिमानपूर्वक बाँच्न, देशभक्त हुन र बन्न सिकाउनुपर्छ । एक्काइसौँ शताब्दीमा आउने समस्या, चुनौतीको सामना गर्न सक्ने तागत, क्षमता, सीप र शिक्षा सन्तान र विद्यार्थीलाई दिनुपर्छ । उनीहरूलाई हामीले अरुको भरमा होइन आफ्नै खुट्टामा उभिएर आफ्नै पौरख र गौरवमा बाँच्न सिकाउनुपर्छ । आफूलाई जन्म दिने आमा, बुबा, अभिभावक, ज्ञान बाँड्ने शिक्षक, अनि देशलाई माया गर्ने, रक्षा गर्ने देशभक्त भावना पनि दिनुपर्छ । आजभोलि देशमा विदेशी एजेन्ट, दलाली प्रभावले हाम्रा युवा विद्यार्थीहरूले आफ्नै देशमा पढ्ने विषय, विद्यालय, कलेज, विश्वविद्यालय हुँदाहुँदै पढ्न र काम गर्न, रगत पसिना बगाउने ठाउँ हुँदाहुँदै लर्न र अर्नको बहानामा विदेश जाने, विदेशको लागि रगत पसिना बगाउन मरिहत्ते गरिरहेका छन् । यो कुरा सामाजिक सञ्जाल र सञ्चारमाध्यमले देखाएको दैनिक हजारौँ विदेश जाने नेपाली युवा विद्यार्थीहरूको भिडले प्रमाणित गर्दछ ।
डलरको सिक्रीले बाँधेर लगेका, पढ्ने र कमाउनेलगायतका विभिन्न नाम र बहानामा विदेश गएका र जान बाध्य पारिएका हाम्रा युवा विद्यार्थीहरूको रगत पसिनाले अस्टे«लिया, मलेसिया, साउदी अरब, कतार, संयुक्त अरब इमिटेसलगायतका देशहरू बन्दै छन् । तर, आफू जन्मे हुर्केको देश बनेन । पैसा कमाउन आफ्नो घर खेत बेचेर, ऋण काढेर विदेश जान बाध्य पारिएका लाखौँ नेपाली युवा विद्यार्थीहरू, कक्षा १२ पास गरेपछि विदेशमा पढ्न कमाउन सन्तानलाई विदेश पठाएका अभिभावकहरूलाई हामीले पैसाको लागि विदेशमा गएर विदेशीको अर्कोका दास बन्नुभन्दा यहीँ मातृभूमिमा स्वाभिमानपूर्वक बाँच्न अभिप्रेरित गर्नुपर्छ । त्यसको लागि आफू प्रेरक र उदाहरणीय बन्नुपर्छ । हामीले आफ्नै देशमा पढ्न र गरिखान सिकाउनुपर्छ । त्यसले हाम्रो देश बन्छ । देश बन्यो भने हामी पनि बन्छौँ । विद्यार्थी, शिक्षक, कर्मचारी, किसान, मजदुर, इन्जिनियर, पाइलट, सेना, प्रहरी, व्यापारी आदिलाई देशभक्ति भावना पस्किनुपर्छ ।
सन्तानको सुन्दर भविष्य बनाउनेमा हाम्रो ठूलो भूमिका हुन्छ । हामीले आफ्नो कर्तव्य पूरा गरिएन भने देश र समाजको निम्ति एक सक्षम, योग्य, स्वाभिमानपूर्वक बाँच्ने देशभक्त नागरिक बन्दैन । आज विश्वमा त्यस्तै संस्कारी, विवेकी, असल आमाकै कारण थोमस एल्वाएडिसन विश्वकै चर्चित वैज्ञानिक बने । विद्यालयबाट पढ्दैन भनेर निकालिएका बालक विश्वकै एक चर्चित वैज्ञानिक बने । उनी थिए, संरा अमेरिकाका थोमस एल्वाएडिसन ।
धेरै पढ्दैमा र धनी हँुदैमा मानिस बुद्धिमानी, संस्कारी र असल हुँदैन । मानिसमा मानवता हराएपछि दानवजस्तो बन्छ । पदेलेखेको मानिस पनि असामाजिक बन्न सक्छ । मानवमा मानवताको गुण हुनुपर्छ ।
ससाना बालबालिकालाई देवता मानिन्छ । उनीहरूमा लपनछपन हुँदैन । अभिभावकले छोराछोरीको अगाडि, शिक्षकले विद्यार्थीको अगाडि भन्न नहुने कुरा कहिल्यै बोल्नुहुँदैन । खान नहुने खानेकुरा कहिल्यै खानुहुँदैन । शरीर र स्वास्थ्यलाई हित हुने खानेकुरा आवश्यकताअनुसार खानुपर्छ । यसलाई पालन गर्न सकेको खण्डमा हामी सबैको कल्याण हुनेछ । सन्तानलाई आफ्नो रुचि र इच्छाअनुसार सकारात्मक काम गर्न दिनुपर्छ । सधैँ पहिलो, दोस्रो, तेस्रो हुनुपर्छ अनि नाच्ने, गाउने, चित्रकला, मूर्तिकला, अनुसन्धान गर्ने खेलकुद आदि कुनैमा ध्यान नदिनु भनेर दबाब दिनुहुँदैन । अभिभावकले सन्तानको रुचि, योग्यता, क्षमताअनुसारका सकारात्मक काममा सहयोग गर्नुपर्छ । त्यसैले, अभिभावक र शिक्षकले सन्तान र विद्यार्थीको प्रतिभालाई कहिल्यै पनि होच्याउनु र नकार्नु हुँदैन बरु सम्मान र प्रशंसा गर्नुपर्छ ।
सिस्नो रोपेर तुलसी उम्रन्न भनेजस्तै गलत सोच, विचार र कामको परिणाम गलत नै हुनेछ । अभिभावकले सन्तानलाई शिक्षकले विद्यार्थीलाई नम्र, शिष्ट तरिकाले बोल्नुपर्छ र व्यवहार गर्नुपर्छ । हामी, अभिभावक र शिक्षक पनि स्वाभिमानी, संस्कारी, असल र देशभक्त हुनुपर्छ ।
Leave a Reply