अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
– एस्. डी. राजचल
समाजमा त्यति नहुने घटनाहरू यदि कुनै समयमा कहिं घट्यो भने नेपाली जनता एउटा उखान याद गर्छन् ‘कहिं नभएको जात्रा हाँडी गाउँमा’ । यतिखेर नेपालको राजनीतिक डबलीमा फेरि एकपटक यही उखानलाई स्मरण गराएको छ । नेपालमा मात्र होइन संसारमै शायदैमात्र हुने घटना वर्तमानमा भइरहेबाट जनता अलमलमा परिरहेका छन् । समाजमा त्यति नहुने घटनाहरू यदि कुनै समयमा कहिं घट्यो भने नेपाली जनता एउटा उखान याद गर्छन् ‘कहिं नभएको जात्रा हाँडी गाउँमा’ । यतिखेर नेपालको राजनीतिक डबलीमा फेरि एकपटक यही उखानलाई स्मरण गराएको छ । नेपालमा मात्र होइन संसारमै शायदैमात्र हुने घटना वर्तमानमा भइरहेबाट जनता अलमलमा परिरहेका छन् ।
सन्दर्भ माओवादी केन्द्रको सत्तालिप्सा अनि सत्तालिप्सासँग जोडिएको अराजनीतिक गठबन्धन, राजनैतिक मूल्य र मान्यताको हो । राजनीति शास्त्रका सामान्य विद्यार्थीहरूलाई पनि थाहा भएको हुनुपर्छ कुनै दल या त सत्तापक्ष हुन्छ या त प्रतिपक्ष । आफ्नो सैद्धान्तिक उद्देश्य पूरा गर्न कसैले सजिलो लाग्ने तर गलत बाटो अबलम्वन गर्छन् अर्थात् पूँँजीवादी सत्तामा जान्छन् भने कुनै दल सत्ता बाहिरै बसेर सैद्धान्तिक सङ्घर्ष गर्छन् । दल जुनसुकै उद्देश्यले सत्तामा गए पनि तत्तत् दललाई राजनीतिक भाषामा दक्षिणपन्थी भनिन्छ । ती दलहरूले सरकार चलाउँछन्, देशको लागि व्यवस्थापिका अर्थात् प्रतिनिधिसभाले बनाएका कानुन कार्यान्वयन गर्छन् र गराउँछन् । अर्कोतिर सत्तापक्षको काम कारवाही तथा गतिविधिहरू देश एवम् जनताको हितमा छ भने त्यसको समर्थन गर्ने र हितमा भएनन् भने आलोचना गरी सत्तापक्षलाई सही ठाउँमा ल्याउने काम गर्नुका साथै विरोधका कार्यक्रमहरू ल्याएर सङ्घर्ष गर्छन् । यस हिसाबले संसदीय परम्पराको मूल्य र मान्यताअनुसार सत्तापक्ष र प्रतिपक्षका लागि संसदमा छुट्टा–छुट्टै सीटको बन्दोबस्त गरिएको हुन्छ । सत्तापक्षका नेताहरू सभामुखको दायाँतिर बस्छन् भने विपक्षी वा प्रतिपक्ष बायाँ बस्छन् । त्यही भएर चलनचल्तीको शब्दमा तिनीहरूलाई दक्षिणपन्थी र बामपन्थी भनी छुट्याएको हुन्छ । नेपाल जस्तो संसदीय परम्परा अङ्गीकार गरेका देशहरूमा प्रतिपक्ष सधैं ‘वाच डग’को रुपमा बसेका हुन्छन् यसले संसदीय बन्दोबस्तलाई जीवन्तता दिइरहेको हुन्छ । तर वर्तमान सरकारको गठनको संरचनालाई नियाल्दा विगतको संसदीय अभ्याससँग मेल नखाएको वा संसदीय मूल्य मान्यताबमोजिम काम नभएको जो कोही अनुभव गर्न सक्छन् । सरकार गठनको समयमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरू सत्तापक्षमा थिए भने नेकपा एमालेलगायत केही साना दलहरू सत्ता बाहिर थिए । अर्थात् एमाले विपक्षीको भूमिकामा थियो । सोही सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेपछि माओवादी केन्द्रले यथास्थितिमा चुनाव भएपछि आफूहरू कम सीट सङ्ख्यामा मात्र विजयी हुने प्रबल सम्भावना देख्यो । यही सम्भावना देखेर राजनीतिक नैतिकता, मूल्य र मान्यतालाई तिरस्कार ग¥यो । माओवादी नेता प्रचण्डले नेपाली काङ्गे्रससँगको सत्ता गठबन्धन लामो समय सम्मको लागि हुनुपर्ने र हुने हुँकार बारम्बार गरेका थिए । नेपाली काङ्ग्रेसमै दल एकीकरण गर्न सकिने सम्भावना सहितका भनाइहरू पनि सार्वजनिक नगरेको होइनन् । सत्ता स्वार्थमा टिकिरहनको लागि जे जस्तो सुकै गर्न तयार माओवादी र माओवादी अध्यक्ष प्रचण्डको ब्यवहार, नैतिकतामा त्यतिबेला गम्भीर प्रश्नचिन्ह र शङ्का लाग्यो जतिबेला उनले सत्तामा रहेरै अर्को दल जो विपक्षमा छ, नेकपा एमालेसँग चुनावी तालमेल गर्ने र पार्टी एकीकरण गर्नेसम्मको विचारलाई सार्वजनिक रुपमा व्यक्त गरे ।
त्यसो त कुनै दलको चुनावी तालमेल हुनुहुँदैन भन्न खोजिएको होइन । आफ्नो सिद्धान्त र विचार मिलेका दलसँग चुनावी तालमेल मात्र होइन पार्टी एकीकरण भएका समाचारहरू आइरहने गरेको छ । तर ठूला भनिएका दल र दलका नेताहरू चुनाव अगाडि चर्को– चर्को स्वरमा विरोध गर्ने गरेतापनि चुनावको संघारमा बढीभन्दा बढी सीट जित्नका लागि वा जित्ने आशामा भिन्न मत राख्ने दलहरूसँग विरोधका बाबजुद पनि गठबन्धन गर्ने, गैरराजनीतिक गतिविधि गर्ने र गैरराजनीतिक नाराबाजी गर्ने पारिपाटी नेपालको इतिहासमा लामो समयदेखिको अभ्यास हो । धेरैको स्मृतिमा ताजै भएको हुनुपर्छ कुनैबेला नेकपा एमालेलाई यस्तै गैरराजनीतिक विरोध गर्ने क्रममा नेकपा माओवादीका नेताहरूले भन्ने गरेका थिए – नेकपा एमाले लि· नछुटिएको पार्टी हो, जोसँग पनि तालमेल गर्ने र जस्तो अभिव्यक्ति पनि दिने । तर आज तिनै नेकपा माओवादीको लि· अर्थात् परिचयको पहिचान हुन नसकेकोमा धेरै जनता आश्चर्यमा परेका छन् । एकातिर नेपाली काङ्ग्रेससँग सत्तामा लिसोझैं टासिरहनुले उ निर्विवाद रुपमा सत्तापक्ष वा दक्षिणपन्थ भएको छ भने अर्कोतिर सत्ता बाहिर बसेको दल नेकपा एमालेसँग तालमेल गर्नुले ऊ प्रतिपक्ष वा विपक्षी दल भएको छ । एउटै दल प्रतिक्रियावादी पनि हुनु र प्रजातन्त्रवादी पनि हुनु वा दक्षिणपन्थ पनि हुनु र बामपन्थ पनि हुनु राजनीतिक मूल्य र मान्यता विपरीतको अवधारणा हो ।
नेकपा एमालेसँग चुनावी तालमेल गर्नु अगाडि माओवादीले सरकार छोडेको घोषणा गर्नुपर्ने आवाज पनि धेरै बुद्धिजीविहरूबाट नआएको होइन । सरकार छाडेर गठबन्धनमा आएको भए आज केही हदमा उसको साख बाँकी रहन्थ्यो होला, उसलाई आलोचना र विरोध गर्ने आवाजहरू केही मसिना हुन्थे होलान् । सरकार बाहिर बसेर निर्वाचनमा भाग लिने हिम्मत देखाएको भए पनि पार्टीको साख बाँकी नै हुन्थे होला । तर उसले यस्तो हिम्मत देखाउन सकेन । एक्लै चुनाव लड्दा हार्ने र देशको ढुकुटी चलाउन नपाउने भएपछि निर्वाचनमा नराम्ररी पछारिने भयले आफ्नो पहिचान, राजनीतिक इमान्दारीता, विश्वास आदिको धज्जी उडाउँदै प्रतिक्रियावादीसँगको सत्ता समीकरणमा समाहित भइरह्यो । पटक–पटक सरकारबाट बाहिर बस्ने धम्की दिएको भएता पनि उसले आज प्रत्यक्षतर्फका सम्पूर्ण निर्वाचन परिणाम आइसक्दा पनि सरकार बाहिर रहेर राजनीति गर्ने साहस गर्न सकेन र आफ्नो खुट्टामा उभिएर पार्टीको अस्तित्व कायम गर्ने र निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने सोच पलाउन सकेन ।
नेपाली काङ्ग्रेससँगको तालमेल छाड्ने निर्णय गरेसँगै नैतिक रुपमा सत्ता समीकरणबाट बाहिर आउनुपर्ने अध्यक्ष प्रचण्डले त्यसो नगर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई थाङ्नामा सुताइदिए । माओवादीको तर्फबाट भागबण्डामा परी मन्त्रीमण्डलमा सहभागी सबै नेताहरूलाई देउवाले विनाविभागीय मन्त्री बनाइदिए । विना विभागीय मन्त्री अर्थात् विनाकामको मन्त्री । मन्त्री पद बाँकी रह्यो तर कुनै जिम्मेवारी नदिने वा कुनै गतिविधि गर्न आवश्यक अधिकारबाट बञ्चित गरी पङ्गु बनाए । अर्को भाषामा विपक्षीसँगको तालमेल गरेकोमा सजाय दिए । प्रधानमन्त्री देउवाले यसरी सजाय दिंदा पनि माओवादी नेताहरूले केही प्रतिक्रिया नदिनु र सत्ताबाट वहिर्गमन नहुनुले माओवादीले पद र पैसाकै लागि राजनीतिक गतिविधि गरेको भन्दा अन्यथा नहोला । ‘हलेदो भनेपछि कोट्याउनु नपर्ने’ नेपाली उखानझैं नेकपा माओवादी देश र जनताको हितमा काम नगर्ने र गर्न नसक्ने निश्चित भैसकेको छ । पूँजीवादी व्यवस्थामा सत्तापक्षले देश र जनताको हित गर्न नसक्ने थुपै्र उदाहरण विश्व इतिहासमा नभएको होइन । इतिहासबाट पाठ सिक्न सक्ने र भविष्यको बाटो कोर्न सक्ने मान्छेमात्र सफल हुने गर्दछ । तर विडम्बना नेपालका कथित ठूला कम्युनिष्ट नामधारी दलहरूले इतिहासलाई बिर्सने कुचेष्टा गर्दैछन्, कम्युनिष्ट सिद्धान्तमा संशोधनवादी चिन्तन र चरित्रका शिकार भए जसको परिणाम नेपालको कम्युनिष्ट आन्दोलन समेत संशोधनवादी र फाँसीवादीहरूको चङ्गुलमा फसेको छ । यसले वर्गीय आन्दोलनलाई कमजोर बनाउने यथार्थ आत्मसात गर्न सक्नुपर्दछ ।
त्यसो त नेकपा माओवादी नेपालको कम्युनिष्ट आन्दोलनको दिशालाई अत्यत्र मोड्नको निम्ति भारतीय शासकवर्गद्वारा तयार गरिएको ‘ट्रोजन हर्स’ को रुपमा कार्यरत रहेको तीतो विषयले पनि सहर बजारमा प्राथमिकता पाउँदै आइरहेको छ । आफूले आफ्नो स्वार्थको लागि पालिराखेको घोडा कमजोर भयो वा त्यसले पहिलेझैं काम गर्न सकेन वा राम्रोसँग हिड्डुल गर्न सकेन वा साहुको स्वार्थ पूरा नहुने देखेपछि उनले बीच बीचमा घोडा फेर्ने गर्दछ । एउटा कमजोर घोडाको ठाउँमा नयाँ, जाँगरिलो, फूर्तिलो घोडा जतिसुकै मूल्य तिरेर पनि ल्याउने गर्दछ । भारतीय शासक वर्गको हितमा काम गर्दै आएको नेपालका पूराना राजनीतिक दलहरूले अब उप्रान्त तिनीहरूको हितमा काम गर्न नसक्ने अनुभूति भएपछि घोडा फेर्दै आएको पूरानो पद्वतिअनुसार नै भारतीय शासक वर्ग नेपालको आन्तरिक मामिलामा सक्रिय हुँदै आएको यथार्थलाई कुनै पनि सचेत नेपालीले भुलेका छैनन् र भुल्नुहुँदैन । नेकपा माओवादीलाई प्रयोग गर्दै आएको भारतले आउँदा दिनहरूमा उसलाई आफनो स्वार्थ पूर्तिका लागि कथित कम्युनिष्ट दलहरूको खोजीमा रहे अनुरुप नै माओवादी सम्मिलित बामगठबन्धनको उदय भएको विश्लेषकहरूको धारणा रहेको पाइन्छ । धेरैले बाम गठबन्धन राम्रो, समय सुहाउँदो, जनताको माग आदि जे जस्तो विशेषण झुण्ड्याएको भएतापनि यो गैर–सैद्धान्तिक गठबन्धनले नेपाल र नेपालीको अहित गर्ने पक्का छ । ‘धमिलो पानीमा माछा मार्ने’ प्रचलित उखानझैं नेपालको राजनीति धमिलो बनाई प्राकृतिक स्रोत र साधन आफ्नो पोल्टामा पार्ने भारतीय दाउको विरोधमा आवाज उठाउन आवश्यक भैसकेको छ । अब यी शासक दलहरू जसलाई भारतीय शासक वर्गले घोडा बनाइराखेको छ तिनीहरूबाट यो देशको परिवर्तन सम्भव नभएकोले जनता सचेत भई स्वदेशी एवम् विदेशी प्रतिक्रियावादी शक्तिविरुद्ध सङ्घर्ष आवश्यक देखिएको छ ।
Leave a Reply