शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
हालै मलाई बन्द–ढोका शैक्षिक सम्मेलनको लागि अस्ट्रेलियामा आमन्त्रित गरिएको थियो जहाँ विद्वान्हरूले एसिया–प्रशान्त क्षेत्रमा चीन–संरा अमेरिका प्रतिस्पर्धाको प्रभाव र क्षेत्रीय देशहरूले कसरी प्रतिक्रिया दिइरहेका छन् भनेर छलफल गरेका थिए ।
१० दिनको यात्राले भूराजनीतिक उथलपुथलको बिचमा, विशेषगरी चीन–संरा अमेरिका तनावको सन्दर्भमा अस्ट्रेलियाले ठुलो भूमिका खेल्ने प्रयासको मेरो बुझाइलाई गहिरो बनायो । मैले यो पनि याद गरेँ कि अस्ट्रेलियाली रणनीतिक समुदायले चीनको बढ्दो शक्तिको प्रतिरोधलाई संरा अमेरिका र बेलायतको बयानबाजीको प्रभावका कारण अतिरञ्जित गरेको हुनसक्छ, जसले भविष्यको चीन–अस्ट्रेलिया सम्बन्धको लागि आशावादी दृष्टिकोणलाई सङ्केत गर्दछ ।
पहिलो, अस्ट्रेलियाली रणनीतिक समुदायका केही सदस्यहरूले चीन–संरा अमेरिका प्रतिस्पर्धाले एसिया–प्रशान्त क्षेत्रमा अस्थिरता बढाएको छ । त्यसबाट अस्ट्रेलियालाई अलग रहन गा¥हो बनाएको छ । संरा अमेरिकाले ठुलो शक्ति प्रतिस्पर्धा र चीन–संरा अमेरिका सम्बन्धमा बढ्दो तनावको कारण अस्ट्रेलियाका विद्वानहरू अमेरिकासँगको सुरक्षा गठबन्धनमा बढ्दो निर्भरतालाई खुलारूपमा स्वीकार गर्छन् ।
दोस्रो, अस्ट्रेलियाले चीनको बढ्दो क्षेत्रीय प्रभावको नजिकबाट निगरानी गरिरहेको छ, विशेषगरी चीनको सैन्य आधुनिकीकरण र समुद्री क्षमताको बारेमा चिन्ता व्यक्त गर्छन् । तिनीहरूको आफ्नै विश्वास र पश्चिमी कथाहरूबाट प्रभावित भएर अस्ट्रेलियाका केहीले चीनको रणनीतिक उद्देश्यले ताइवान जलडमरू, दक्षिण चीन सागर र पूर्वी चीन सागरमा आफ्नो मुख्य चासोभन्दा बाहिर विस्तारित एसिया–प्रशान्त समुद्री क्षेत्रलाई समेत समेट्ने विश्वास गर्छन् । यो भ्रम र केही शक्तिहरूद्वारा जानाजानी गरिएको गलत व्याख्याले पनि अस्ट्रेलियाले अउकस (AUKUS) र क्वाड (Quad) जस्ता सैनिक गठबन्धनका पहलहरूमा सक्रियरूपमा सहभागी भई संरा अमेरिकासँगको रणनीतिक सहयोगलाई बलियो बनाउन प्रेरित गरेको छ ।
तेस्रो, अस्ट्रेलियाले अर्थतन्त्र र व्यापारका क्षेत्रमा चीनसँग गहिरो सम्बन्ध रहेको स्वीकार गरेको छ । यो पनि सचेत छ कि चीनसँगको सम्बन्धलाई गलत प्रयोग गर्दा अस्ट्रेलियाको अर्थतन्त्रमा गम्भीर नकारात्मक असर पर्नेछ । वाशिङ्टनको विपरीत, क्यानबेराले चीनसँग आर्थिक र व्यापारिक स्तरमा सहयोग सुदृढ गर्नाले ‘राष्ट्रिय सुरक्षा’ मा गुप्त खतराहरू ल्याउँदैन भन्ने विश्वास गर्छ । यसको विपरीत यो आर्थिक मुद्दाहरूको ‘पान–राजनीतीकरण’ र ‘पान–सुरक्षाकरण’ हो जसले अस्ट्रेलियाको दीर्घकालीन हितलाई हानि पु¥याउँछ । त्यसकारण, अस्ट्रेलियामा ‘डिकपलिङ’ अर्थात् चीनसँगको व्यापारबाट अलग हुने विचारलाई व्यापकरूपमा समर्थन गरिएको छैन ।
अस्ट्रेलियामा रहँदा मैले देखेको र सुनेको कुराको आधारमा, विशेषगरी सान्दर्भिक अस्ट्रेलियाली व्यक्तिहरूसँगको वैचारिक आदानप्रदान र सञ्चारको आधारमा, म विश्वास गर्छु कि चीन र अस्ट्रेलियाले हालको द्विपक्षीय सम्बन्धको निरन्तर सुधार र विकासलाई प्रवद्र्धन गर्न निम्न पक्षहरूबाट सुरुवात गर्नसक्छन् ।
पहिलो, आर्थिक सहयोग र बहुपक्षीय फ्रेमवर्क सहयोगको एकीकरणलाई सुदृढ गर्ने । चीनले द्विपक्षीय सम्बन्धमा सुरक्षा भिन्नताको प्रभावलाई कम गर्न हरित ऊर्जा, प्राविधिक आविष्कार र पूर्वाधार निर्माण जस्ता गैरसंवेदनशील क्षेत्रहरूमा अस्ट्रेलियासँगको सहयोगलाई गहिरो बनाउन सक्छ । साथै, एसिया–प्रशान्त क्षेत्रमा बहुपक्षीय सहयोग संयन्त्रमा दुई पक्षले सक्रियरूपमा आसियान (ASEAN) र एपेक (APEC) जस्ता प्लेटफर्महरूमार्फत संवाद र सहयोगलाई बढावा दिन सक्छन् ।
दोस्रो, जनता–जनताबिचको कूटनीति र सांस्कृतिक आदानप्रदानलाई अभिवृद्धि गर्ने । अहिले अस्ट्रेलियामा चिनियाँ मूलका करिब १४ लाख मानिस बसोबास गरिरहेका छन् र ठुलो सङ्ख्यामा मानिसहरू चीनप्रति मित्रवत र तर्कसङ्गत छन् । दुई सरकारबिचको सम्बन्ध अपेक्षाकृत सुस्त हुँदा जनता–जनताबिचको कूटनीतिले पुलको भूमिका खेल्न सक्छ ।
तेस्रो, द्विपक्षीय सम्बन्धलाई समयमै जाँच्न चीन–अस्ट्रेलिया वैदेशिक र रणनीतिक वार्तालाई गहिरो बनाउने । अस्ट्रेलियाले संरा अमेरिकालाई प्रमुख सहयोगीका रूपमा लिन्छ तर केही मुद्दाहरूमा दुई पक्षको चासो पूर्णरूपमा एकरूप छैन । तसर्थ, अस्ट्रेलिया संरा अमेरिकासँग नजिक हुँदै जाँदा पनि केही क्षेत्रमा चीनसँग सहकार्य कायम राख्ने आशा गर्दछ । चीन र अस्ट्रेलियाले विद्यमान वार्ता संयन्त्रलाई विशेषगरी रणनीतिक र सुरक्षा क्षेत्रमा गहिरो बनाउन सक्छन् ।
सङ्क्षेपमा, चीन–अस्ट्रेलिया सम्बन्ध एक महत्वपूर्ण समायोजनको अवधिमा छ । दुई पक्षले केही क्षेत्रमा चुनौतीको सामना गरे पनि सहयोगका लागि अझै ठुलो सम्भावना र स्थान रहेको छ । दुवै देशले रचनात्मक र व्यावहारिक दृष्टिकोणका साथ मतभेदलाई सही ढङ्गले सम्हाल्नुपर्दछ र द्विपक्षीय सम्बन्धलाई सही मार्गमा पु¥याउनुपर्दछ ।
(लेखक नान्जिङ विश्वविद्यालयको स्कूल अफ इन्टरनेसनल स्टडीजका एसोसिएट प्रोफेसर हुनुहुन्छ ।)
– ग्लोबल टाइम्स
अनुवाद : प्रकाश
Leave a Reply