शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
कम्युनिस्टहरू परिवर्तनकामी हुन्छन्; उनीहरू समाज बदल्न चाहन्छन् । समाज बदल्न चाहने कम्युनिस्टहरू स–साना स्वार्थमा भुल्दैनन् । तिनीहरू दिन–रात देश र जनताको पक्षमा चिन्तनमनन गर्छन् । देश, जनता र पार्टीको चिन्ता नलिने, समाज बदल्न नचाहने नेताहरू सच्चा कम्युनिस्ट हुँदैनन्; समाज बदल्न अघि सर्दैनन् । भनिन्छ, कम्युनिस्टहरूको हृदय विशाल हुन्छ; उनीहरू इमानदार हुन्छन् । कम्युनिस्टले आफ्नो व्यक्तिगत हितलाई प्राथमिकता राख्दैनन् । उनीहरू गलत विचार र गलत कामको सदा विरोधी हुन्छन्; सिद्धान्त र विचारमा अडिग हुन्छन् र सिद्धान्त र विचारअनुसार जनताको घर–आँगनमा पुगिरहन्छन्; जनताको दुःख सुख बुझ्छन् र जनताको राजनीतिक, वैचारिक र सांस्कृतिक स्तर उठाउन सदा लागिरहेका हुन्छन् । जनतालाई सचेत र सङ्गठित गर्दै सुसूचित पार्दै समाज बदल्नको लागि अघि बढ्नु नै कम्युनिस्ट पार्टीको उद्देश्य हो ।
कुनै व्यक्ति कम्युनिस्ट हो कि होइन भन्ने चिन्ने अनेक आधारमध्ये उनको व्यवहार हो । कम्युनिस्टहरू बहुसङ्ख्यक जनताको पक्षमा छन् कि छैनन्, उनीहरूको हितमा लागेको छ कि छैन ? त्यो अर्काे महत्वपूर्ण जाँच्ने कसी हो । कम्युनिस्टहरू सत्य र न्यायको पक्षमा उभिनुपर्छ । उनीहरू कुनै पनि कुरामा अन्ध समर्थन गर्दैनन्; उनीहरू दासविरोधी हुन्छन् । उनीहरू दूरदर्शी, त्यागी, दृढ हुनुपर्छ । कामको सिलसिलामा गल्ती भएमा तुरून्तै सच्याउने काम गर्नुपर्छ । दुःख गर्ने तर काम पूरा गर्दैन भने कम्युनिस्टको उद्देश्य कसरी पूरा हुन्छ ? पढेलेखेको भए पनि, एमए, पीएचडी उत्तीर्ण गरे पनि जनताको दुःख बुझ्दैन, दुःख बुझ्ने प्रयास गर्दैन भने जनताले उनीहरूलाई विश्वास गर्दैनन् ।
कम्युनिस्टहरू जहाँ गए पनि जहाँ बसे पनि जहिले पनि जनतासँग नजिक हुनुपर्छ । जानी नजानी हुने कमी कमजोरी हटाउन कम्युनिस्टहरू अग्रसर हुनुपर्छ । कम्युनिस्टहरू आदर्शोन्मुख समाज स्थापना गर्न अघि सर्छन्; त्यहाँको समाज सभ्य, सुसंस्कृत हुनुपर्छ या सभ्य सुसंस्कृत बनाउन निरन्तर अघि बढिरहनुपर्छ । कम्युनिस्टहरू आफ्ना कार्यकर्तासामु मात्र भिज्ने होइन, पार्टी बाहिरका व्यक्तिहरूमाझ पनि भिज्नुपर्छ; आफ्नो कुरा भन्नुपर्छ । नत्र पार्टी सङ्गठन कसरी विकास हुन्छ ? पुराना कार्यकर्ताहरू निस्क्रिय हुँदै जाने, पारिवारिक क्षेत्रमा व्यस्त हुँदै जाने हुँदा पार्टीले नयाँ पुस्तालाई समेट्ने प्रयास गर्नुपर्छ । कुनै पार्टीमा नलागेका, मौन बसेका जनतामाझ पुगेर पार्टी सङ्गठन विस्तार गर्नुपर्छ । अतः कम्युनिस्ट कार्यकर्ताहरू निरन्तर खटिरहनुपर्छ ।
कम्युनिस्टहरू समाजभित्र पसेर आदर्शोन्मुख समाज स्थापनातिर नलाग्नुको अर्थ समाजलाई पछि धकेल्नु हो; समाजमा सामन्त, जमिनदार, जालीफटाहा, पुँजीपति र भ्रष्टाचारीहरूले ठाउँ पाइरहनु हो । अहिले बल या शक्तिको लडाइँ होइन बुद्धिको लडाइँ हुन्छ । यो प्रतिस्पर्धीको समय हो । हरेक क्षेत्र र विषयमा प्रतिस्पर्धा गर्न सक्ने स्थिति तयार गर्नुपर्छ । वर्ग शत्रुदेखि जहिल्यै सतर्क भइहरनुपर्छ । पार्टी फुटाउन, नेता कार्यकर्ता चिढाउन गुप्तचरहरू प्र्रयोग भइरहेको हुन्छ । समाजभित्र हुर्केका राम्रा विद्यार्थी, युवा कार्यकर्तालाई हातमा लिन अनेक षड्यन्त्र भइरहेको हुन्छ । कहिले विदेश पठाउने, कहिले लोभ देखाउने त कहिले फसाउने अनेक जाल बुनिरहेको हुन्छ । यसकारण, कम्युनिस्ट कार्यकर्ताहरू हरबखत सतर्क र चनाखो भइरहनुपर्छ ।
कम्युनिस्ट गुण र चरित्र भएका कार्यकर्ताहरूले आफ्नो जिम्मेवारी कहिले पनि भुल्नु हुँदैन । शिक्षक विद्यालयमा पुग्दा, मजदुर कारखानामा पुग्दा, कर्मचारी आ–आफ्नो कार्यालयमा पुग्दा, समाजसेवी र राजनीतिक कार्यकर्ताहरू आ–आफ्नो बस्ती, टोल, गाउँमा पुग्दा जहिले पनि देश विकासको मनन गरिरहनुपर्छ । जनताको सांस्कृतिक स्तर उठाउन, अन्धविश्वास, कुरीति हटाउन, सुसंस्कृत समाज बनाउनेतर्फ लागिरहनुपर्छ । नत्र समाज बदल्न अझै धेरै समय लाग्नेछ या पछि पर्नेछ । कम्युनिस्ट नेता तथा कार्यकर्ताहरूप्रति जनताको विश्वास हुन्छ† त्यो विश्वास जित्ने काम सधैँ कायम राख्नुपर्छ ।
Leave a Reply