चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
नेपालभाषा साहित्य तःमुंज्या भाषिक, साहित्यिक र सांस्कृतिक मञ्चमात्र होइन, राजनीतिक चेतना जगाउने राजनीतिक मञ्च र विज्ञहरूको आ–आफ्नो अनुभव, सीप र ज्ञान दिने बौद्धिक मञ्च पनि हो । यो जनताले जनताकै निम्ति सन्देश छर्ने जनताको मञ्च हो । यो स्थापित मञ्च हो । नेपालभाषा साहित्य तःमुंज्या भनेपछि पूर्व मेचीदेखि पच्छिम महाकालीसम्मका राजनीतिक कार्यकर्ता र साहित्यकारहरू सम्मेलनप्रति सहानुभूति राख्छन् र सानो पत्र (चिट्ठी) को आधारमा सहभागी हुन्छन्; आफ्नो साहित्य वाचन गर्छन् र आ–आफ्नो अनुभव बाँड्छन् । यो नेपालभाषा साहित्य तःमुंज्यामा देशका विभिन्न भाषाभाषी, जनजाति र साहित्यकारहरू उपस्थित हुन्छन्; गीत गाउँछन् । यसैले यो तःमुंज्या जनतामाझ परिचित मञ्च हो, लोकप्रिय मञ्च हो ।
यो वर्षको ४४ औँ नेपालभाषा साहित्य तःमुंज्या भनपा वडा नं. ९ स्थित लाँम्हुग (लामगाल) टोलमा हुँदै छ । साहित्य वाचन, विज्ञहरूको मन्तव्य, नृत्य, गीत, ख्याल (व्यङ्ग्य) र एकाङ्की नाटकसमेत प्रस्तुत हुने यो सम्मेलन असोज २८ र २९ गते दुई दिन चल्नेछ । बिहान ११ बजेदेखि सुरु हुने उक्त सम्मेलन सफल पार्न समयमै उपस्थितिको लागि आयोजक समितिले आग्रह गरेको छ । सम्मेलन सफल पार्न आयोजक समितिअन्तर्गत गठित विभिन्न उपसमितिहरू लागिरहेका छन् । नेपालभाषा साहित्य तःमुंज्याको जनता म्वासा भाषा म्वाई अर्थात् जनता रहे भाषा रहन्छ भन्ने नारा रहेको छ । नेपालभाषासँगै विभिन्न जनजातिको भाषाको उत्थान गर्न विस्तार गर्न, विभिन्न सांस्कृतिक प्रस्तुतिबाट जनतामा राजनीतिक चेतना छर्न र सुसज्जित पार्ने काम तःमुंज्याले गर्दै आएको छ । साहित्य राजनीतिबाट अलग्ग हुन सकिँदैन । भनिन्छ, साहित्य राजनीतिको हतियार हो । शोषकवर्गले आफ्नो शोषण, दमन र अत्याचारलाई ठीक साबित गर्न जनताको मत आफूतिर तान्न खोजेको हुन्छ । उनीहरू जनताको मतलाई भाँड्ने साहित्य तयार गर्छन् । अर्काे पक्ष शोषित वर्ग या कामदार वर्गको पक्षमा लेखिएको हुन्छ । यसकारण, यो वर्गीय समाजमा साहित्य पनि कुनै न कुनै वर्गको पक्षमा लेखिएको हुन्छ ।
शोषकवर्गका साहित्यकारहरू साहित्य र कला राजनीतिबाट अलग्ग हुन्छन् भनेर फलाक्छन् । उनीहरू जनताको पक्षमा लेख्ने साहित्यिक कामदारहरूलाई भ्रम दिन्छन् । अतः समाजमा वर्गभेद रहेसम्म साहित्यको वर्गभेदलाई कसैले हटाउन सक्दैन । नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम प्रगतिशील साहित्य सम्मेलन हो । यो सम्मेलनले सम्मुनत समाज निर्माण गर्न र समाजमा आमूल परिवर्तन गर्न सन्देश बाँड्छ । यो सम्मेलनले वर्गीय चेतना बढाउँछ र सङ्घर्षलाई अघि बढाउँछ । कामदारवर्गका साहित्य पुँजीवादी र सामन्तवादी साहित्य उदाङ्ग्याउने एक सशक्त माध्यम हो । त्यसरी उदाङ्ग्याउने काम नेपालभाषा साहित्य तःमुंज्याले गरेको छ ।
हो, प्रगतिशील साहित्य यथार्थवादी हुन्छ । तर, सबै यथार्थवादी साहित्य प्रगतिशील हुन्छ भन्ने होइन । हामीले प्रगतिशील या माक्र्सवादी साहित्यलाई जोड दिनुपर्छ । कति यथार्थवादी साहित्य अश्लील हुन्छ, यौनवादी हुन्छ । समाजको यथार्थ चित्रण गर्ने नाउँमा यौनवाद र छाडावादतिर लाग्यो भने आदर्शाेन्मुख समाज बन्दैन । यसले पुँजीवादी साहित्यको प्रतिनिधित्व गर्छ । यसकारण, यथार्थवादी साहित्य हुँदैमा त्यो प्रगतिशील या माक्र्सवादी हुन्छ भन्ने होइन । तर, सबै यथार्थवादी साहित्य अश्लील, छाडा हुन्छ भन्ने पनि होइन । सबै माक्र्सवादी साहित्य प्रगतिशील हुन्छ । तर, सबै प्रगतिशील साहित्य माक्र्सवादी हुँदैन ।
दास युगमा सामन्तवादी विचार र साहित्य प्रगतिशील हुन्छ भने सामन्तवादी युगमा पुँजीवादी विचार र साहित्य एक कदम प्रगतिशील हुन्छ । पुँजीवादी युगमा समाजवादी साहित्य र विचार प्रगतिशील हुन्छ । यसरी भिन्नभिन्न युगमा साहित्य पनि विभिन्न थरीको हुन्छ । कुरा स्पष्ट छ, कम्युनिस्ट र माक्र्सवादी साहित्य सबभन्दा बढी प्रगतिशील हुन्छ । अतः त्यस्तो प्रगतिशील साहित्यले मात्रै देश र जनताको सेवा गर्छ । नेपालभाषा साहित्य तःमुंज्या त्यस्तै जनतालाई राजनीतिक, वैचारिक र सांस्कृतिकरूपले सचेत पार्ने एक भरपर्दाे र सशक्त मञ्च हो । तःमुंज्यामा व्यक्त हुने मन्तव्य, साहित्य, गीत, ख्याल र एकाङ्की नाटकले प्रगतिशील साहित्यकै प्रतिनिधित्व गर्छ । त्यो प्रगतिशील साहित्यमा माक्र्सवादी विचार रहेको हुन्छ । सामन्तवादी, पुँजीवादी साहित्त्न्दा जनताको साहित्य या माक्र्सवादी साहित्य धेरै कलात्मक हुन्छ । पुँजीवादी साहित्यले कामदार जनताको सेवा गर्दैन ।
संसारका सबै मजदुर र किसान आन्दोलन, शोषित पीडित जनताको आन्दोलन, देश विदेशमा हुने स्वतन्त्रता र मुक्ति आन्दोलनको पक्षमा लेखिएको साहित्य प्रगतिशील हुन्छ । नेपालभाषा साहित्य तःमुंज्याले नेपाली जनताका लेखक, कवि, कथाकार तयार गर्छ; गरिरहेको छ । जनताको साहित्य पुँजीवादी साहित्त्न्दा धेरै कलात्मक हुन्छ । यसकारण, हामीले जनताका साहित्यकार या जनताका कवि, कथाकार, कलाकार, निबन्धकार तयार गर्नुपर्छ† तयार गर्ने बाटो कोर्नुपर्छ । नेपालभाषा साहित्य तःमुंज्याले गरिरहेको काम जनताका कवि, कलाकार, कथाकार, निबन्धकार, नाटककार र व्यङ्ग्यकार तयार गर्नु हो ।
Leave a Reply