युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग
- बैशाख २८, २०८३
पेइचिङ, १२ अक्टोबर (सीआरआई) । अक्टोबर ११ मा बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पेइचिङमा चिनियाँ अन्तर्राष्ट्रिय मित्रता सम्मेलन एवम् वैदेशिक देशहरूसँगको मित्रताका लागि चिनियाँ जनसङ्घको स्थापनाको ७० औँ वार्षिकोत्सव समारोहमा सहभागी विदेशी पाहुनाहरूसँग सामूहिक भेट गर्नुभएको छ ।
सी चिनफिङले जनताबिचको मित्रता अन्तर्राष्ट्रिय सम्बन्धको स्थायित्व र दीर्घकालीन विकासको जग, विश्व शान्ति र विकासलाई प्रवद्र्धन गर्ने अटुट प्रेरक शक्ति भएको औँल्याउनुभयो । ७५ वर्षअघि जन गणतन्त्र चीनको स्थापना भएदेखि नै चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ जनतालाई एकताबद्ध गरी आधुनिकीकरणको बाटोमा डो¥याएको र यसले आफ्नो विकासमात्र नभई विश्वलाई पनि फाइदा पु¥याएको पनि बताउनुभयो ।
सी चिनफिङले चिनियाँ कम्युनिस्ट पार्टी जनताको सेवा गर्ने पार्टी, चिनियाँ सरकार जनताको सरकार र चीनको कूटनीति जनताको कूटनीति भएको कुरामा जोड दिनुभयो ।
नाइजेरियाका पूर्व राष्ट्रपति ओबासान्जो, पूर्व थाई काङ्ग्रेस अध्यक्ष पोचिन र अमेरिकी ‘फ्रेन्ड्स अफ कुलिङ’ का संयोजक मु यानलिङले क्रमशः विदेशी पार्टीहरूका तर्फबाट सो समारोहलाई सम्बोधन गरेका थिए । ‘फ्रेन्ड्स अफ कुलिङ’ अर्थात् कुलिङका साथीहरू भन्नाले कुलिङमा बसोबास गर्ने अमेरिकी परिवारका वंशजहरू र कुलिङ संस्कृतिको अध्ययन गर्ने विज्ञ तथा विद्वान्हरूबाट निर्मित एउटा संस्था हो जसले कुलिङको कथालाई निरन्तरता दिने र कुलिङको भावनालाई सम्हाल्ने लक्ष्य राखेको छ ।
Leave a Reply