भर्खरै :

चिनियाँ आधुनिकता र पश्चिमा आधुनिकताबिचको अन्तर

चिनियाँ आधुनिकता र पश्चिमा आधुनिकताबिचको अन्तर

चिनियाँ कम्युनिस्ट पार्टीको मातहतमा प्रकाशित भइरहेको ‘ग्लोबल टाइम्स’ पत्रिकामा नियमित अन्तर्राष्ट्रिय राजनीतिका विशेष समाचार र विचार प्रकाशित भइरहेको हुन्छ । देश र जनतामा समर्पित विचार प्रधान ‘श्रमिक’ साप्ताहिकमा त्यही विशेष समाचार र विचारको अनुवाद छापिने गर्दछ । विसं २०८० वैशाख ३१ को पत्रिकामा ‘पश्चिमा र चिनियाँ आधुनिकीकरणमा भिन्नता’ शीर्षकमा प्राध्यापक मार्टिन ज्याकको लेख छापिएको थियो । मार्टिन फुदान विश्वविद्यालयअन्तर्गत चाइना प्रतिष्ठानका वरिष्ठ प्राध्यापक हुन् ।
अहिले हामी फरक परिवेशमा छौँ । केही समय अघिसम्म सतहीरूपमै सही आधुनिकताको पर्यायवाची शब्द पश्चिमलाई मानिन्थ्यो । वास्तवमा पश्चिमाहरू अझै आधुनिकता भनेको एकै थरीमात्र हुन्छ र त्यो पश्चिमा आधुनिकतामात्र हो भन्नेमा विश्वास गर्छन् । उन्नाइसौँ शताब्दीमा बेलायतमा भएको औद्योगिक क्रान्तिबाट आधुनिकताको सुरुवात भयो तब विशाल उपनिवेश फैलियो । बेलायतले सन् १८५० को अगाडि पछाडिको दशकमा विश्वको एकचौथाइ जनसङ्ख्यामाथि शासन गरेको थियो । सन् १९०० सम्ममा जापानलाई छोडेर त्यो आधुनिकताको लहर मुख्यतः पश्चिमा विश्वमा सीमित थियो । पश्चिमा शैलीको आधुनिकताले विश्वलाई पश्चिमा विश्व र उपनिवेश बनाइएको संसारको विशाल भूभाग गरी दुईतिर विभाजन गरिदियो । सन् १९४९ मा अध्यक्ष माओ त्सेतुङको नेतृत्वमा भएको चिनियाँ जनवादी क्रान्ति र उपनिवेशवाद मुक्तिको प्रक्रियाले आधुनिकता संसारको अत्यन्त बहुमत जनतासम्म फैलियो ।
नयाँ सम्भावनाको लागि चीनले निर्णायक भूमिका खेलेको प्रमाणित हुन्छ । चीनको जनसङ्ख्याको आकार र पहिचानप्रति चिनियाँ भावना, चीनको समृद्ध ऐतिहासिक विगत र प्रभावशाली राजनीतिक नेतृत्वले चीनलाई आधुनिकताको चिनियाँ मार्ग हासिल गर्न सक्षम बनायो । चीनले हासिल गरेको आधुनिकता निकै महत्वपूर्ण थियो । चीनले आधुनिकताको यात्रामा पाएको सफलताले आधुनिकता प्राप्तिको प्रक्रियामा अन्य विकासशील देशहरूको क्षमता पनि उकास्न सफल भयो । यसअघि आधुनिकता संसारका धनी देशको सानो अल्पमतमा मात्र सीमित थियो । संसारका बहुमत देश त्यो प्रक्रियाबाट वञ्चित थियो । तर, आज आधुनिकता मानव जातिको लागि कुनै हिस्सामा मात्र सङ्कुचित छैन । बरु अत्यन्त बहुमत जनतासम्म आधुनिकताको लहर फैलिरहेको छ ।
आज हामी भिन्न किसिमको विश्वमा प्रवेश गर्नेक्रममा छौँ । चीन यो सम्भावनाको स्रष्टा र वास्तुकार हो । विकासशील देशले के–कति उपलब्धि हासिल गर्न सम्भव छ भन्ने कुराको उदाहरण हो चीन । कुनै बेलाको अर्धउपनिवेश अर्थतन्त्र दुई शताब्दीको अधिकांश समय मुख्यतः गतिरोधमा बिताएको देश चीनले ऐतिहासिक हिसाबमा निकै छोटो समयावधिभित्र गरिबी उन्मूलन, असामान्य आर्थिक वृद्धि जनताको जीवनमा रूपान्तरण र अमेरिकी अर्थतन्त्रसँग समान हैसियत बनाउन सक्ला भनी सन् १९५० मा कसैले पो सोचेको होला र ?
हामीले आधुनिकताबारे विचार गर्दा अरु कुनै पनि कुराभन्दा बढी हामीले प्रविधिकै विषयमा सोच्छौँ । बेलायतको औद्योगिक क्रान्तिका स्मरण गर्दा हामी वाष्प इन्जिन र रेलमार्ग सम्झन्छौँ । चीनको उल्लेखनीय प्राविधिक अग्रगति भनेका विच्याट, तीव्र गतिवान रेल, ५ जी सेवा, अन्तरीक्ष खोज, क्वान्टम कम्प्युटिङ, कृत्रिम बौद्धिकता (एआई) र विद्युतीय कार आदि हु्न् । यिनले संसारमा आँधीबेहरी निम्त्याउँदै छ । यी सबै प्राविधिक उपलब्धि चीनको लागि मात्र होइन, संसारभरका विकासशील देशहरूको लागि पनि गौरवका विषय हुन् । विकासशील देशहरूले पनि केसम्म उपलब्धि हासिल गर्न सक्छन् भन्ने कुराको यी सबै प्रमाण हुन् ।
तर, पश्चिमा आधुनिकताले विश्वलाई दुई भागमा विभाजन ग¥यो । पहिलो दुःखद पक्ष जहाँ जहाँ उपनिवेश लाद्यो, त्यहाँका मौलिक परम्परा, संस्कार र चालचलनलाई न्यूनाङ्कन, उन्मूलन र नष्ट बनाउन खोज्यो । त्यसकारण, उपनिवेश गरिएका देशहरूका समाजले आफ्नो इतिहास र पहिचान गुमाएका छन् । सभ्यताको अवधारणाप्रति आज पश्चिमाहरूको असहिष्णुताको मूल कारण हिजो आधुनिकता र पश्चिमाकरणको नाममा पश्चिमा देशहरूले सभ्यताको अवधारणाप्रति आज पश्चिमाहरूको असहिष्णुताको मूल कारण हिजो आधुनिकता र पश्चिमाकरणको नाममा पश्चिमा देशहरूले सभ्यतालाई नै आधार बनाएर स्वाधीनता र भिन्नताको अभ्यास गरेका थिए । तर, अब सभ्यता र सभ्यताबिचको अन्तरलाई बुझ्न, स्वीकार्न र सम्मान गर्न जान्नुपर्छ । चीनले अघि सारेको विश्व सभ्यता पहल (ग्लोबल सिभिलाइजेसन) मार्फत सभ्यताबिचको अन्तरको महत्वलाई गहिरो बुझ्ने प्रयास गरिएको छ ।
त्यसमा एउटा भाग निकै सानो तर धनी अनि अर्को भाग निकै ठुलो तर गरिब । चिनियाँ आधुनिकताले भने अत्यन्तै भिन्न दृश्य प्रस्तुत गरेको छ । पश्चिमाले आधुनिकताको नाममा संसारको ठुलो भागमा उपनिवेश फैलायो भने त्यसको उल्टो चीनले सबैको हित हुने सम्बन्ध र बेल्ट एन्ड रोड परियोजनाको प्रस्ताव अघि सार्यो । पश्चिमेलीले बनाएको संसार जी ७ मा आबद्ध धनी देशले प्रतिनिधित्व गरेका विश्वका १२ प्रतिशतभन्दा थोरै बढी जनसङ्ख्याको मुट्ठीभर शासकवर्गले शासन गर्ने अल्पमतको संसार हो । आधुनिक इतिहासमा पहिलोपटक विकासशील देशका जनतालाई नै सबभन्दा पहिले प्राथमिकतामा राखिएको बहुमतको प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय शासनको सम्भावना देखिँदै छ । यहाँ विकासशील देशअन्तर्गत चीन पनि पर्छ । विश्वको कुल जनसङ्ख्याको ८५ प्रतिशत जनता अहिले विकासशील देशमा बस्छन् । सन् १९५० मा यस्तो परिस्थिति कल्पनाभन्दा बाहिरको विषय थियो । न त सन् १९९० मा नै यस्तो सम्भावना देखिन्थ्यो । पश्चिमाको युग सानो अल्पमतको युग थियो भने चीनको युग अत्यन्त बहुमतको युग हुनेछ । आगामी दिनमा सबै देश र संस्कृतिप्रति नयाँ खालको सम्मान हुनेछ । आ–आफ्नो बाटो पहिल्याउन र पछ्याउन प्रोत्साहित गरिनेछ । पश्चिमा आधुनिकताले देशहरूलाई पश्चिमा पथमै हिँड्न लगाउँथ्यो । पश्चिमा शैलीको आधुनिकता नै अँगाल्न कर गथ्र्र्याे । उपनिवेशवाद (खासमा नवउपनिवेशवाद) का दुःखद पक्षहरूमध्ये एउटा पक्ष त्यसले जहाँ जहाँ उपनिवेश लाद्यो, त्यहाँका मौलिक परम्परा, संस्कार र चालचलनलाई न्यूनाङकन, उन्मूलन र नष्ट बनाउन खोज्यो । कहीँकहीँ नष्ट पनि भयो ।
त्यसकारण, उपनिवेश लाडिएका देशहरूका समाजले आ–आफ्नो इतिहास र पहिचान गुमाएका छन् । सभ्यताको अवधारणाप्रति आज पश्चिमाहरूको असहिष्णुताको मूल कारण हिजो आधुनिकता र पश्चिमाकरणको नाममा पश्चिमा देशहरूले सभ्यतालाई नै आधार बनाएर स्वाधीनता र भिन्नताको अभ्यास गरेका थिए । तर, अब सभ्यता र सभ्यताबिचको अन्तरलाई बुझ्न, स्वीकार्न र सम्मान गर्न जान्नुपर्छ । चीनले अघि सारेको विश्व सभ्यता पहल (जीसीआई) मार्फत सभ्यताबिचको अन्तरको महत्वलाई गहिरो बुझ्ने प्रयास गरिरहेको छ । चिनियाँ शैलीको आधुनिकताअन्तर्गत नेपाललाई पनि जीसीआईमार्फत नेपालको मौलिक परम्परा, संस्कार र चालचलनलाई संरक्षण गर्न सकिने हुन्छ । चिनियाँ आधुनिक परियोजनाअन्तर्गत बीआरआई, जीडीआई, जीसीआई र जीएसआईका नीतिबाट सिकेर नेपाललाई आत्मनिर्भर बनाउन सक्यो भने चीनको लागि पनि सुरक्षित हुने थान्छ । तर, साम्राज्यवादी पश्चिमा र विस्तारवादी भारतले पश्चिमा शैलीको आधुनिकता अपनाउन लगाई नेपाललाई चीनबाट टाढा राख्ने र गरिब नै बनाई आफ्नो अनुकूल प्रयोेग गरिरहेको छ । यसबाट मुक्ति आवश्यक छ ।
सम्भवतः चिनियाँ आधुनिकताको युग र प्राविधिक खोजको चमत्कारिक नयाँ चरण एकै समयमा पर्नेछ । यसले विगतमा कहिल्यै नदेखिएको अनुपातमा कृतिम बौद्धिकतादेखि चिकित्सा विज्ञानसम्मको फराकिला क्षेत्रमा विश्वमा ठुलो परिवर्तन देखिनेछ । मुख्य कुरा आगामी भविष्य मानव जातिको लागि विशाल आशा र विश्वासले भरिपूर्ण छ । विश्वको मोड बिलकुल फरक हुनेछ । विश्वका मानवमात्रको सुुख, शान्ति र समृद्धिको अवस्था सृजना हुनेछ ।

(२०८१ असोज २५ गते)

Leave a Reply

Your email address will not be published. Required fields are marked *