नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
स्वास्थ्य खराब
बेलायतको त्यस झिलिमिलीमा जेनी र लाउराको स्कूल जान लुगा र जुत्ता थिएन । उनीहरूका आफ्ना साथीहरू श्रृङ्गार–पटार गरेर बेलायतको त्यस रङ्गीबिरङ्गी स्थल र स्थान, पार्क र प्रदर्शनी हेर्न जान्थे । तर, जेनी र लाउरा आफ्नो घरको दयनीय आर्थिक दुर्दशाले आफ्नो बढ्दो उमेरमा पनि प्रौढताको पहाडको बोझले थिचिएका हुन्थे । उनीहरूको त्यस चञ्चले युवावस्थाको हृदयमा त्यस स्थितिले निश्चय पनि चोट पुग्थ्यो होला ! उनीहरूले आफ्नो घरको अवस्था राम्ररी बुझिसकेका थिए । यसकारण, लाउराले आमा–बुबासँग अनुमति नै नलिई रङ्गमञ्चमा नाच्ने शिक्षा प्राप्त गर्न लागिन् । माक्र्सले आफ्ना केटीहरूलाई कुनै साथीकहाँ पारिवारिक शिक्षिका र लेनचेनलाई कुनै एउटा अरू नै काममा लगाउने विचार गर्नुभयो । डेराको बहाल तिर्न नसक्दा माक्र्सले आफ्नै घरको सामान बेचेर तिर्ने विचार गर्नुभयो । आर्थिक अभावको कुनै सीमा रहेन तर जेनी परिवारको दुःखको महासागरको आँधीबेहरी र ज्वारभाटाको सामना गर्नसक्ने एङ्गेल्सरूपी सबल र सदा तत्पर डुङ्गा थियो । जेनी परिवारको अँध्यारो आर्थिक संसारमा एड्गेल्स बरोबर बिजुलीजस्तै चम्किदिनुहुन्थ्यो, अनि तमाम अन्धकार भाग्थ्यो । एङ्गेल्सबिना जेनी परिवारको हाँसो मलिन हुन्थ्यो भन्दा केही अत्युक्ति हुँदैनथ्यो ।
सन् १८६३ जनवरी महिना पुग्दा जेनी परिवारको आर्थिक अवस्था सा¥है चिन्ताजनक भइसकेको थियो । ६ जनवरी १८६३ को दिन उहाँको घरमा एक गेडा अन्न बाँकी थिएन । छोरी जेनी बिरामी थिइन् । उधारो ल्याएको मालसामानको पैसा तिर्न नसकेर साहुहरू घरकै मालसामान लिलाम गरेर लैजान आइरहेका थिए । यस्तै बेला फेरि एङ्गेल्सकी जीवनसाथी मेरी बितेको समाचार आइपुग्यो । जेनी त्यस समाचारले विह्वल हुनुभयो । यस्तो बेलामा माक्र्सलाई कस्तो भयो होला ? त्यस्तो दुर्दशाको बेलामा माक्र्सले मेरीको मृत्युमा उचित समवेदनाको सन्देशसम्म पनि पठाउन सक्नुभएन ।
यस खबरले जेनी अत्यन्त दुःखी हुनुभयो । जेनीको त्यस दुःखलाई लिएर माक्र्सले एङ्गेल्सलाई पछि लेख्नुभयो, “…. सबेरै मेरी पत्नी जेनी मेरीको मृत्यु र तिम्रो दुःखमा यति रोइरहेकी थिइन् कि उनले आफ्नो त्यस दिनको दुर्दशालाई बिर्सिदिइन् । उनमा यस्तो विरक्तिले बास गर्यो कि घरमा ऋण लिने मानिस नआएको भए र केटाकेटीलाई खुवाउने पिर नभएको भए रातभर उनी दुःखी नै रहन्थिन् ।”
जेनीप्रति माक्र्सको अपार प्रेम
सन् १८६३ को अन्ततिर माक्र्स आफ्नी आमाको मृत्यु भएकाले ट्रीर (जर्मन) जानुभयो । माक्र्सको उमेर ४५ वर्षको थियो । त्यसबेला पनि माक्र्स पहिले जेनीसँगको प्रेमको समयलाई सा¥है आनन्द र प्रेमपूर्वक सम्झनुहुन्थ्यो । त्यसबेला माक्र्सले लेख्नुभएको थियो, “हरेक दिन म पुरानो वेस्टफालेन भवन (रोमेर स्ट्रार्स) मा ‘तीर्थ–यात्रा’ गर्न जान्थेँ । त्यो ठाउँ मलाई सारा रोमको ध्वंसावशेष (बिग्री भत्केका स्मारक) भन्दा पनि धेरै आल्हादजनक लाग्थ्यो । किनभने, त्यसले मलाई मेरो जवानीको सुखमय दिनहरूको सम्झना गराउँथ्यो । यसले नै एक जमानामा मेरो सर्वस्व (जेनी) लाई यसभित्र सुरक्षित राखेको थियो । हरेक दिन त्यहाँका छर छिमेकीहरूले मसँग ट्रीरकी सा¥है राम्री केटी, ‘सरस्वती’ (नाचकी रानी) को बारेमा सोध्छे ।”
सन् १९६३–६४ को वर्ष पनि जेनीको परिवारमा रोग–व्याधी र दुःख कष्टले नै बित्यो । कहिले जेनी आफै बिरामी हुने त कहिले माक्र्स र कहिले छोरीहरू बिरामी हुन्थे । घरको आर्थिक अवस्था सधैँ त्यस्तै रहन्थ्यो ।
सन् १८६५ मा पुग्दा त आर्थिक सङ्कट चरमचुलीमा पुग्यो र ३१ जुलाई १८६५ मा एङ्गेल्सलाई लेख्नुभएको थियो, “हाम्रो परिवार दुई महिनादेखि मालसामान बन्धक राखेरमात्रै जिउँदै छौँ । तिमी के विश्वास गर भने यो चिट्ठी लेख्नुभन्दा त बरु मेरो हातको औँलै काटेर फाल्नु धेरै राम्रो अनुभव भयो ।” आखिर माक्र्सले जेनीको समेत भाव झल्काई लेख्नुभयो, “यदि हाम्रा केटीहरू नभई केटाहरू भएको भए राम्रो हुन्थ्यो ।” यसरी जेनी परिवार पूरै दुःखको अन्धकारले व्याकुल हुनपुग्यो । तर, एङ्गेल्स यी सब कुराहरू सुनेर रहनसक्ने साथी हुनुहुन्नथ्यो । उहाँ ‘आफू मिटाई अरूलाई’ भन्ने सिद्धान्तका हुनुहुन्थ्यो ।
माक्र्सको स्वास्थ्य बिग्रेकोमा एङ्गेल्सले रातको काम बन्द गर्न सल्लाह दिनुभयो । १० फेब्रुअरीको त्यस चिट्ठीको जवाफमा १३ फेब्रुअरी १८६६ मा माक्र्सले एङ्गेल्सलाई लेख्नुभयो, “यदि मसँग आफ्नो परिवारको लागि पर्याप्त पैसा भए र मेरो किताब सिधिसकेको भए आजै अथवा भोलि नै चिहानमा पुगे पनि मलाई दुःख हुने थिएन ।” सारा युरोपको शोषणको राजगद्दी हल्लाउने कार्ल माक्र्सको मुटुभित्र पनि कस्तो कठोर काँडाले घोचेको रहेछ । तर, यो कुरो त्यसबेला एङ्गेल्सले मात्रै सुन्नुभएको थियो । आज यस कुराले संवेदनशील जनमानसमा जेनीप्रतिमात्र सहानुभूतिको भावना जाग्दैन बरु शोषकवर्गप्रति असीम क्रोध उत्पन्न हुन्छ । मनमा कताकता वर्गीय घृणा र बदलाको भावना जाग्दछ ।
एङ्गेल्सले तुरून्तै उहाँलाई बेलायतको समुद्र किनारामा गएर बस्ने सल्लाह दिनुभयो । त्यहाँबाट माक्र्सले आफ्नी छोरी लाउरालाई लेख्नुभयो, “म वास्तवमा यस कुरोले खुसी छु कि म होटलमा नबसी एक निजी घरमा बसेको छु । होटलमा बस्दा मलाई स्थानीय राजनीतिक घरेलु दुराचारका कथाहरू र छरछिमेकीको नचाहिने कुराले सताउँछ । म कसैसँग मतलब राख्दिनँ भन्न सक्दिनथेँ । यो घरकी बुढीआमा त पूरै कान नसुन्ने तर घरका केटीहरूको गनगन त सुनिन्छ नै । जे होस् यिनीहरू असल छन् र मेरो ध्यान राख्छन्, बिचमा कुनै किसिमको बाधा गर्दैनन् म हिँड्डुल गर्दै छु । दिउँसो धेरैजसो म खुला हावामा डुल्ने गर्छु र १० बजे सुत्छु । पढ्न बन्दै छ, कम लेख्छु र बिस्तारै म निर्वाणको अवस्थामा पुग्ने कोसिस गर्दै छु जसलाई बौद्ध दर्शनअनुसार मानिसको सुखको सबभन्दा उँचो शिखर सम्झन्छन् ।” त्यसबेला माहिली छोरी लाउराको प्रेम सम्बन्ध लाफार्गसँग भएको कुरो माक्र्सले थाहा पाउनुभयो । लाफार्ग एक फ्रान्सेली सम्पन्न परिवारको एक्लो छोरा थिए । उनी मेडिकल कलेजका विद्यार्थी थिए । विद्यार्थीहरूको महाधिवेशनमा भाग लिएकोमा उनलाई २ वर्षको लागि पेरिस विश्वविद्यालयबाट निष्कासन गरिएको थियो । उनी बुद्धिमान, कर्मठ, राम्रो हृदयको, हट्टाकट्टा र सुन्दर युवक थिए । पत्रको अन्तमा उनको विषयमा पनि सानो टुक्रो लेख्नुभयो, “त्यो सानो ‘राक्षस’ लाफार्ग अहिले पनि मलाई प्रुँधोवादबाट दुःख दिँदै छ । मेरो विचारमा मैले उसको मथिङ्गलमा केही नघुसारेसम्म ऊ सन्तोष हुँदैन ।”
सन् १८६६ अगस्टमा लाउराको विवाह लाफार्गसँग हुने निश्चय थियो । यसरी आफ्ना छोरीहरूको जीवनप्रति माक्र्स सा¥है चासो राख्नुहुन्थ्यो । तर, आर्थिक सङ्कटले गर्दा ४८ वर्षको उमेरमा माक्र्सले रेलवे कम्पनीमा नोकरी गर्न खोज्नुभयो । अक्षर नराम्रो भएर उहाँले नोकरी पाउनुभएन । सो घटनाले माक्र्सको धैर्यलाई हाँक दिँदै थियो ।
हाँसोको रेखा पुँजी
आखिर बीसौँ वर्षको दुःख कष्टको फल सन् १९६७ अगस्ट महिनामा प्राप्त भयो । त्यो हो, संसारका तमाम शोषित–पीडित वर्गको महान् ग्रन्थ ‘पुँजी’ को प्रकाशन हुनु । यसको प्रकाशन हुनासाथै माक्र्सले एउटा सा¥है मानसिक सन्तोषको अनुभव गर्नुभयो । साथै उहाँको आर्थिक अवस्था पनि अलि सुधियो ।
सन् १८६८ मा एङ्गेल्सले आफ्नो व्यवसाय छोड्ने विचार गर्नुभयो तथा माक्र्स र आफूलाई एक निश्चित आम्दानीको व्यवस्था गर्ने विचार गरेर माक्र्स परिवारलाई वर्षको ३५० पाउन्डले पुग्छ वा पुग्दैन भनी सोधेर पत्र लेख्नुभयो । माक्र्सको सकारात्मक उत्तर पाएपछि ३० जून १८६९ देखि एङ्गेल्सले आफ्नो व्यवसाय छोड्नुभयो । त्यसबेला जेनीकी सानी छोरी इलेनर केही हप्तादेखि एङ्गेल्स कहीँ बसेकी थिइन् । १ जुलाई, १८६९ मा एङ्गेल्सले माक्र्सलाई लेख्नुभयो, “आहा ¤ आजदेखि म व्यापारबाट स्वतन्त्र मानिस भएँ । गाफीड (एङ्गेल्सका कारखानाको हिस्सेदार एर्मेन) ले सबै कुरा माने । मेरो पहिलो स्वतन्त्रता दिवसमा मर टुसी (जेनीकी सानी छोरी इलेनर) बिहानै गाउँतिर एक लामो सफर गरेर मनायौँ ।”
त्यसको उत्तरमा माक्र्सले लेख्नुभयो, “बन्धनबाट मुक्तिको निम्ति अत्यन्त बधाई ¤ अभिनन्दन ¤ त्यसको उपलक्ष्यमा एक ग्लास अरू थपेँ ।”
त्यसबेलादेखि वर्षको ३५० पाउन्डको एउटा निश्चित आम्दानी हुन थाल्यो र जेनीले भर्खर आर्थिकरूपले सन्तोष पाउनुभयो । त्यसपछि जेनी र माक्र्सले अन्तसम्म पहिलेको जस्तो आर्थिक सङ्कट सहनुपरेन । त्यसबेला माक्र्सकी जेठी छोरी जेनी आयरल्यान्डको जनताको स्वतन्त्रता आन्दोलनको विषयमा अङ्ग्रेज सरकारको विरोधमा विलियम नामले फ्रान्सको ‘मार्सिलिज’ (Marseillaise) भन्ने पत्रिकामा लेख लेखेर आइरिस जनतालाई गरेको अङ्ग्रेजको अत्याचारलाई उदाङ्ग्याउने काम गर्दै थिइन् । जेनीका ती लेखकहरूले अङ्ग्रेज सरकारको सा¥है ठुलो बदनामी भइरहेको थियो । तर, आफ्नी छोरीको सफलतामा आमा पनि सा¥है खुसी हुनु स्वाभाविक थियो । माक्र्स त स्वभावतः खुसी हुनुहुन्थ्यो नै । विलियमको नामैले रोकफोर्ट (Rochefort) को पत्रिका ‘बार्सिलेस’ मा १८४० शब्द भएको सेनफोनी (आइरेली देशभक्त) कैदीहरूलाई गरेको अत्याचारलाई उदाङ्ग्याउने एक लेख लेखिन् ।
पेरिस कम्युन
सन् १८७१ मार्च २६ को दिन पेरिसमा संसारमा सबभन्दा पहिलोचोटि मजदुरवर्गले राज्य शासन हत्यायो । माक्र्सले यसलाई सा¥है ठुलो आशाले हेर्नुभएको थियो । तर, संसारका सबै प्रतिक्रियावादीहरू मिलेर १८७१ मे २८ को दिन कम्युनलाई पराजित गरे । पेरिसका मजदुरहरूले आफ्नो मजदुरवर्गको शासन कायम गर्न जीवनमरणको सङ्घर्ष गरे । अन्तिम लडाकु भएसम्म कम्युनार्डहरूले आफ्नो बन्दुकलाई छोडेनन् । संसारमा कसरी आफ्नो शासनलाई दिगो राख्न अन्तसम्म मजदुरहरू लडे भन्ने त्यो नै पहिलो घटना र उदाहरण थियो । संसारका सारा कम्युनिस्टहरूले त्यस वीरतापूर्ण सङ्घर्षबाट शिक्षा, साहस र उत्साह पाए, भविष्यको बाटोलाई सङ्घर्षले नै टुङ्ग्याउँछ भन्ने शिक्षा पाए ।
पेरिस कम्युनको पतनपछि माक्र्स अस्वस्थ हुँदै जानुभयो । उपचारको लागि अनेक ठाउँ जानुभयो । सन् १८७४ देखि १८७६ सम्म माक्र्स जर्मनमै रहनुभयो । त्यसबेला सानी छोरी इलेनर उहाँको साथमा थिइन् ।
जेठी छोरी जेनीले सन् १८७२ को अन्ततिर चाल्र्स लाँगेसँग विवाह गरिन् । लाँगे पेरिस कम्युनका परिषद्का एक सदस्य र मुखपत्रका सम्पादक थिए । उनको एक बच्चा जन्मियो, उसको नाम जीन राखियो । जीनलाई माक्र्स सा¥है मन पराउनुहुन्थ्यो ।
जेनीको स्वास्थ्य खराब
सन् १९७९ सम्ममा ६० वर्षका माक्र्स बिरामी हुनुभयो । यस्तो बेलामा जेनी पनि बिरामी हुनुभयो । १८७९ मा माक्र्सले एक पत्रमा लेख्नुभयो, “मेरी पत्नी अहिले पनि सिकिस्त बिरामी छिन् । म आफै पनि आफ्नो खुट्टामा उभिन सक्दिनँ ।” माक्र्सलाई जेनीले आर्थिक कठिनाइ र बिरामी अवस्थामा जसरी साथ दिनुभयो, त्यसरी नै माक्र्सले पनि जेनी बिरामी हुँदा एकछिन पनि नछोडी हेरचाह गर्नुभयो । जेनी दम्पती नङ र मासुजस्तै थिए । सन् १८८० को दशकमा कान्छी छोरी इलेनरले लेखिन्, “…. आमा बिरामी हुनुभयो । उहाँ ओछ्यानबाट उठ्नै सक्नुहुन्न । यस्तै बेलामा मूर (माक्र्स) लाई पनि … रोगले झन् च्याप्यो । यस्तो चर्को अवस्था हुनुको मुख्य कारण रोगप्रति बेवास्ता थियो । डाक्टर (हाम्रो असल साथी डनकिन) को भनाइअनुसार अवस्था सा¥है निराशाजनक छ र समय डरलाग्दो छ । अगाडिको कोठामा मूर र अर्को कोठामा आमा बिरामी हुनुहुन्छ । यतिको मिल्ने यी जोडी अब एकै कोठामा बस्नुहुन्न ।
डाक्टरले भने कि हाम्रो हेरचाहले मूर बचे । जे होस् मलाई राम्रै याद छ कि म र लेनचेन दुवै तीन हप्तासम्म सुतेनौँ । मूरले आमाको कोठामा जाने शक्ति पाएको त्यस बिहानीलाई कहिले बिर्सेनन् ।
दुवै फेरि जवान हुनुभयो । एक प्यारी युवती र एक प्यारा युवकझैँ, मानौँ दुवै एकसाथ जीवनमा प्रवेश गर्दै छन् । यो मिलन बिरामी अवस्थाबाट तङ्ग्रिएको एक हाडमात्रै भएको बुढो र मर्न लागेकी स्वास्नीको मिलनजस्तो थिएन ।”
जेनीको जीवन सन्ध्या
सारमा, त्यो बिहानी उहाँहरूले आपसमा बिदा लिनुजत्तिकै थियो । माक्र्स अलि तङ्ग्रिनुभयो । २ डिसेम्बर १८८१ को दिन जेनी माक्र्सले ‘माक्र्स’ को नाम लिएर सदाको लागि आँखा चिम्लिनुभयो ।
एङ्गेल्सले जेनीको देहावसानको खबर पाउँदा उहाँले भन्नुभयो, “अब मूर पनि बिते ।”
जेनी माक्र्स प्रसियाली सम्भ्रान्त वा अभिजातवर्गको प्रतिक्रियावादी परिवारकी हुनुहुन्थ्यो । उहाँका जेठा दाजु सन् १८५०–५८ को अवधिको सबभन्दा प्रतिक्रियावादी प्रसियाली सरकारका गृहमन्त्री थिए ।
एङ्गेल्सले जेनी माक्र्सको अन्त्येष्टिमा उहाँको समाधीमा आफ्नो श्रीमान्प्रति समर्पित सहयात्रीको रूपमा अत्यन्त सम्मान प्रकट गर्दै र प्रशंसा गर्दै निम्न शब्दहरूमार्फत आफ्नो भाषण टुङ्ग्याउनुभयो, “मैले उनको व्यक्तिगत सदाचार वा सदगुणहरूलाई बोलिरहनु आवश्यक छैन । उनका साथीहरूलाई सबै थाहा छ र तिनीहरूले उनका गुणहरू र उनलाई कहिल्यै बिर्सँदैनन् । अरूलाई खुसी बनाउनु नै आफ्नो सबभन्दा सुख सम्झने कोही स्वास्नीमानिस थिइन् भने उनी यही आइमाई हुन् ।
हामीले कुनै पनि देखावटी अन्त्येष्टिलाई महत्व दिन आवश्यक सम्झन्नौँ ।”
लाफार्ग, “जेनी यद्यपि एक जर्मेनियाली सामन्त परिवारमा जन्मेकी र पालिएकी थिइन् तर उनीजस्तै समानताको भाव राख्ने व्यक्ति पाउन गा¥हो थियो । सामाजिक भेद र उच–नीचको भाव उनमा कति पनि थिएन । उनको घरमा साधारण झुत्रे–झाम्रे लुगा लगाउने कामदारहरूलाई पनि राजा–रजौटाहरूलाई जस्तै स्वागत गर्थिन् । सबै देशका कामदारवर्गका साथीहरू उनीबाट स्वागत–सत्कार पाउँथे । उनको साधारण र साँच्चिकै (देखावटी होइन) स्नेहपूर्वक स्वागतमा कसैले उनी एक रजौटाकी छोरी हुन् र प्रशियाका राजाको मन्त्रीकी बहिनी हुन् भनी अनुमान गर्न सक्दैनथे । उनी माक्र्ससँग आउँदैमा घरका सबै ऐश आरामलाई बिर्सन सक्थिन् तर उनले माक्र्ससँग दुःख पाउँदा कहिले पनि पश्चाताप र दुःख मानिनन् ।”
माक्र्स आफ्नी पत्नीको बुद्धि र विवेकको सा¥है कदर गर्नुहुन्थ्यो र सन् १८६६ मा उहाँले भन्नुभयो, “म आफ्नो सबै हस्तलेखहरू उनको अगाडि राख्छु र उनको निर्णयलाई धेरै मूल्यवान सम्झन्छु ।” माक्र्स आफ्नो लेख प्रेसमा पठाउनुभन्दा पहिले जेनीलाई दिनुहुन्थ्यो र जेनी त्यसलाई अर्कै कापीमा सार्नुहुन्थ्यो ।
उहाँ सदा गम्भीर र हँसिली स्वभावकी हुनुहुन्थ्यो । उहाँले लेखेका पत्रहरूले के थाहा हुन्छ भने उहाँको लेखाइ सा¥है जिउँदो र भावपूर्ण हुन्थ्यो, कठोर व्यङ्ग्यका कवि हाइन, उहाँको तिखो भावपूर्ण बुद्धिको ठुलो प्रशंसक थिए ।
समाप्त
स्रोत : विश्वका क्रान्तिकारी महिलाहरू
Leave a Reply