भर्खरै :

ग्लोबल डेभलपमेन्ट इनिसिएटिभले गहिरो ऐतिहासिक र व्यावहारिक तर्क समावेश गर्दछ

ग्लोबल डेभलपमेन्ट इनिसिएटिभले गहिरो ऐतिहासिक र व्यावहारिक तर्क समावेश गर्दछ

आजको संसारमा, जहाँ सबै देशको भविष्य घनिष्ठरूपमा जोडिएको छ, विकास, सुरक्षा र सभ्यताले मानव समाजको आधुनिकीकरण प्रक्रियालाई बढावा दिन महत्वपूर्ण भूमिका खेल्छ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा प्रस्तावित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई), ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभले (जीसीआई) हाम्रो समयका मुद्दाहरूमा गहिरो अन्तर्दृष्टि प्रदान गर्दछ । ग्लोबल टाइम्सले विद्वान्हरूलाई यी तीन पहलहरूको गहिरो बुझाइका साथ देश र विदेशमा पाठकहरू प्रदान गर्न आमन्त्रित गर्दछ । यो शृङ्खलाको पाँचौँ लेख हो ।
ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) र साझा भविष्यका साथ विकासको विश्वव्यापी समुदाय निर्माण गर्ने अवधारणाले समयको गतिलाई समातेको छ र सबै देशहरूका लागि चुनौतीहरू सामना गर्न र सँगै विकास खोज्ने नयाँ मार्गको रूपरेखा तथा ऐतिहासिक प्रवृत्तिलाई प्रतिक्रिया दिएको छ । विगत तीन वर्षमा चीनले जीडीआईलाई कार्यान्वयन गर्नका लागि व्यावहारिक पहलहरूको शृङ्खला अघि बढाएको छ† ठोस कार्यहरू गरेको छ र विकासको लागि विश्वव्यापी साझेदारी निर्माण गर्ने यसका प्रयासले बढ्दो सकारात्मक प्रतिक्रिया पाइरहेको छ । फलस्वरूप, विश्वव्यापी विकासको नयाँ युग सिर्जना गर्ने अन्तर्राष्ट्रिय सहमति थप एकजुट भएको छ र साझा भविष्यका साथ विकासको विश्वव्यापी समुदाय निर्माण गर्ने प्रवद्र्धन विशेषगरी विकासशील देशहरू ठुलो सङ्ख्यामा अन्तर्राष्ट्रिय समुदायको विश्वव्यापी आकाङ्क्षी बन्न पुगेको छ ।

विकासको माध्यमबाट आधुनिकीकरणको नयाँ बाटो खोजिँदै
विकासको माध्यमबाट आधुनिकीकरणको नयाँ बाटो खोज्नु नै मानव समाजको राम्रो भविष्यतर्फको यात्राको ऐतिहासिक तर्क हो । आफ्नो स्थापना भएको विगत १०० वर्षमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले चिनियाँ जनतालाई राष्ट्रिय स्वाधीनता र कायाकल्पको खोजमा एकताबद्ध र अगुवाइ गरेको छ र धेरै पुस्ताको अथक प्रयासबाट चिनियाँ आधुनिकीकरण एउटा बाटोमा आएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनले देशको अन्वेषणको अनुभवलाई सङ्क्षेपमा प्रस्तुत ग¥यो र चिनियाँ आधुनिकीकरणको सैद्धान्तिक प्रणालीको निर्माण ग¥यो । चिनियाँ आधुनिकीकरणको मार्ग चीनको राष्ट्रिय परिस्थितिमा आधारित छ र अन्य देशहरूको अनुभवलाई आकर्षित गर्दछ । यसले चिनियाँ जनतालाई पनि फाइदा पु¥याउँछ र विश्व समुदायको साझा विकासलाई बढावा दिन्छ ।
जीडीआई र साझा भविष्यको साथ विकासको विश्वव्यापी समुदाय निर्माण गर्ने अवधारणाले चिनियाँ आधुनिकीकरणका महत्वपूर्ण विशेषताहरू, आवश्यक आवश्यकताहरू र प्रमुख सिद्धान्तहरूलाई स्पष्टरूपमा व्याख्या गरेको छ । यसले ठुलो सङ्ख्यामा विकासशील देशहरूलाई चीनको आफ्नै अभ्यासमार्फत आधुनिकीकरणको बाटो खोज्नको लागि एकदमै नयाँ विकल्प प्रदान गर्दछ ।
लामो समयदेखि पश्चिमी देशहरू, विशेषगरी युरोप र अमेरिकामा, ‘पश्चिम केन्द्रित ऐतिहासिक परिप्रेक्ष्य’, ‘सभ्यताको पश्चिमी–केन्द्रित दृष्टिकोण’ र ‘विकासको पश्चिमीकेन्द्रित दृष्टिकोण’ लाई पालना गर्दै आएका छन् । फलस्वरूप तिनीहरू स्पष्टरूपमा असन्तुलित परिप्रेक्ष्य र विकृत निष्कर्षहरूसहित संसारलाई साँघुरो पश्चिमी लेन्सबाट हेर्ने झुकाव राख्छन् ।
संरा अमेरिकाको नेतृत्वमा यी देशहरूले अन्तर्राष्ट्रिय मामिलामा प्रभुत्ववादी चासोहरू कायम राख्न प्रयास गर्छन्, ‘अमेरिका फस्र्ट’ नीतिलाई अमेरिकाका केही राजनीतिक अभिजात वर्गहरूले मार्गदर्शक सिद्धान्तको रूपमा समर्थन गरेका छन् । सोभियत सङ्घको पतन र द्विध्रुवीय विश्व व्यवस्थाको अन्तपछि, अमेरिकी विद्वान् फ्रान्सिस फुकुयामाले ‘इतिहासको अन्त्य’ को सिद्धान्त प्रस्ताव गरे । ३० वर्षपछि फुकुयामा र उनले प्रतिनिधित्व गर्ने पश्चिमी राजनीतिक अभिजात वर्गहरू गलत साबित भएका छन्† तिनीहरूका भविष्य वाणीहरू ऐतिहासिक विकासका नियमहरू विपरीत छन् र मौलिकरूपमा त्रुटिपूर्ण छन् । मानव समाजको विकास मोडेल कुनै पनि हिसाबले एकल छैन र मानव सभ्यताका रूपहरू विविध छन् ।

विकासको माध्यमबाट अन्तर्राष्ट्रिय सहयोगमा सहमति निर्माण गर्ने
विकास मानव समाजको शाश्वत विषय हो । उच्च गुणस्तरीय विकास हासिल गर्नु र साझा भविष्यका साथ विकासको विश्वव्यापी समुदाय निर्माण गर्नु अन्तर्राष्ट्रिय समुदायको विश्वव्यापी आकाङ्क्षा हो । हालका वर्षहरूमा, विकसित देशहरूले बढ्दोरूपमा गुप्त भित्री नीति अपनाएका छन् । विश्वव्यापीकरणविरोधी भावना उल्लेखनीयरूपमा बढ्दै गएका छन् । अन्तर्राष्ट्रिय विकास सहयोगको गति कमजोर भएको छ र विकासका मुद्दाहरू अन्तर्राष्ट्रिय एजेन्डामा बढ्दो सीमान्तीकृत भएका छन् ।
चीनको प्रस्तावित जीडीआईले विश्व आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने तत्काल आवश्यकतामा केन्द्रित छ । जीडीआईको अवधारणा र साझा भविष्यको साथ विकासको विश्वव्यापी समुदाय निर्माणले व्यापक मान्यता प्राप्त गरेको छ । आफ्नो अद्वितीय आधुनिकीकरणको माध्यमबाट विश्वलाई फाइदा पु¥याउने र नयाँ विकास मोडलमार्फत विश्व विकासका नयाँ अवसरहरू सिर्जना गर्ने चीनको कार्यको अन्तर्राष्ट्रिय समुदायबाट उच्च प्रशंसा भएको छ ।
जीडीआईले विकासलाई ग्लोबल व्यापक नीति समन्वयको अग्रभागमा राख्न, एकता, समानता, सन्तुलन र समावेशीताद्वारा विशेषता भएको विश्वव्यापी विकास साझेदारी निर्माण गर्ने, बहुपक्षीय विकास सहयोगमा समन्वयात्मक प्रगतिलाई प्रवद्र्धन गर्ने र साझा भविष्यको साथ विकासको विश्वव्यापी समुदाय निर्माण गर्ने दिगो विकासका लागि संयुक्त राष्ट्रसङ्घको २०३० एजेन्डाको कार्यान्वयनलाई गति दिन आह्वान गर्दछ । चीन सरकार र यसका जनताको जीवनस्तर उकास्ने र विकासमार्फत राष्ट्रिय समृद्धि र पुनरुत्थान हासिल गर्नुका साथै विश्वभर विशेषगरी विकासोन्मुख देशहरूमा आर्थिक प्रगतिलाई प्रभावकारीरूपमा अघि बढाउन चीनको विकासको सदुपयोग गर्ने विश्वव्यापी दायित्व हो ।
चिनियाँ जनताको राम्रो जीवनको आकाङ्क्षालाई हाम्रो प्रयासको लक्ष्यका रूपमा लिने, समग्र मानव विकासको निरन्तर प्रवद्र्धन र सबै चिनियाँ जनताको साझा समृद्धितर्फको प्रयास चिनियाँ कम्युनिस्ट पार्टीको महान् कार्य हो । चिकपाको २० औँ राष्ट्रिय महाधिवेशनको प्रतिवेदनले ‘जनताकेन्द्रित विकास दर्शन’ लाई लागु गर्दै अगाडिको यात्रामा दृढताका साथ ग्रहण गर्नुपर्ने प्रमुख सिद्धान्तहरूलाई गहिरोरूपमा प्रस्तुत गरेको छ । विकास कुनै अमूर्त अवधारणा होइन तर अभ्यासको माध्यमबाट व्यक्तिको आवश्यक क्षमतालाई साकार पार्ने मूर्त कार्य हो । राष्ट्राध्यक्ष सीले जनकेन्द्रित विकास दर्शन, जनताका लागि सोच्ने, उनीहरूको आवश्यकतालाई सम्बोधन गर्ने र जनताको बृहत्तर सुखका लागि काम गर्नेमा जोड दिनुभएको छ । माक्र्सवादका आधारभूत सिद्धान्तहरूलाई चीनको विशिष्ट यथार्थ र उत्कृष्ट परम्परागत संस्कृतिसँग जोडेर हामीले विकासको माक्र्सवादी अवधारणालाई उल्लेखनीयरूपमा समृद्ध बनाएका छौँ ।

विश्वलाई ‘पहिले विकास हुन्छ’ भन्ने शक्तिशाली सन्देश दिँदै
राष्ट्राध्यक्ष सीले सेप्टेम्बर ५, २०२४ का दिन चीन–अफ्रिका सहयोग मञ्चको २०२४ शिखर सम्मेलनको उद्घाटन समारोहमा ‘आधुनिकीकरणलाई अगाडि बढाउन र साझा भविष्यसहितको समुदायको निर्माण’ शीर्षकको मुख्य सम्बोधन गर्नुभयो । आफ्नो सम्बोधनमा उहाँले चीन–अफ्रिका आधुनिकीकरणको साथ ग्लोबल साउथको आधुनिकीकरणलाई प्रवद्र्धन गर्न आह्वान गर्नुभयो । मानवता २१ औँ शताब्दीमा प्रवेश गर्दा, आधुनिकीकरणले निष्पक्षता, खुलापन, जीत–जीत सहयोग, जनकेन्द्रियता, समावेशीता, पारिस्थितिक मित्रता, साथै शान्ति र सुरक्षालाई मूर्त रूप दिनुपर्छ । बीआरआईले १०० भन्दा बढी देश र संयुक्त राष्ट्र सङ्घलगायत धेरै अन्तर्राष्ट्रिय संस्थाहरूबाट समर्थन प्राप्त गरेको छ । त्यतिमात्र नभई बीआरआईका साथीहरूको समूहमा ८० भन्दा बढी देशहरू सामेल छन् । चीनले धेरै देशहरूसँग जीडीआईका लागि द्विपक्षीय सहयोग दस्ताबेजमा हस्ताक्षर गरेको छ । चीन र अफ्रिकी देशहरूले आधुनिकीकरणको आफ्ना सपनाहरू पछ्याउनेछन्, जसले विश्व दक्षिणमा आधुनिकीकरणको लहर फैलाउने र साझा भविष्यको साथ विश्वव्यापी समुदाय निर्माण गर्न नयाँ अध्याय सिर्जना गर्ने निश्चित छ ।
राष्ट्रपति सीले जोड दिनुभयो, “विश्व नयाँ अशान्ति र परिवर्तनको अवधिमा प्रवेश गरेको छ । यो प्रत्येक जिम्मेवार राजनेताले हाम्रो समयका प्रश्नहरूको जवाफ दिने र आत्मविश्वास, साहस र मिसनको भावनाका साथ ऐतिहासिक छनोट गर्ने दायित्व हो ।” दिगो विकास हासिल गर्नु र साझा भविष्यका साथ विकासको विश्वव्यापी समुदाय निर्माण गर्नु देशहरूका लागि चुनौतीहरूको सामना गर्न र साझा प्रगति खोज्ने नयाँ मार्ग हो ।
बीआरआईले विकासलाई प्राथमिकता दिन्छ, मानिसहरूको हितमा केन्द्रित हुन्छ । समावेशीता, नवीनता, मानव र प्रकृतिबिचको मेलमिलापलाई जोड दिन्छ, विश्वलाई शक्तिशाली सन्देश पठाउँछ । चीनले ग्लोबल साउथसँग मिलेर सुशासनमा आदानप्रदान बढाउनेछ । यसले विभिन्न सभ्यताबिच पारस्परिक सम्मान र सहअस्तित्वको वकालत गर्दै सामूहिकरूपमा मानवतालाई राम्रो भविष्यतर्फ अघि बढाउन प्रत्येक देशलाई आफ्नै परिस्थितिमा उपयुक्त आधुनिकीकरण मार्गहरू खोज्न मद्दत गर्नेछ ।
(लेखक चिनियाँ शिक्षा मन्त्रालयका प्रमुख सामाजिक विज्ञान अनुसन्धान परियोजनाका प्रमुख विशेषज्ञ हुनुहुन्छ ।)

– ‘ग्लोबल टाइम्स’ बाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *