भर्खरै :

संयुक्त राष्ट्र सङ्घमा कसले के बोले ?

संयुक्त राष्ट्र सङ्घमा कसले के बोले ?

-संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प
संरा अमेरिकाको सेना संसारमै शक्तिशाली छ । सबै क्षेत्रमा संरा अमेरिका पहिलो हो । म इरानलाई आणविक हतियार हुन कहिल्यै दिनेछैन । आतङ्कवादको नम्बर एक प्रायोजक इस्लामिक रिपब्लिक अफ इरान हो । म इरानलाई नष्ट गर्छु । संरा अमेरिकासँग प्रयोग गर्न सक्ने कल्पनाभन्दा पनि बढी हतियार छ । संरा अमेरिकामा कहिल्यै कम्युनिस्ट आउनेछैन । संरा अमेरिकाले ग्रीनलैन्डलाई सुरक्षा दिनेछ । अमेरिकाविरोधीलाई ग्रीनलैन्डमा सैन्य उपस्थिति हुन दिने छैन । संरा अमेरिकी सरकार अन्तर्राष्ट्रिय फौजदारी अदालतको विरोध गर्छ । यो अदालत दुष्टहरूको समूह हो । ‘कृत्रिम बौद्धिकता’ लाई अमेरिकाले अबदेखि ‘सुपरइन्टेलिजेनस’ भनिनेछ ।
-इरानका राष्ट्रपति मसुद पेजिश्किनको जवाफ
हामी ट्रम्प र नेतन्याहुको आतङ्कवादबाट पीडित हौँ । तिनीहरूले इरानको विद्यालय, विश्वविद्यालय, अस्पताल, अन्य पूर्वाधारमा बमबारी गरे । हामीले घुँडा टेकेनौँ, जवाफ दियौँ । तिनीहरूले गाजामा ८० हजार निर्दोष नागरिकको हत्या गरे । हामी प्यालेस्टिनलाई छोडेर शान्तिको कुरा गर्न सक्दैनौँ । प्योलेस्टिनमा न्यायबिना पश्चिम एसियामा दीगो विकास सम्भव छैन । आणविक र परमाणु बमहरू इजरायली सरकारसँग छ त तर निरीक्षण इरानमा भइरहेको छ । ट्रम्पको भनाइ संयुक्त राष्ट्र सङ्घको सार र बडापत्रविपरीत छ ।
-इजरायलका प्रधानमन्त्री नेतन्याहु
इजरायली र संरा अमेरिकी लडाकु पाइलटहरूले इरानको आणविक क्षेत्रमा बमबारी गरे । म राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिन्छु ।
-बेलायती उदार प्रजातान्त्रिक नेता एड डाभेय्लले गत जनवरी महिनामा ‘ट्रम्प अन्तर्राष्ट्रिय गुण्डा नाइके’ भएको बताएका थिए ।
-चीनको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी प्रतिबन्धको सामना गर्ने उल्लेख गर्दै यसले अमेरिकी कम्पनी र जनतालाई अहित गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *