ल्याटिन अमेरिकामा साम्राज्यवाद र गैरसरकारी संस्थाहरू–२
- कार्तिक १५, २०८२

विद्वान्हरूका भनाइअनुसार आजभन्दा करिब चार, पाँच हजार वर्षअगाडि हावापानी र वातावरणीय प्रतिकूलता एवम् धार्मिक दमनको कारणले गर्दा बस्न नसकी मध्य एसियाबाट केही मानिसहरूको एक समूह पर्सिया अर्थात् हालको इरानतिर लागे भने त्यहीँबाट अर्काे समूहका मानिसहरू सिन्धु घाँटीको सभ्यताका निर्माता द्रबिडहरूलाई पराजित गरी उत्तरी भारतको सिन्धु नदी र गंगा नदीका फाँटहरूमा आई बसोबास गरे । यिनीहरू भारोपेली भाषा परिवारभित्र पर्ने संस्कृत भाषा बोल्थे । संस्कृत भाषालाई देवभाषा पनि भनिन्छ । संस्कृत भाषा बोल्ने यी मानिसहरू आफूलाई आर्य भन्थे । संस्कृत भाषामा आर्य शब्दको अर्थ नेपाली भाषामा कुलीन, शिक्षित एवम् सुसंस्कृत व्यक्ति भन्ने अर्थ लाग्छ । उता भारततिर यी आर्यहरूको बस्ती विस्तार हुँदै गयो । यी आर्यहरूले आफ्नो समय र अनुभवबाट प्राप्त गरेका ज्ञानहरूको सङ्ग्रहलाई वेद भनिन्छ । ऋग्वेद यिनीहरूको सर्वप्राचीन एवम् प्रमुख धर्मग्रन्थ हो । ऋग्वेदमा उल्लेख भएअनुसारकै उनीहरूको जीवन पद्धति थियो । त्यही नै उनीहरूको धर्म थियो जसलाई वैदिक सनातन धर्म भनिन्छ । संस्कृत शब्द वेदको अर्थ ज्ञान हो । वैदिक सनातन धर्मको अर्थ हो, अति प्राचीनकालदेखि भोग्दै सिक्दै आएको सही ढङ्गको जीवनयापनको सही बाटोसम्बन्धी ज्ञान । उता भारतमा बस्दै उनीहरूले वैदिक सनातन धर्मको विकास गरे जुन पूर्णरूपले ऋग्वेदमा आधारित थियो । उनीहरूको जीवन पद्धति पूर्णरूपले वैदिक सनातन धर्मद्वारा निर्देशित थियो । यसैलाई नै वैदिक सभ्यता भनियो । यो वैदिक सभ्यता करिब पैँतीस सयदेखि चार हजार वर्षसम्म पुरानो मानिन्छ । पछि अन्य वेद, उपनिषद्, स्मृति, संहिता, पुराण र थुप्रै धार्मिक ग्रन्थहरू निर्माण भए । वैदिक सनातन धर्मलाई हिन्दू धर्म भन्न थालियो । मिश्रवासी, युनानी र रोमनहरूजस्तै वैदिक सनातन धर्मावलम्बी अर्थात् हिन्दूहरू पनि बहुदेववादी थिए । बरुण (जलदेवता), मित्र (सूर्य), अग्नी, रुद्र आदि महत्वपूर्ण वैदिक देवताहरू हुन् ।
 मध्य एसियाबाट बसाइँ सर्दै पर्सिया (इरान) तिर पसेका अर्काे समूहका मानिसहरूलाई फारसी/पारसी भनियो । उनीहरूले पर्सिया अर्थात् हालको इरानमा बसी आफ्नो मूल धर्मग्रन्थ आवेस्ताको रचना गरे । पारसीहरू ईश्वरलाई अहुर मज्द (Ahura Mazda) भन्छन् । गाईलाई पवित्र मान्दछन्† पूजा गर्दछन् र पितृको वार्षिक श्राद्ध पनि गर्दछन् । सदाचार, सद्विचार, प्रेम, सेवा, सत्कर्म, सत्य तथा न्यायमा विश्वास राख्दछन् । अहुर मज्द अर्थात् ईश्वरको सर्वाेपरितालाई स्वीकार्दै उनले नै सारा श्रृष्टि गरेको हो भनी विश्वास गर्दछन् पारसी वा फारसीहरू ।
 वैदिक सनातन धर्मावलम्बीहरू पनि ईश्वरीय सत्ताको सर्वाेपरितालाई स्वीकार्दछन् साथै फारसीहरूकै मान्दै आएको कतिपय विश्वास, आस्था र चरित्र वैदिक हिन्दूहरूले पनि स्वीकार्दै आएका छन् । गाई, जलदेवता वरुण, अग्नी, सूर्यलाई दुवै समूह अर्थात् आर्य एवम् फारसीले उत्तिकै सम्मान दिने गर्छन् । तर, यी दुवै समूहको आपसी द्वन्द्वको कारणले गर्दा ऋग्वेदमा अति उच्च स्थान दिइएका आर्यहरूका सेनापति मानिएका ‘इन्द्र’ लाई भने सा¥है नराम्रो कुपात्रको रूपमा पारसीहरूले आफ्नो धर्मग्रन्थ आवेस्तामा चित्रण गरेका छन् । त्यस्तै, पारसीहरूद्वारा शुभचिन्तक असल चरित्रका भनी मानिएका ‘असुर’ लाई आर्यहरूले दुष्ट दानवको रूपमा लिने गरेका छन् ।
 वैदिक सनातन हिन्दू धर्मका विभिन्न ग्रन्थहरूमा समय अर्थात् कालचक्रको पनि वर्णन गरिएको पाइन्छ । जसअनुसार एक चतुर्युग अर्थात् सत्य युग, त्रेता युग, द्वापर युग र कलि युग बराबर एक महायुग हुन्छ । बहत्तर वटा महायुगहरू बराबर एक मन्वन्तर हुन्छ । एक मन्वन्तर बराबर चार अर्ब बत्तीस करोड मानव वर्ष हुन्छ । अर्थात्, हामी सबैले बुझ्दै आएको तीन सय पैँसठ्ठी (३६५) दिनको एक वर्ष जुन भन्छौँ, त्यस्तो चार अरब बत्तीस करोड वर्षको अवधिलाई एक मन्वन्तर भनिन्छ । हरेक मन्वन्तरमा एक एक इन्द्र हुने गर्छ । रोमनहरूको जुपिटर (Jupiter) र युनानीहरूको जिउस (Zeus) जस्तै आर्यहरूको इन्द्रलाई लिइन्छ । संस्कृत भाषाको इन्द्र शब्दले वृष्टि र वर्षात्को पानीका थोपा भन्ने अर्थ बुझाउँछ । हरेक मन्वन्तरका लागि एक एक भिन्नाभिन्नै इन्द्र हुने गर्दछ ।
 पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार वैदिक आर्यहरूको समाज निर्माण गर्नमा ऋषि मुनिहरूको विभिन्न महत्वपूर्ण भूमिका रहेको पाइन्छ । सप्त ऋषिहरूमध्ये प्रमुख ऋषि कश्यपकी ते¥हवटी (१३) पत्नीहरूमध्ये जेठी पत्नी दितिका तर्फबाट दैत्य–दानवहरू जन्मे । माहिली पत्नी अदितिका तर्फबाट देवताहरू जन्मे भने कान्छी पत्नी मनुका तर्फबाट मनुष्यहरू जन्मेका थिए । मनुष्य, पशुपन्छी, वनस्पति आदि पृथ्वी लोकमा, दानवहरू पातालमा र देवताहरू स्वर्ग लोकमा बस्ने गर्दछन् । स्वर्गलोकको राजधानीलाई अमरावती भनिन्छ । त्यहाँ देवताका राजा इन्द्र बस्दछन् । अमरावती सा¥है नै सुन्दर, लोभलाग्दो, रमाइलो र मोजमस्तीले भरिएको हुन्छ । इन्द्र एउटा पदको नाम मात्र हो । जपतप, यज्ञ, धर्म, कर्म आदि सत्कार्यहरूको साथै सयवटा अश्वमेघ यज्ञ सम्पन्न गरेको कुनै पनि व्यक्तिले इन्द्र पद प्राप्त गर्न सक्दछ । अश्वमेघ यज्ञको लागि एउटा श्याम कर्ण घोडालाई वैदिक विधिपूर्वक स्नान गराई विभिन्न आभूषणहरूद्वारा सिँगारी त्यस घोडाको निधारमा यो घोडा छोड्ने राजाको वर्णन गरिएको धातुको पाता टाँसी विभिन्न राज्यहरूमा घुमाइन्छ । घोडा जहाँ पुगेको हुन्छ, त्यो राज्यको राजाले घोडा छोड्ने राजाको आधिपत्यलाई स्वीकार्नु पर्दछ । यदि अस्वीकार गर्ने हो भने त्यो घोडालाई समात्नुपर्दछ । त्यसरी समातेपछि युद्ध हुनेछ । अश्वमेघ यज्ञ गर्नु र घोडा छोड्नु भनेको एक प्रकारको साम्राज्य विस्तार गर्नु हो । त्यसैले, सामान्य व्यक्तिले त के राजाले पनि अश्वमेघ यज्ञ गर्ने आँट गर्दैनन् । चक्रवर्ती राजाहरूले मात्र यस्तो यज्ञ गर्ने गर्दछन् । महाभारत ग्रन्थमा उल्लेखित युधिष्ठिर महाराजले गरेका थिए, अश्वमेघ यज्ञ । यसरी सबै स्थानहरूमा घुमी सफलतापूर्वक फर्केपछि उक्त श्यामकर्ण घोडालाई मारी उसको मासुलाई टुक्राटुक्रा पारी यज्ञमा हवन गरी अश्वमेघ यज्ञ पूरा गरिन्छ । यो अश्वमेघ यज्ञ गरेर नै वर्तमान सातौँ मन्वन्तरमा पुरन्दर नामको राजा स्वर्गका देवताका राजा इन्द्र बनेका हुन् । यिनी पछि आठौँ मन्वन्तरमा दानव राजा बली इन्द्र बन्ने छन् । पुरन्दर नामका वर्तमान मन्वन्तरका इन्द्रका पिता र माता द्योस र सवस्ती भनी कतै लेखिए तापनि सारा देवताका पिता र माता ऋषि कश्यप र उनकी पत्नी अदिति भनेर अघि नै वर्णन गरिसकेको छ । त्यसैले, कश्यप ऋषि र उनकी पत्नी अदिति इन्द्रका पिता र माता हुन् । उनको आमालाई कतै बसुन्धरा पनि भनिएको छ । उनकी पत्नी सची हुन् भने जयन्त, रिषभ, अर्जुन, मीधुषा र जयन्ती उनका छोराछोरी हुन् । आकाश वा अन्तरिक्षका देवताको रूपमा इन्द्रलाई लिइन्छ । ऋग्वेदमा उनको धेरै तारिफ गरी बरुण देवता (जल देवता) पछि इन्द्रलाई लिइएको छ । वैदिक ग्रन्थहरूमा इन्द्रलाई वर्षा उर्वराशक्ति र युद्धको देवताको रूपमा वर्णन गरिएको छ । वृष्टिको प्रतीकको रूपमा पनि यिनलाई लिइन्छ । पूर्व दिशाको रेखदेख गर्ने दिक्पाल पनि भनिन्छ । उनलाई वर्षा, उर्वरा र युद्धका देवताको रूपमा वैदिक कालदेखि अहिलेसम्म पूजा गर्दै आएको छ । हिन्दू धार्मिक पुराणहरू वर्णन गरिएअनुसार स्वर्गमा देवताहरू, नाचगान गर्ने अप्सरा र गन्धर्वहरू वैद्यहरूको रूपमा अश्विनी कुमारहरू बस्दछन् । त्यहाँको राजा इन्द्रलाई देवेन्द्र, महेन्द्र, देवराज आदि नामहरूबाट सम्बोधन गरिन्छ । आकाश वा अन्तरिक्षमा चम्किने बिजुली, आकाश, मौसम, मेघगर्जन, आँधीबेहरीका देवताका रूपमा पनि इन्द्रलाई लिइन्छ ।
 दानी ऋषि दधीचिको हड्डीबाट बनाइएको बज्र देवराज इन्द्रको प्रमुख शस्त्र हो भने अङ्कुश र धनुषवाण पनि उनका शस्त्रहरू हुन् । ऐरावत हात्ती र उच्चश्रवा घोडा उनका वाहनहरू हुन् । दुईवटा घोडाले तान्ने सुनका रथमा यिनी सवार हुन्थे भने युद्धको बेला १०० वटा घडाका सोमरस पिएर धेरै घोडाले तान्ने रथमा बसेर युद्ध गर्थे । खडेरीका प्रतीकका रूप लिइने वृत्तासुर दानव र अन्य आठ सयभन्दा बढी दानवलाई बज्रद्वारा इन्द्रले मारेका थिए । त्यसपछि खडेरी समाप्त पारी इन्द्रले वर्षा गराएका थिए । त्यसैले, कतिपय ग्रन्थहरूमा इन्द्रलाई आर्यहरूका विजयी नेता एवम् सेनापतिका रूपमा लिइएको छ । कतिपय विद्वान्हरू सिन्धु घाँटीको सभ्यताका प्रवर्तक द्रविडहरूलाई पराजित गरी आर्यहरूको आधिपत्य जमाउन इन्द्रकै नेतृत्वमा सफल भएको भनी उनको तारिफ गर्दछन् ।
 इन्द्रलाई जतिसुकै तारिफ गरिए तापनि उनका कतिपय क्रियाकलापहरू निन्दनीय छन् । उनको सोचाइ र गराइमा उनको इष्र्यालुपन, पदलोलुपता, जलन, घमण्ड, असहिष्णुता, हत्या, हिंसा, बलात्कारजस्ता कुकृत्यहरू पनि प्रशस्त पाइन्छन् । उनी आफ्नो सत्ता संरक्षण र स्वार्थ पूर्तिको लागि जुनसुकै कुकृत्य गर्न पछि पर्दैनन् । शक्ति वैभव सर्वाेच्चता सधैँभरि आफ्नै मात्र होस् भनी चाहन्थे । आफ्नो बराबरीमा आउला वा आफूलाई पछि पार्ला भनी अहिले चीनसित अमेरिका डराएजस्तै कसै त धर्मकर्म सत्कर्म ग¥यो कि इन्द्रलाई पीडा हुन थाल्छ । आफू सत्ताच्युत भइन्छ कि भन्ने उनलाई ठुलो डर हुन्थ्यो । त्यस्तो काममा बिघ्न हाल्न अफल पार्न इन्द्र कुनै पनि कार्य गर्न पछि पर्दैनथे । स्वस्थानी व्रत कथाका एक पात्र शिवशर्माले गरेको दान धर्मकर्मबाट आत्तिएर इन्द्रले महादेवको पुकारा गरी महादेवबाट शिवशर्माकी छोरी गोमालाई श्राप दिन लगाई उनको परिवारलाई निकै कष्ट झेल्न लगाए । शिवशर्मा र उनकी पत्नी सतिदेवीको मृत्यु नै भयो । अर्काे कथाअनुसार समाधिमा रहेका विश्वरूप नामका ब्राह्मण हत्या इन्द्रले नै गरे । अश्वमेघ यज्ञ सम्पन्न गर्न लागेका राजा सगरको यज्ञको घोडा हरण गरेर इन्द्रले यज्ञ असफल पारे । अप्सरा मेनकाको अनेक चर्तिकलाद्वारा महर्षि विश्वामित्रको तपस्या भङ्ग गराउन इन्द्र पछि परेनन् । यतिमात्र कहाँ हो र ? गौतम ऋषिकी पत्नी अहल्याको सतित्व नष्ट गर्नसम्म उनले भ्याएका थिए । त्यसैको सजायस्वरूप गौतम ऋषिको श्रापको कारणले गर्दा आफ्नो शरीरभरि एक हजारवटा स्त्री योनी धारण गरी लुक्दै हिँड्नुप¥यो । पछि हजारौँ वर्ष महादेवको तपस्या गरी महादेवको वरदानले गर्दा त्यस पापबाट मुक्त भई शरीरभरि सहर्ष नेत्र धारण गरी सहर्षलोचना नाम पाए । यसै शिलशिलामा इन्द्रले आफूले तपस्या गरेका ठाउँ पनौतीमा इन्द्रेश्वर महादेवको मूर्ति स्थापना गरेको पौराणिक कथा छ । उसकै घमण्डले गर्दा रावणका छोरा मेघनाद, अर्काे दानव महिषासुर तारकासुर आदिबाट बेला बेलामा पराजित भई इन्द्र सत्ताच्युत भएर लुकिछिपी हिँड्न परेको थियो । विष्णु, शिव तथा अन्य देवताहरूको सहयोगले उनी आफ्ना सत्ता पुनः प्राप्त गर्दथे । तैपनि, सुरा सुन्दरी सत्ता र घमण्ड उनको ठुलो कमजोरीकै रूपमा रह्यो । वर्षात्बापत वृन्दावनका जनताले इन्द्रलाई कर तिरेन भनी रिसाएर वृन्दावनमा भारी वर्षा गराएर त्यहाँका जनतालाई बिचल्लीमा पार्दा कृष्णले गोवद्र्धन पर्वत उचाली त्यसलाई विशाल छाताको रूपमा लिई बृजवासीहरू बचाई इन्द्रको घमण्ड तोडेका थिए । पछि कृष्णसँग इन्द्रले माफीसमेत माग्नुपरेको थियो ।
 हाम्रो समाज, देश वा संसारमा डाढे, स्वार्थी, चरित्रहीन, पदलोलुप, इष्र्यालु, घमण्डी स्वभावका मानिसहरू हामी पाउँदछौँ । उनीहरू अन्य कुनैले गरी खाएको, आफ्नो स्वाभिमानलाई जोगाई उन्नति गरेको, सम्पन्न र शक्तिशाली एवम् विकसित सम्पन्न भएको कहिल्यै हेर्न चाहँदैनन् । सामन्त जमिनदार, ठुलाठालु वर्ग, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद यसका नमुना हुन् । एसिया त संसारमा यिनीहरू आफ्नो वर्चस्व स्थापित गरिराख्न चाहन्छन् । त्यसैले चीन, उत्तर कोरिया, क्युवालगायत अन्य स्वाभिमान एवम् स्वतन्त्रताप्रेमी देश र जनताले गरेको विकास र अन्यप्रतिको सद्भावलाई तिनीहरू हेर्न चाहँदैनन् । आफ्नो कलुषित स्वार्थका लागि इजरायलले प्यालेस्टिनी जनतामाथि गरेको आक्रमण आदिलाई इन्द्रकै क्रियाकलापसँग दाँज्न सकिन्छ । यस्तै प्रवृत्तिका प्रतिनिधि पात्रको रूपमा इन्द्रलाई लिन सकिन्छ ।
Leave a Reply