भर्खरै :

खोटो विचारको खण्डन आवश्यक

खोटो विचारको खण्डन आवश्यक

कम्युनिस्ट पार्टीको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा हो । यी नै मार्ग निर्देशनमा रहेर कम्युनिस्ट पार्टी सञ्चालन हुनुपर्छ । माक्र्सवाद र लेनिनवादलाई नेपालको देश, काल र परिस्थितिअनुसार लागु गर्न देशमा रहेका कुन कुन कम्युनिस्ट पार्टीहरू लागेका छन् ? त्यसको राजनीतिक विश्लेषण गर्नु आवश्यक छ† समीक्षा गर्नु आवश्यक छ । कम्युनिस्टहरू समाजवादी हुन्छन्; समाजवादको निम्ति लड्छन् । समाजवादी गणतन्त्रको निम्ति लड्ने कम्युनिस्ट पार्टीहरू अवसरवादी हुँदैनन; पद र पैसाको निम्ति राजनीति गर्दैनन् । उनीहरू सिद्धान्त र विचारलाई बन्धक राखेर पुँजीवादी राजनीति गर्दैनन् । उनीहरू द्वन्द्वात्मक भौतिकवादी हुन्छन् । सच्चा कम्युनिस्टहरू पुँजीवादी व्यवस्थामा रहेर निर्वाचनमार्फत आमूल परिवर्तन हुन्छन् भन्ने कुरामा विश्वास गर्दैनन् । तर, सरकारमा पुगेका देशका कम्युनिस्ट पार्टीका नेताहरूले देशमा अब सङ्घर्ष गर्न नपर्ने बताएका थिए । पुँजीवादी व्यवस्थाभित्र रहेरै सरकारको नेतृत्व गरिरहने उनीहरूको भनाइ खोटो देखिन्छ । यो कम्युनिस्ट सिद्धान्त र विचारविपरीत छ । कम्युनिस्ट पार्टीमा रहेर काम गरिरहेका ती नेताहरूको खोटो विचारको खण्डन गर्नुपर्छ; जनतामाझ उदाङ्ग्याउनुपर्छ ।
नेपाली विशेषतासहितको समाजवादको लक्ष्यमा पुग्ने कुनै कम्युनिस्ट पार्टीको लक्ष्य हो भने तद्नुसारको राजनीति गर्नुपर्छ । पार्टीको उद्देश्य एउटा र काम अर्को भयो भने समाजवादी क्रान्ति मनको लड्डू हुनेछ । आफूलाई ठुला र सत्ताको स्वाद चाखेका कम्युनिस्ट भनिने दलका नेताहरू बेलाबखत समाजवादी पक्षधरहरूबिच एकता हुनुपर्नेमा जोड दिन्छन् । उनीहरूको यो एकता के कम्युनिस्ट पार्टी बलियो बनाउन, कम्युनिस्ट आन्दोलन अघि बढाउन भएको हो ? उनीहरूको एकता त आफ्नो पार्टीको अस्तित्व बचाउन, निर्वाचनमा बढीभन्दा बढी सांसदहरू निर्वाचित गराउन र निर्वाचित भएर सरकारमा जान भएको हुन्छ । पुँजीवादी व्यवस्थालाई दरिलो बनाउनको निम्ति राजनीति गर्ने दलका नेताहरूले देशमा समाजवादी आन्दोलन अघि बढाएर कसरी समाजवादी क्रान्ति गर्छन् ?
समाजवादी क्रान्तिको निम्ति बाटो तयार गर्ने हो भने तद्नुसार समाजवादी अभियान छेड्नुपर्छ; समाजवादी विचार या कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार गाउँ–गाउँमा, बस्ती बस्तीमा पु¥याउने काम गरिरहनुपर्छ । कुनै पनि देशमा बहुमत जनता राजनीतिक र वैचारिक रूपले सचेत र सङ्गठित नभएसम्म आन्दोलन सफल हुनेछैन; आन्दोलन सफल भए पनि त्यो क्षणिक हुनेछ । त्यस्तो आन्दोलन बलिदानमा टुङ्गिने छ । माओवादीको ‘जनयुद्ध’ त्यस्तै भएको हो । ‘जनयुद्ध’ को बखान गरेर माओवादी सरकारमा पुग्यो; माओवादीले शासन ग¥यो । तर, मौलिक परिवर्तन केही भएन । पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने दल नेकाले शासन गर्नु र माओवादीको नेतृत्वमा बनेको सरकारले शासन गरेकोमा के फरक रह्यो र ! कम्युनिस्टविरोधी दल नेकासँग मिलेर माओवादीले शासन ग¥यो; एमालेले शासन ग¥यो । पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने दलसँग घाँटी जोडेर सरकारको नेतृत्व गर्ने दलले कसरी कम्युनिस्ट आन्दोलन अघि बढाउला ? समाजवादी क्रान्तिको आधार कसरी तयार गर्ला ?
सरकारमा पुगेका कम्युनिस्ट भनिने दलले त कम्युनिस्टको नाउँमा कम्युनिस्ट पार्टीको बदनाम ग¥यो; कम्युनिस्ट पार्टीलाई धोका दियो । यो नेपाली जनतामाझ भइरहेको छलछाम हो । राजनीतिक विश्लेषकहरूका अनुसार देशमा जनतामाझ कम्युनिस्ट पार्टीको प्रभाव छ; देशका सबै कम्युनिस्टहरू साँच्चै सच्चा भए, सिद्धान्तनिष्ठ भए परिवर्तन गर्न समय लाग्दैन । तर, त्यो ढङ्गले राजनीति भइरहेको छैन† तद्नुसार जनतालाई सचेत र सङ्गठित गर्ने काम भइरहेको छैन । यो कम्युनिस्ट पार्टीभित्रको कमजोरी हो । अतः सबै कम्युनिस्ट पार्टीले सिद्धान्त र विचारअनुसारको राजनीति गर्नु जरूरी छ ।
सरकारमा गइसकेका कम्युनिस्ट पार्टीहरू सच्चा कम्युनिस्ट पार्टी भएका भए गरिबी हटाउन सकिन्थ्यो† भ्रष्टाचार हटाउन सकिन्थ्यो† अनियमितता हटाउन सकिन्थ्यो । देश विकास पनि तीव्रतर हुन्थ्यो । देश विकास सन्तुलित ढङ्गले हुन्थ्यो । भ्रष्टाचारी, अपराधी, कमिसनखोरहरू कारबाहीमा पर्थे । देशमा सुशासन हुन्थ्यो । जनताको विश्वास बढ्थ्यो । जनताले सुखानुभूतिको अनुभव गर्न पाउँथे । तर, दुर्भाग्य ! देशमा कम्युनिस्ट पार्टीले पटक–पटक सरकारको नेतृत्व गरेर जनताको विश्वास जितेर जनताको निम्ति काम गरेन बरु पुँजीपति, सामन्त, प्रतिक्रियावादी, अपराधी, ठेकेदार, जालीफटाहाको राजनीतिमा हामफालेर बदनाम गर्ने काम ग¥यो । त्यही बदनामले जेन–जी पुस्ता उठ्यो र सरकार ढल्यो । अहिले पनि ती सत्तारूढ दलका नेताहरूले शिर उठाउन सकेका छन् । अहिले उनीहरू आफूले गर्दाको गल्ती मनमनै स्वीकार्दै छन् या प्रायश्चित गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *