सोभियत हुकुमले गरेका कार्यहरू
- कार्तिक २१, २०८२

मुटुका रक्तनलीहरूमा विभिन्न कारणबाट बोसो अर्थात् कोलेस्टेरोल जमेर साँघुरो हुने गर्छ, जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्न नसक्दा मुटुका मांसपेशी मर्न थाल्छन्, जसलाई हृदयाघात भनिन्छ ।
लक्षण के हुन् ?
हृदयाघात भएका बेला छातीको बिचमा भारी भएजस्तो, घाँटी न्याकेजस्तो हुन्छ । यो अवस्था कुम या घाँटीमा फैलिएर जाने हुन्छ, जसलाई क्लासिकल लक्षण भनिन्छ ।
यसबाहेक ढाड तथा पेटको माथिल्लो भेगमा दु्ख्ने, सास फेर्न गा¥हो हुने, अकस्मात बेहोस हुने, पसिना आउने, बान्ता आउने, बङ्गारा दुख्नेजस्ता लक्षण देखिन सक्छन् । त्यसैले हृदयाघातमा यो नै लक्षण देखिन्छ भन्ने छैन ।
तर, हिँड्दा, शारीरिक अभ्यास गर्दा सास फेर्न गाह्रो हुने, छातीमा भारीपन महसुस हुने तथा छाती पोलेजस्तो हुने भएको छ । तर, समस्या समाधान भएन भने हृदयाघात हुन सक्छ भनेर चिकित्सककहाँ जानुपर्छ । छाती तथा पेटको माथिल्लो भागको अप्ठेरो १५–२० मिनेटसम्म रहिरह्यो भने नजिकको अस्पतालमा गएर जँचाउनुपर्छ । कतिपयले पेटको माथिल्लो भाग दुख्दा ग्यास्ट्रिक ठानेर त्यत्तिकै बस्ने गरेको पाइन्छ । तर, त्यसो गर्नुहुँदैन, यस्तो समस्या लामो समय रहिरह्यो भने जँचाइहाल्नुपर्छ ।
हृदयाघात भएको शङ्का लागेमा सकेसम्म छिटो अस्पताल गइहाल्नुपर्छ । हृदयाघात भनेको आपत्कालीन (इमर्जेन्सी) अवस्था हो, सकेसम्म छिटो पहिचान गरेर डाक्टरले उपचार सुरु गर्नुपर्छ ।
हृदयाघात हुँदा मुटुमा रगत प्रवाह गर्ने रक्तनलीमा अवरोध भएको हुन्छ । यस्तो अवरोधलाई जति चाँडो खोल्न सक्यो, उति बिरामी बच्ने सम्भावना बढी हुन्छ । हृदयाघातको लक्षण देखा परेको अवस्थामा अस्पताल हिँडेर जानुहुन्न र एस्पिरिन लिएर जान सकिन्छ ।
हृदयाघात किन हुन्छ ?
मधुमेह, उच्च रक्तचाप तथा कोलेस्टेरोलको समस्या भएकाहरू, धूमपान तथा मद्यपान गर्नेहरू र परिवारका सदस्यलाई हृदयघात भएकाहरू हृदयाघातको बढी जोखिममा हुन्छन् । पुरुषहरू हृदयाघातको बढी जोखिममा हुन्छन् भने महिलालाई पनि महिनावारी रोकिएपछि जोखिम बढ्दै जान्छ ।
युवाहरूमा पनि आजकाल हृदयाघात बढी हुन थालेको छ । त्यसको यकिन कारणबारे हालसम्म पुष्टि हुन नसके पनि धूमपान बढी गर्ने तथा मधुमेहको समस्या भएकाहरू बढी जोखिममा हुन्छन् । कतिपयलाई तनावले पनि हृदयाघात भएको हुनसक्छ ।
हृदयाघात हुन नदिन र भएपछिको जीवनशैली कस्तो हुनुपर्छ ?
सबैभन्दा महत्वपूर्ण कुरा जीवनशैली हो । चुस्त रहनुपर्छ । शारीरिक अभ्यास गर्नुपर्छ । कम्तीमा हप्तामा ३ पटक दैनिक ३० मिनेट हिँड्न सकिन्छ । योभन्दा बढी हिँड्दा झन् राम्रो । यसबाहेक जिम र हाइकिङ जान सकिन्छ । साइक्लिङबाट पनि शारीरिक अभ्यास हुन्छ ।
खानपानमा पनि ध्यान पु¥याउनुपर्छ । चिल्लो, तारेको, धेरै कार्बोहाइड्रेट भएको खानेकुरा खानुहुँदैन । जीवनशैली पनि नराम्रो छ र फेमिली हिस्ट्री पनि छ भने जोखिम झन् बढ्ने हुन्छ । त्यसैले खानपानमा ध्यान पु¥याउनुपर्छ । बढी चिल्लो भएको तथा तारेको मासु खानुहुन्न । हृदयाघात भएको बिरामीले मुटुमा कति क्षति पुगेको छ, त्यसअनुसारको जीवनशैली अपनाउनुपर्छ ।
हिँड्दा, शारीरिक अभ्यास गर्दा सास फेर्न गा¥हो हुने, छातीमा भारीपन महसुस हुने तथा छाती पोलेजस्तो हुने भएको छ । तर, समस्या समाधान भएन भने हृदयाघात हुन सक्छ भनेर चिकित्सककहाँ जानुपर्छ र सबैभन्दा महत्वपूर्ण कुरा औषधि नियमित खानुपर्छ ।
(वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्ट नर्भिक इन्टरनेसनल हस्पिटलमा कार्यरत छन् ।)
Leave a Reply