हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
- असार १, २०८३
कोरिया प्रायः द्वीपको उत्तरी भागमा पर्ने उत्तरी हामयोङ प्रान्त पहाडी र रमणीय क्षेत्र हो । हामयोङ्ग प्रान्तकै आम्नोक नदी र जाङ्गजिन नदीको सङ्गममा रहेको सिन्फा काउन्टीमा अवस्थित सुन्दर होए¥योङ्ग नगरीमा सन् १९१७ डिसेम्बर २४ को दिन गरिब तर देशभक्त किसान परिवारमा कामरेड किम जोङ्ग सुकको जन्म भयो ।
किम जोङ्ग सुकका माता–पिता दुवै जापानविरोधी सच्चा देशभक्त हुनुहुन्थ्यो । उहाँहरू आफ्ना छोरा–छोरीहरूलाई देशको निम्ति लड्न घच्घच्याउनु हुन्थ्यो । देशको मुक्ति गर्ने सङ्घर्षकै क्रममा किम जोङ्ग सुकका पिताले रणक्षेत्रमा वीरगति प्राप्त गर्नुभयो । उहाँको शहादतपछि छोरा बुहारीहरूमा जापानविरोधी भावना अझ प्रवल भयो र अन्तसम्म देशको मुक्तिको लागि लड्न दृढ सङ्कल्पित भए । किम जोङ्ग सुकमा हजुरबा पनि जापानी साम्राज्यवादीहरूको विरोधमा लड्दालड्दै सहिद हुनुभएको थियो । हजुरआमाले छोरा–छोरी, बुहारी, नाति–नातिनाहरूलाई आफ्नो पालाको जापानविरोधी सङ्घर्षहरूको सम्झना गराइरहनु हुन्थ्यो । यसरी सानैदेखि किम जोङ्ग सुकको हृदयमा गहिरो देशभक्तिको भावनाले जरा गाडिसकेको थियो ।
कामरेड किम जोङ्ग सुक कलिलै उमेरदेखि जापानविरोधी गतिविधिमा सक्रिय हुनुभयो । उहाँ स्वभावतः सरल र निःस्वार्थी हुनुहुन्थ्यो । आफूभन्दा देश तथा अरुको निम्ति जीउनुपर्छ भन्ने उँचो क्रान्तिकारी शिक्षा उहाँले आफूभन्दा ठुलाहरूको सद्व्यवहारबाट सिक्नुभएको थियो ।
कामरेड किम जोङ्ग सुक आफ्नो दाइबाट पनि धेरै माया र क्रान्तिकारी भावना प्राप्त गर्नुहुन्थ्यो । यसरी उहाँ सेना र सामूहिक भावनाले ओतप्रोत क्रान्तिकारी वातावरणमा हुँर्कदै जानुभयो । ७–८ वर्षको उमेरमा पुग्नुभएपछि उहाँले सांसारिक कुरो बुझ्न थाल्नुभयो । गाउँका जमिनदार, साम्राज्यवादी र समाजका कुतत्वहरूबाट हुने हेलाहोचो, अपमान, शोषण, अत्याचार देखेर उहाँ भित्रैभित्रै रिसाउनुहुन्थ्यो । समय बित्दै गएपछि उहाँले सम्पूर्ण कोरियाली जनताको असहनीय दुःख र कोरियाको दुर्भाग्यको स्रोत नै जापानी साम्राज्यवाद र देशद्रोहीहरू भएको कुरो बुझ्नुभयो । जापानी साम्राज्यवादविरोधी गतिविधि, आन्दोलन र विद्रोहबाट उहाँ प्रभावित हँुदै जानुभयो ।
किम जोङ्ग सुकको दाइको विवाह एक क्रान्तिकारी एवम् देशभक्त महिलासँग भयो । उहाँले भाउजूबाट पनि उति नै न्यानो मायाममता र शिक्षा पाउनुभयो । विवाहको केही दिनपछि नै किम जोङ्ग सुकका दाइ पार्टीको निर्देशनमा अन्य टाढा जिल्लाहरूमा सङ्गठन गर्न र क्रान्तिकारी गतिविधि अघि बढाउन त्यसतर्फ लाग्नुभयो । त्यस परिवारमा देशमुक्तिको लागि सबैले आ–आफ्नो पारिवारिक सुख र मिलनलाई खुसीपूर्वक त्यागिदिने गर्थे ।
एकदिन साँझपख किम जोङ्ग सुकका दाइ घर आइपुग्नुभयो । सबै खुसी भई एकै ठाउँमा बसेर दुःख–सुख र क्रान्तिकारी गतिविधिबारे कुराकानी गरेर बेलुकाको खाना खाइसकेर राति अबेलासम्म छलफल भयो । त्यसपछि सबै आ–आफ्ना कोठातर्फ लागे । किम जोङ्ग सुकका दाइले आफ्नी पत्नीलाई देशको मुक्तिका लागि भूमिगत क्रान्तिकारी गतिविधिमा आफू र साथीहरूले खपेका दुःखकष्ट अनि खानेकुरा नभएर भोकै बस्नुपर्दा शीतको थोपा पातको टपरीमा थापी त्यही पिएर भोक मेटाई फेरि देशलाई मुक्त गर्ने गतिविधिमा लागेको जस्ता विस्मयकारी र गौरवपूर्ण वृत्तान्त सुनाइरहँदा किम जोङ्गसुक कान थापेर सुनिरहनुभयो । त्यसबेला उहाँ निकै भावविभोर हुनुभयो । त्यतिकैमा उहाँले बाहिर रुख र बोट–बिरुवाको पातहरूबाट तप–तप शीतको थोपा झर्दै गरेको देख्नुभयो र आफू पनि देशको मुक्तिको लागि भनी टपरी लिएर शीतको थोपा थाप्न जानुभयो । मुटु छुने जाडो धेरै बेरसम्म उहाँले शीतको थोपा थापिरहनुभयो । अनि किम जोङ्ग सुकका दाइले आफ्नो कोठाको झ्यालबाहिर केही उभिरहेको, सल्बलाइरहेको जस्तो देख्नुभयो । को होला भनी उहाँ बाहिर हेर्न जानुहुँदा त आफ्नी बहिनी किम जोङ्ग सुक शीतका थोपाहरू थाप्दै गरेको देखेर आश्चर्यचकित भई दाजुले बहिनीलाई के गरिरहेकी भनी सोध्नुभयो । किम जोङ्ग सुकले देशमुक्तिको लागि आफू पनि शीतको थोपा थापिरहेको जवाफ दिनुभयो । बहिनीको निष्कपट र पवित्र जवाफ सुनेर दाजु भित्रभित्रै खुसीले गड्गड् हुनुभयो । उहाँले आफ्नी बहिनीको मनभित्र उर्लिरहेको जापानी साम्राज्यवादविरोधी भावना र देशको स्वतन्त्रताको निम्ति समर्पित हुने जोश देखेर निकै प्रभावित हुनुभयो । दाजुले बहिनी किम जोङ्ग सुकलाई मायापूर्वक हाँस्दै भन्नुभयो, “बहिनी शीतको थोपा थापेर देश स्वतन्त्र हुँदैन । इच्छाले मात्र केही हुँदैन । देशलाई मुक्त गर्न सङ्गठनमा लाग्नुपर्छ र बन्दुक उठाउनुपर्छ ।” दाजुको सारगर्भित कुरो सुनेर किम जोङ्ग सुकले सङ्गठनमा लाग्ने तीव्र इच्छा जाहेर गर्नुभयो । बहिनीको भित्रैदेखिको इच्छा बुझेर दाजुले त्यसका लागि सम्बन्धित साथीहरूसँग सल्लाह गर्नुभयो ।
किम जोङ्ग सुक सन् १९३१ को सेप्टेम्बर महिनामा १४ वर्षको उमेरमा क्रान्तिकारी बाल सङ्गठनमा प्रवेश गर्नुभयो । उहाँलाई त्यो दिन नै सबैभन्दा ठुलो र सुखको दिन लाग्यो । सङ्गठनका आफूभन्दा साना भाइ–बहिनीहरूलाई निकै माया गरेर आफूसँगै डो¥याउदै उहाँ क्रान्तिकारी गतिविधिमा निर्भिकतापूर्वक र निरन्तर लाग्नुभयो । प्रकृतिले उहाँलाई असाध्यै मीठो स्वर वरदानको रूपमा दिएको थियो । उहाँ सानैदेखि एकान्तमा गुनगुनाउने गर्नुहुन्थ्यो । १ वर्षपछि सन् १९३२ को जुलाईमा किम जोङ्ग सुक ‘कोरियाली युवा कम्युनिस्ट लिग’ को सदस्य हुनुभयो । उहाँले झन्झन् जोश र जाँगरले साङ्गठनिक कार्य गर्दै जानुभयो । यसै क्रमा सन् १९३५ को वसन्त ऋतुमा उहाँको सेनापति किम इल सङ्गको ‘कोरियाली जन क्रान्तिकारी सेना, (कोजक्रासे) मा पदोन्नति हुनुभयो । त्यसबेलादेखि उहाँले सेनापति किम इल सङ्गको नीति र निर्देशनअनुसार विभिन्न जिल्लामा साङ्गठनिक काम गर्दै जानुभयो । त्यसको एक वर्षपछि उहाँको काँधमा चाङबाई काउन्तीस्थित एउटा विकट पहाडी गाउँ पिङ्गगाङ्गमा पार्टी सङ्गठन र जनाधार अझ सुदृढ पार्ने महत्वपूर्ण जिम्मेवारी थपियो । उहाँ आफ्नो जिम्मेवारी पूरा गर्ने क्रान्तिकारी जनसेनाको एउटा दस्ताको नेतृत्व गर्दै त्यसतर्फ लाग्नुभयो । त्यस गाउँमा सेनापति किम इल सङ्गको ‘कोजक्रासे’ को पहिलो पटकको आगमनलाई बालबालिकादेखि बुढाबुढी सबैले निकै उत्सुकतापूर्वक पर्खे र हार्दिक स्वागत गरे । कोजक्रासेको तर्फबाट किम जोङ्ग सुकको बाल सङ्गठन र युवा सङगठनका प्रमुखहरूबिच गाउँको वस्तुस्थितिबारे छलफल भयो । उहाँले गाउँका अन्य बाजे–बज्यै, बा–आमा, दाजु भाइ, दिदी बहिनीहरूसँग पनि दुःख, सुखका कुरा गर्नुभयो । उहाँको सरलता, बोली वचन र नम्रता तथा सद्व्यवहारबाट सबका सब प्रभावित भए । साँझ ‘कोजक्रासे’ को सांस्कृतिक कार्यक्रम थियो । जोश र उमङ्ग लिएर बच्चादेखि बुढासम्मको भलो भयो । मञ्चको अगाडि बालबालिका र बाल सङ्गठनका बाल नेताहरूलाई बसाए । अन्य प्रौढहरू पछाडि बसिदिए । महिला सैन्य जवानहरूको सामूहिक गान र सामूहिक बन्दुक नृत्यसँग सांस्कृतिक कार्यक्रमको शुभारम्भ भयो । त्यस सामूहिक गानमा जापानी साम्राज्यवादीहरूले कोरियाली जनताविरुद्ध चलाएको ‘सखाप पार्ने’ सैनिक कारबाहीको अत्याचारको वर्णन, कोरियाली जनताको दुःखकष्ट, वियोगको व्यथैव्यथा वर्णन गरिएको र हत्यारा जापानी साम्राज्यवादीहरूमाथि बदला लिई देशमुक्त गर्ने रणसङ्ग्राममा लाग्न आह्वान गरिएको थियो । त्यस सामूहिक नृत्य र गानबाट सबैमा रगत उम्लियो र सबैका आँखा भिजे । त्यसपछि एकसेएक सशक्त कविता वाचन, गीत, मुखले फुकेर बजाउने बाजाको धुन, नृत्यहरू प्रस्तुत भयो । अन्तमा उद्घोषकले किम जोङ्ग सुकको नाम लिई उहाँबाट एउटा मीठो गीत प्रस्तुत हुने भनेपछि दर्शक गणको करतल ध्वनि र तालीको गडगडाहटले वातावरण गुञ्जियो र करतल ध्वनि र तालीको गडगडाहटसँगै उहाँ मञ्चमा देखापर्नुभयो । तालीको गड्गडाहट शान्त भएपछि उहाँले गीत गाउन थाल्नुभयो । उहाँको सुमधुर स्वरले सबै मुग्ध भए । गीतको बोल यस्तो थियो –
आमा, किन रुनु भा’को ?
तपाईँको रुवाइले मलाई पनि रुवाउँछ
जनता गोली र छुरीको प्रहारबाट मारिएका छन्
र मारिएका मध्यमा तपाईँका बुबा पनि एक छन्
उहाँको मधुर र करुण आवाज दर्शकहरूको मुटुको गहिराइसम्म पुग्यो अनि आफ्नै कथा र व्यथाको गीत सुनेर सबै भाव विह्वल भए । त्यसपछि उहाँ फेरि मञ्चमा देखापर्नुभयो र सशक्त सारगर्भित मन्तव्य दिनुभयो । उहाँको मन्तव्यपछि ‘किम इल सङ्ग जिन्दावाद ।’, ‘कोरियाली क्रान्ति जिन्दावाद ।’, ‘पितृभूमि पुनःप्राप्ति सङ्घ जिन्दावाद ।’ नाराहरूसँग कार्यक्रमको समापन भयो ।
सन् १९३७ मा सेनापति किम इल सङ्गले उहाँलाई उत्तर पूर्वी चीनमा अवस्थित ताओक्वानली (Taoquanli), चाङ्गबाई (Changbai) काउन्टीमा खटाउनुभयो । त्यस क्षेत्रमा उहाँले सिङ्गल्फा (Singalpha) इलाकामा क्रान्तिकारी भूमिगत सङ्गठन स्थापना गरी पितृभूमि पुनःप्राप्ति सङ्घअन्तर्गत सबै तहका जनतालाई एकताबद्ध गर्नु थियो । त्यसपछि सङ्गठनको विस्तारलाई कोरियाको सीमा क्षेत्रसम्म पु¥याउनु थियो । सिङ्गल्फा इलाका रणनीतिक दृष्टिबाट निकै महत्वपूर्ण स्थान थियो । सिङ्गल्फा इलाकामा अवस्थित सिन्फा (Sinpha) नामको सीमाको सहर जापानी साम्राज्यवादीहरूको कब्जामा थियो र सुन्दर सिन्फा नगर नर्कमा फेरियो । सिन्फा नगरी कृषि, उद्योग, रणनीति सबै दृष्टिकोणबाट अति महत्वपूर्ण थियो । जापानी साम्राज्यवादीहरूले त्यहाँ थप प्रहरी, सेना र हातहतियार पठाए । त्यस क्षेत्रमा गतिविधि गर्नु भनेको कालसँग लुकामारी खेल्नुजत्तिकै खतरनाक थियो ।
किम जोङ्ग सुकले निकै चलाखी र साहसपूर्वक आम्नोक नदी पार गर्नुभई सिङ्गल्फा पुग्नुभयो । केही दिनभित्रै उहाँले त्यहाँको एक–एक वस्तुस्थिति बुझ्नुभयो र सिङ्गल्फा क्षेत्रीय पितृभूमि पुनःप्राप्ति सङ्घको स्थापना गर्नुभयो । पछि त्यस क्षेत्रीय सङ्घअन्तर्गत ठाउँ–ठाउँमा शाखाहरूको स्थापना भयो । उहाँले सङ्गठन र उपसङ्गठनहरूको माध्यमबाट कतै चिया पसल, कतै घट्ट मिल, कतै लुगा सिउने पसल, कतै फोटो स्टुडियो खोलेर ती सब पसलहरूलाई पर्चा छाप्ने, कार्यकर्ता भेटघाट गर्ने जस्ता गुप्त गतिविधि गर्ने भूमिगत स्थानको रूपमा प्रयोग गर्नुभयो । पछि सिङ्गल्फा क्षेत्र मजबुत आधार इलाकामा फेरियो ।
जस्तोसुकै कठिन अवस्थामा पनि किम जोङ्ग सुकले सेनापति किम इल सङ्गका आदेश र नीति सही ढङ्गले पूरा गरेरै छोड्नुहुन्थ्यो । उहाँले क्रान्ति र नेताप्रति शङ्का – उपशङ्का गरी गद्दारी गर्न खोज्ने सैन्य जवानहरूसँग छिनोफानो हुने गरी सङ्घर्ष गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो,“हामीले आफ्नो ज्यानको बाजि लगाएर सेनापति किम इल सङ्गको क्रान्तिकारी विचारधाराको रक्षा गरौँ । यो नै हाम्रो परम कर्तव्य हो ।” सन् १९३९ को शरद् ऋतुमा उहाँ र अन्य महिला गुरिल्ला सेनाहरूलाई एक महिनाभित्रमा ६ सय सैन्य जवानको लागि पोशाक सिउनुपर्ने जिम्मा सुम्पियो । एउटामात्र लुगा सिउने कलको सहारामा एक महिनाभित्र ६०० जोर सैन्य पोशाक सिइसक्नु पर्ने काम अति नै गा¥हो कार्य थियो । जे भए पनि, उहाँले आफ्ना महिला कार्यकर्ताहरूमा आफूहरूलाई दिइएको जिम्मेवारी हर हालतमा पूरा गर्ने जोश र शक्ति सञ्चार गरिदिनुभयो । फलस्वरूप २० दिनमै ६०० जोर सैनिक पोशाक तयार भयो ।
किम जोङ्ग सुक साङ्गठनिक कार्यबाहेक सेनापति किम इल सङ्गको सुरक्षाको लागि पनि उत्तिकै दत्तचित्र भई लाग्नुहुन्थ्यो । एकचोटि शत्रु सेना लुकिछिपि सेनापति किम इल सङ्गको गुप्त प्रधान कार्यालयतर्फ अघि बढ्दै गरेको उहाँले चाल पाउनुभयो र एक पल पनि ढीलो नगरी उहाँले शत्रु सेनाहरूमाथि दनादन गोली प्रहार गर्नुभयो । उहाँले सेनापति किम इल सङ्गको हत्या गर्ने योजनालाई ध्वस्त पारिदिनुभयो । यसरी उहाँले सेनापति किम इल सङ्गलाई अनेकन गा¥हो फारो र सङ्कटलाई छिचोल्दै शत्रुको हरेक सैनिक कारबाहीलाई बिफल तुल्याउन सक्षम बनाउन धेरै सराहनीय भूमिका निभाउनुभयो ।
सन् १९३९ कै मे महिनामा सेनापति किम इल सङ्गको नेतृत्वमा पितृभूमितर्फ कोरियाली जन क्रान्तिकारी सेनाको महान् ऐतिहासिक लामो हिँडाइ प्रारम्भ भयो । सम्पूर्ण कोरियाली सैन्य जवानहरू विदेशी भूमिमा बसेर सङ्घर्ष गरिरहेको बेला रात–दिन जन्मभूमिमा पाइला टेक्ने इच्छा राख्थे । किम जोङ्ग सुक महिला फौजको नेतृत्व गर्दै अघि बढ्दै हुनुहुन्थ्यो । लामो कष्टपूर्ण यात्राको क्रममा कोरियाली जन क्रान्तिकारी सेना र जापानी शत्रु सेनाबीच लडाइँ हुन्थ्यो र शत्रु सेना सखाप हुन्थ्यो । सबै जना आलोपालो खुला आकाशमुनि निदाउँथे र ठुला–ठुला ढुङ्गामा थकाइ मार्थे ।
कोरियाली भूमिको वन पाखा, डाँडा–काँडा, भीर जताततै सुगन्धित, गुलाफी र सुन्दर फूल ‘अजेलिया, (ब्शबभिब) ढक्कमक्क फुलिरहेको थियो । सैनिक जवानहरू पितृभूमिमा पाइला टेक्दै अघि बढ्दा ‘अजेलियो’ फूलको मनमोहक दृश्य अनि त्यसको सुवास पाएर भावविभोर हुन्थे । बाटोका दायाँ–बायाँ फक्रिरहेका ती फूलका झुप्पाहरू तिनीहरूलाई आफ्नै बुबा, आमा, दाजु–भाइ, दिदी, बहिनीजस्तै लाग्यो । मानौँ, ती फूलका झुप्पाहरूले हर्षोल्लासपूर्वक तिनीहरूको स्वागत गर्दै थिए ।
जन्मभूमिलाई सम्झँदै गहिरो भावावेशमा डुब्दा किम जोङ्ग सुकका आँखामा आँसु छचल्किए । हर्ष र दुःखमिश्रित भावमा उहाँ अचानक ‘अजेलिया’, ‘अजेलिया’ भनी कराउनुभयो । अनि उहाँले अजेलिया फूलको झुप्पालाई आलिङ्गन गर्नुभयो । अरु महिला सैनिक जवानहरूले फूलका झुप्पाहरूमा आ–आफ्ना गाला राखेर निकै प्रेमपूर्वक स्पर्श गरिरहे । अजेलिया फूलप्रति भित्रै हृदयदेखि अघाउञ्जेल प्रेम पोख्नु भएपछि किम जोङ्ग सुकले सेनापति किम इल सङ्गको हातमा एक झुप्पा अजेलिया फूल थमाइदिनुभयो । निकै भावविव्हल भई उहाँले किम जोङ्ग सुकको हातबाट फूलको झुप्पा ग्रहण गर्दै भन्नुभयो, “एक पटक लाएर हेर्दा यो फूल अझ राम्रो देखिन्छ ।” सेनापति किम इल सङ्गले यसो भन्नुभएको सुनेर किम जोङ्ग सुक र अरु योद्धाहरू सबैले उदात्त भावको अनुभूति गरे । यतिखेर किम जोङ्ग सुकले आफ्नो हृदयभित्रको अनन्त गहिराइबाट उर्लेर आएको भावावेशलाई रोक्न सक्नुभएन र आफ्नो मुख अजेलिया फूलको झ्याङ्मा लुकाउनु भई ठुलो स्वरमा भन्नुभयो, “मेरो देशको अजेलिया । तिमी घामपानी, हुरी–बतास, हिमपात सबै कष्ट खपेर अन्तमा सुन्दर रूप लिई ढक्कमक्क फक्रेका छौ ।”
यात्रालाई पुनः सुरु गर्ने विगुल बज्यो । सिर–सिर बगिरहेको हावाको बहाइ अजेलिया फूलमा परी निस्किरहेको फूलको सुगन्ध राष्ट्रकै पुकार र श्वास–प्रश्वासझैँ लाग्यो कोरियाली मुक्ति योद्धाहरूलाई । योद्धाहरू सबै एकै स्वरमा कराए, “अजेलिया फूलको हाम्रो भूमि, हामीलाई पर्ख । महान् सेनापतिको नेतृत्वमा हामीले तिमीहरूकहाँ राष्ट्रिय स्वतन्त्रताको वसन्त पु¥याइदिनेछौँ ।”
ठाउँ–ठाउँमा जापानी आक्रणकारीहरूलाई नास गर्दै एक पछि अर्को लडाइँ जित्दै कोरियाली जन क्रान्तिकारी सेना अघि बढ्दै थियो । यसै क्रममा स्वतन्त्रता सेनानीहरूले खाद्यान्नको अभाव हुँदा पानीमात्र पिएर भोक मेटाउने गर्थे र ओसान डाँडा र अन्य भू–भागमा फूलिरहेका ती सुन्दर र सुगन्धित अजेलिया फूललाई सम्झँदै जोशमाथि जोश थपेर निकै बहादुरीपूर्वक लड्थे । कोरियाको अजेलिया फूलमा त जापानविरोधी क्रान्तिकारी योद्धाहरूको उदात्त र सुन्दर भाव व्याप्त रहेको छ । अजेलिया फूलमा कोरियाली जनताको स्वच्छ र पवित्र भावना प्रतिबम्बित भएको हुन्छ । चेचाङ्गजि गुरिल्ला आधार इलाकामा किम जोङ्ग सुकले काम गर्नुहुँदा जापानी साम्राज्यवादीहरूले नाकाबन्दीको नीति लिएकाले त्यहाँको स्थिति निकै जटिल भएको थियो । उहाँ आफ्ना सहयोद्धाहरूको साथमा भोकभोकै डाँडाकाँडा उक्लनुहुन्थ्यो । अनि उहाँले त्यसलाई राम्ररी पिँधेर अलि अलि पीठो मिसाएर रोटी पकाई दिनुहुन्थ्यो । गुरिल्लाहरू नयाँ–नयाँ विजय प्राप्त गरी फर्केर आएपछि उहाँले तिनीहरूलाई रोटी दिनुहुन्थ्यो । गुरिल्लाहरूले घाँसको रसभन्दा धेरै मिठो मानी रोेटी खान्थे । उहाँ फेरि भान्छा कोठामा पस्नुभई आफ्नो भागको रोटी नै सबैलाई बाँडी दिनुहुन्थ्यो । एकचोटि उहाँकी एकजना सहपाठीले उहाँले आफ्नो भाग खानुहुन्न भन्ने कुरोको चाल पाइन् र चिन्तित भएर भनिन्, “किम जोङ्ग सुक, यसरी भोकै बस्नुभएन ।” उहाँले जवाफ दिनुभयो, “लडाइँबाट फर्केका अनि थकान र भोकबाट लखतरान भएका योद्धाहरूले रुखा–सुख्खा जे छ मिठो मानी खाइदिँदा म आफू भोको छु भन्ने अनुभूति नै हुँदैन । किन, के तिमी एकजनाले खाएपछि अर्कोले आफू तृप्त भएको महसुस गर्छ भन्ने कुरोको विचार गर्छाै ? यदि मैले हाम्रा कामरेडहरू यस्तो विधि खुसी पार्न सकेँ भने म भोकभोकै जिउन सक्छु ।” यसरी उहाँ एक आमाले झैँ योद्धाहरूको हेरविचार गर्नुहुन्थ्यो । उहाँ किम इल सङ्गको स्वास्थ्यप्रति निकै ध्यान दिनुहुन्थ्यो । उहाँको स्वास्थ्य नबिग्रियोस् भन्ने हेतुले धोएका वा चिसा कपडा आफ्नो जिउमा लगाएर सुकाउनुहुन्थ्यो । आफ्नो कपाल काटेर किम इल सङ्गको जुत्ताभित्र राखी सिलाइदिनुहुनथ्यो ।
कामरेड किम जोङ्ग सुक र सेनापति किम इल सङ्बिच क्रान्तिकारी विवाह सु–सम्पन्न भयो । ५६ वर्ष अगाडि सन् १९४२ फेब्रुअरी १६ को दिन कोरियाको सुदूर उत्तरस्थित पेक्डु पर्वतको गुप्त शिविरमा किम जोङ्ग सुकले कोरियाली जनताका महान् नेता एवम् सेनाध्यक्ष किम जोङ्ग इललाई जन्म दिनुभयो । उहाँले छोरालाई क्रान्तिकारी वातावरणमा हुर्काउनुभयो ।
सन् १९४५ मा कोरिया मुक्ति भएपछि जापनविरोधी लडाइँमा झैँ उहाँ समाजवादी विर्माणमा लागिपर्नुभयो । उहाँले जुछे विचारधारा रक्षा गर्न र नयाँ पुस्तालाई तयार गर्न धेर नै सराहनीय कार्यहरू गर्नुभयो । सन् १९४९ सेप्टेम्बर २२ को दिन ३२ वर्षको अल्पायुमै कसैले नचिताएझैँ कोरियाली जनताका राष्ट्रमाता एवम् महान् देशभक्त किम जोङ्ग सुकको निधन भयो ।
स्रोत : विश्वका क्रान्तिकारी महिलाहरू
Leave a Reply