भर्खरै :

चिनियाँ राष्ट्राध्यक्ष र ब्राजिली राष्ट्रपतिको भेटवार्ता

चिनियाँ राष्ट्राध्यक्ष र ब्राजिली राष्ट्रपतिको भेटवार्ता

ब्रासिलिया, ६ मङ्सिर (सीआरआई) । स्थानीय समयअनुसार नोभेम्बर २० तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र ब्राजिली राष्ट्रपति लुलाले भेटवार्ता गरेपछि संयुक्त रुपमा पत्रकारहरुसँग भेट गर्नुभएको छ ।
राष्ट्राध्यक्ष सीले वर्तमान संसार अशान्त रहेको भन्नुहुँदै साझा, मिलिजुली,सहयोगात्मक, दिगो सुरक्षा विचारधारालाई पालना गरेमा मात्रै एक सामान्य सुरक्षा बाटोमा लाग्नसकिने बताउनुभएको छ । ब्राजिलसँग आपसी साझा भविष्यको समुदायलाई प्रचुर बनाउँदै अझ सुन्दर विश्वको संयुक्त निर्माण गर्दै जान चीनले आशा गरेको राष्ट्राध्यक्ष सीले औँल्याउनुभएको छ ।
राष्ट्रपति लुलाका अनुसार चीन नै ब्राजिलको सबैभन्दा महङ्खवपूर्ण व्यापार तथा लगानी साझेदारी हो । यी दुवै राष्ट्रहरुले संयुक्त राष्ट्रसँघ, जी–२० समूह, ब्रिक्स आदि बहुपक्षीय संयन्त्रमा घनिष्ट सम्पर्क राख्दै शान्त माध्यमले चर्चित समस्याको समाधान गर्ने छन् । राष्ट्राध्यक्ष सीको यस ब्रजिल भ्रमणले ब्राजिल र चीनबिचको सम्बन्धमा नयाँ ऐतिहासिक अध्याय सिर्जना गरेको छ ।
यसैबिच नोभेम्बर २० का दिन राति चीनका राष्ट्राध्यक्ष सी चिनफिङ ब्रासिलियामा ब्राजिलका राष्ट्रपति लुइज लुला डा. सिल्भाद्वारा आयोजित विशाल स्वागत भोजमा सहभागी हुनुभएको छ ।
स्वागत भोजलाई भाषण दिँदै राष्ट्राध्यक्ष सीले नयाँ शुरूवातमा उभिँदा ब्राजिलसँगै मिलेर हातमा हात मिलाउँदै चीन–ब्राजिल भाग्य एकरूपताको स्थापना गर्नुका साथै चीन–ब्राजिल सम्बन्धको अर्को “स्वर्ण ५० वर्ष” को शुभारम्भ गर्न चीन इच्छुक रहेको औँल्याउनुभएको छ ।
ब्राजिलले चीनसँग अझ घनिष्ट सहकार्य चलाउँदै ब्राजिल–चीन भाग्य एकरूपताको स्थापना गर्दैजाने अभिलाषा पनि राष्ट्रपति लुलाले प्रकट गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *