भर्खरै :

कीर्तिपुरमा घरदैलो र कोणसभा

कीर्तिपुरमा घरदैलो र कोणसभा

कीर्तिपुर, ६ मङ्सिर । यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा नेमकिपाका मेयर, वडा नं. १ का वडाध्यक्ष र ४ का वडाध्यक्ष उम्मेदवारलाई विजयी गराउन घरदैलो र कोणसभा कार्यक्रम बिहीबार पनि भयो ।
कीर्तिपुर नगरपालिका वडा नं. ६, वडा नं. ५ मा घरदैलो र कोणसभा भएको थियो ।
वडा नं. ५ को धोकासी बसपार्कमा भएको कोणसभामा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले कीर्तिपुरलाई नमुना नगर बनाउने उद्देश्यका साथ नेमकिपाका उम्मेदवारहरू चुनावी मैदानमा रहेको बताउनुभयो ।
उहाँले कीर्तिपुरलाई नमुना नगर बनाउन नेमकिपाले नगरपालिकामा पटकपटक ध्यानाकर्षण गरेको तर नपाका जनप्रतिनिधिले नचाहेको बताउँदै देश २६ खर्ब रुपैयाँ ऋणमा डुबाएर देशको विकासको नाममा भ्रष्टाचार गर्ने संसद्वादी दलका उम्मेदवारलाई हराउन आवश्यक रहेको बताउनुभयो ।
त्यसैगरी बुधबार वडा नं. ७ र वडा नं. ६ मा पनि घरदैलो भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *