भर्खरै :

‘चिनियाँ खतरा’ को भ्रमबाट मुक्त बन

–ल्याङ चुनकायन र हाओ वेईवेई
‘चिनियाँ खतरा’ अब नयाँ सिद्धान्त रहेन । पछिल्लो समयमा यसको कुरा फेरि पनि उठ्नुले चीनको उदय र बद्लिंदो विश्व देखेर पश्चिमा विश्व आँत्तिएको प्रतिविम्बित गरेको छ ।
यो साता संरा अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का केही अधिकारीहरुले ‘फोन कलमा चीनको गुप्तचरीको खतरा रोक्न’ ५जी मोबाइल नेटवर्कमा केन्द्रिकरण लागु गर्न सल्लाह दिए । संरा अमेरिकाका सञ्चार अधिकारीहरु, तारबिहीन प्रविधिका कम्पनीहरु र व्यवस्थापिका संसद सदस्यहरुले यो सल्लाहको विरोध गरेका छन् ।
यो महिनाको शुरुवातमा केही अस्ट्रेलियाली राजनीतिज्ञहरुले प्रशान्त महादेशका राष्ट्रहरुलाई अनुपयुक्त शर्तमा ऋण दिएको भन्दै चीनको आलोचना गरे । तर ऋण लिएका टापु देशले यसको प्रतिवाद गरेका छन् ।

इतिहासको कहिल्यै अन्त्य हुने गर्दैन । हरेक समय इतिहास अघि बढिरहेको हुन्छ । पश्चिमा देशहरुले चीनलाई वैचारिक साँघुरो नजरले हेर्नु गलत छ बरु सकारात्मक सोच र खुलापनको भावनाका साथ अघि बढ्नुपर्दछ ।

जर्मनी, फ्रान्स र इटालीजस्ता अरु पश्चिमा देशले पनि चीनको लगानीलाई खुम्च्याउने प्रयास गरिरहेका छन् ।
चीनलाई खतराको परीक्षाको सूक्ष्मदर्शक यन्त्रमूनि राख्नुभन्दा पश्चिमा शक्तिले चीनको तीब्र विकासको सामना गर्न आफैले नयाँ ओखतीको विकास गर्नु उपयुक्त हुनेछ । साथै आजको अन्तरनिर्भर विश्वमा आफूलाई घाटा भइरहेको भावनाबाट ती देशहरु मुक्त हुन आवश्यक छ ।
दशकौंसम्म पश्चिमका कुलीन वर्गले स्वतन्त्र बजार अर्थतन्त्रसहितको पश्चिमा शैलीको प्रजातान्त्रिक राजनीतिक बन्दोबस्त नै मानव जातिको सर्वोकृष्ट शासन पद्धति भएको विश्वास गर्थे ।
शीतयुद्धपश्चातको अवधिमा संरा अमेरिकालाई बरदान सिद्ध भएको उसैको नेतृत्वको ‘उदार विश्व बन्दोबस्त’ ले सबै क्षेत्रमा अप्रतिस्र्धी सर्वोच्चता कायम राखेको थियो ।
रसिया पत्रिकाको विश्व मामिलाका प्रमुख सम्पादक फ्योदोर लुक्यानोभले विश्वलाई अवसरै अवसरको रुपमा भन्दा खतरै खतराले भरिपूर्ण भएको देखेर संरा अमेरिका आज ‘शीतयुद्धकालीन शक्ति’ प्रयोगमा लागेको छ ।
आज विगत दुई सय वर्षभन्दा बढी समयदेखि अभ्यासमा रहेको दोषपूर्ण पश्चिमनियन्त्रित विश्व बन्दोबस्तलाई पुनर्गठन गर्न जरुरी भएको छ । पश्चिमभन्दा राजनीतिक, आर्थिक र वैचारिक रुपमा भिन्न चीनको उदयले धेरैको निद्रा खल्बलाएको छ । कुनै देशले आफूले राज गर्दै आएको ठाउँ लिंदैछ र ‘पुरानो शासन पद्धति’लाई कसैले विस्थापित गर्दैछ भन्ने आफ्नै भ्रमको भूतका कारण आज उनीहरु असजिलो महसुस गरिरहेका छन् । तर चीनबाट आँतिएकाहरुले चीन वर्तमान विश्व बन्दोबस्त भत्काएर आफ्नै चाहनाअनुसारको नयाँ विश्व बनाउने पक्षमा नरहेको कुरा बुझ्न आवश्यक छ ।
बरु चीन एउटा प्रमुख देशको नाताले आफ्नो भागमा आइलागेको जिम्मेवारी पूरा गर्न चाहन्छ । विश्व शासन प्रणालीमा परेको भ्वाङ टाल्न अरु देशहरुसँग हात मिलाएर काम गर्न चाहन्छ । त्यो शासन पद्धतिलाई पश्चिमा शक्तिलाई मात्र होइन अरु देशको सन्दर्भमा पनि काम गर्ने बनाउन चाहन्छ ।
हालै सम्पन्न स्वीस शहर दाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा चीनले सुधार र खुलापनको बाटोमा आफू अडिग भएको बरु बाँकी विश्वको लागि समेत ठूलो अवसरको रुपमा अझ चौडा सुधारका नीति लागु गर्ने पक्षमा रहेको बताएको छ ।
बितेका दुई शताब्दीभन्दा लामो समयसम्म पश्चिमा देशहरुले औद्योगिक क्रान्तिले निम्त्याएका परिवर्तनलाई अंगीकार गर्दै विश्वको सर्वोच्च चुचुरोमा पुग्न सफल भए ।
इतिहासको कहिल्यै अन्त्य हुने गर्दैन । हरेक समय इतिहास अघि बढिरहेको हुन्छ । पश्चिमा देशहरुले चीनलाई वैचारिक साँघुरो नजरले हेर्नु गलत छ बरु सकारात्मक सोच र खुलापनको भावनाका साथ अघि बढ्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *