क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
भक्तपुर नगरपालिकाले नगरका विद्यालयमा स्थानीय पाठ्यक्रम राख्ने तयारी सुरु गरेको छ । स्थानीय पाठ्यक्रम सकेसम्म यसै शैक्षिक सत्रदेखि पठनपाठनको व्यवस्था गर्ने गरी भनपाले तयारी गरिरहेको छ । पाठ्यक्रम तयार गर्न योगेन्द्रमान बिजुक्छेंको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । पाठ्यक्रम तयार गर्न विज्ञ तथा प्रधानाध्यापकहरूको बैठक भइसकेको छ र छलफल चालू राखेको छ । स्थानीय सरकार सञ्लान ऐन ०७४ लागू भएपछि भक्तपुरको इतिहास, कला संस्कृति, सम्पदा, मौलिक उत्पादन आदिको विषयमा यहाँका छात्रछात्रालाई जानकारी दिने उद्देश्य नपाको रहेको छ ।
स्थानीय पाठ्यक्रम राख्न नपाले थालको कदम उपयुक्त छ । पाठ्यक्रमसँगै पाठ्यपुस्तक तयार गरेर पठनपाठनमा जानसके यो देशको लागि उदाहरणीयमात्र होइन देशको पहिलो कदम हुनेछ । तर पाठ्यक्रम बनाएर पाठ्यपुस्तक तयारी गर्न एक दुई पटकको भेला र बैठक नै पर्याप्त होइन । यो नयाँ पाइला भएको हुँदा अन्तरक्रियात्मक भेला गर्न र गराउन कञ्जुस्याइँ गर्नु हुँदैन । हतारमा पाठ्यपुस्तक तयार गर्दा कताकता केके नपुगेको जस्तो अनुभूति हुन्छ । त्यसो त पाठ्यक्रम र पाठ्यपुस्तक अझ समय सान्दर्भिक बनाउन पछि हेरफेर गर्न नसकिने होइन । तर पनि व्यापक र पटक–पटक छलफल भएमा गल्ती या कमजोरी कम हुनेछ र उद्देश्य पूरा हुनेछ ।
नपाको उद्देश्य समयमै पूरा हुने आशा गर्नु स्वाभाविक हो । पाठ्यक्रमसँगै पाठ्यपुस्तक तयार गर्नेतर्फ पनि अग्रसर हुनुपर्छ । पाठ्यक्रम तयारीसँगै पाठ्यपुस्तक नै बनाउन पाए सुनमा सुगन्ध हुनेछ । यसले नपाको मात्र होइन सरकारको उद्देश्य पनि पूरा हुनेछ । आगामी शैक्षिक सत्रदेखि लागू गर्ने हो भने हामीसँग समय त्यति छैन । पाठ्यपुस्तक तयार गर्न कसलाई के विषय लेख्न दिंदा उपयुक्त हुन्छ अहिलेदेखि नै चिन्तनमनन गर्नुपर्ने हुन्छ । तर पाठ्यक्रममा कला, संस्कृति, यहाँको इतिहासमात्र राखेर पुग्दैन । निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य गर्न २०४६ मा भएको ऐतिहासिक जनआन्दोलन सहादत प्राप्त गरेका भक्तपुरका वीर सहिद युवाहरूको सङ्क्षिप्त जीवनी पाठ्यक्रम र पाठ्यपुस्तकमा समावेश गर्नु आवश्यक छ । कुनै पनि सरकारले सहिद घोषणा नगरेका ती वीर सपूत नेपालीहरूको जीवनी पढ्ने र पढाउने व्यवस्था मिलाउन सके सहिदहरूको स्मरण सधैं भइरहने छ र त्यो एक सम्मान हुनेछ ।
Leave a Reply