जारशाही संसद्मा बोल्शेभिक सांसद–३
- कार्तिक २१, २०८२

रुसमा अक्टोबर क्रान्तिको विजयपश्चात् विश्वभर माक्र्सवाद–लेनिनवादको प्रचार फैलियो । विश्वका विभिन्न मुलुकहरूमा कम्युनिस्ट पार्टी स्थापना गर्ने लहर चल्यो । चीनमा पनि चिनियाँँ जनताको क्रान्तिकारी सङ्घर्षको परिणाम सन् १९२० मा कम्युनिस्ट पार्टी अस्तित्वमा आयो । चिनियाँँ कम्युनिस्ट पार्टीको प्रारम्भिक सङ्गठन सन् १९२० अगस्तमा चीनको साङ्घाई शहरमा बनेको थियो । त्यसमा सुरुको अध्यक्ष चेन तुस्यु हुनुहुन्थ्यो । सोही वर्षको अक्टोबरमा लि ता चाओ महासचिव बने । सन् १९२० को शरददेखि सन् १९२१ को वसन्तसम्म चीनको उहान, चाङ्सा, चिनान, र क्वान्चाउमा पार्टी सङ्गठन विस्तार भयो । युरोप र जापानमा पनि चिनियाँ विद्यार्थी र चिनियाँ नागरिकहरूलाई समेटेर कम्युनिस्ट पार्टीका सङ्गठनहरू गठन भए ।
औपचारिकरूपले चिनियाँ कम्युनिस्ट पार्टी गठन गर्न सन् १९२१ जुलाई २३ का दिन चीनका विभिन्न क्षेत्रबाट १३ जना प्रतिनिधि साङ्घाई सहरमा भेला भए । उक्त भेलाले कम्युनिस्ट पार्टीको नाम र कार्यक्रम तर्जुमा गरी नेतृत्वकारी अङ्गहरूको निर्वाचन गरे । भेलाले माक्र्सवाद, लेनिनवादलाई सैद्धान्तिक आधार मानेर सङ्गठित र सङ्घर्षशील चिनियाँ कम्युनिस्ट पार्टी गठन ग¥यो ।
सन् १९२१ मा ५० जना सदस्य मिलेर गुप्त रूपमा गठन भएको चिनियाँ कम्युनिस्ट पार्टी अहिले ५.१८ मिलियन (५१ लाख ८० हजार) प्रारम्भिक सङ्गठन र १०० मिलियन
(१० करोड) सदस्य रहेको १.४१२ विलियन (करिब १ अर्व ४१ करोड) जनता भएको मुलुकको शासन सम्हाल्ने महान पार्टीको रूपमा विकास भएको छ ।
गाउँबाट शहर घेर्ने नीति
आफ्नो स्थापनाकालदेखि चिनियाँ कम्युनिस्ट पार्टी अनेक घुम्ती मोडहरूमा आउन सक्ने जोखिमलाई मध्यनजर गरी सजगताका साथ अगाडि बढ्यो । माओ त्सेतुङ्ले पार्टीको साङ्गठनिक विकासलाई नवीन ढङ्गले अगाडि बढाउनुभयो । माओ त्सेतुङले ‘गाउँबाट शहरलाई घेरा दिई सैनिक शक्तिद्वारा राजनैतिक शक्ति कब्जा गर्ने’ नीति निश्चित गर्नुभयो । त्यतिबेला चीनको अर्थतन्त्रमा कृषिको ९० प्रतिशत योगदान रहेको थियो । ग्रामीण क्षेत्रमा छरिएर रहेका साना उत्पादकहरूबाट हुने कृषि उत्पादन पूर्ण स्वतन्त्र र आत्मनिर्भर थियो । वस्तुहरूको पुँजीवादी उत्पादन ठूला शहरहरूमा मात्र केन्द्रित थियो । त्यसको योगदान अत्यन्त कम थियो । त्यतिबेला चीनका शासक वर्ग शहरी क्षेत्रमामात्र राजनैतिकरूपले शक्तिशाली थियो भने ग्रामीण क्षेत्रमा कमजोर थियो । यही राजनीतिक र आर्थिक उबडखाबडलाई अध्ययन गरेर चिनियाँ कम्युनिस्ट पार्टीले साना पुँजीपति वर्ग र किसानहरूको नेतृत्व गर्दै ग्रामीण क्षेत्रबाट क्रान्ति सुरु गर्न सैन्य सङ्घर्षलाई अगाडि बढाउने निधो ग¥यो । शत्रुको कमजोर उपस्थिति भएको ठाउँलाई क्रान्तिको आधार क्षेत्र तयार पार्ने नीति चिनियाँ कम्युनिस्ट पार्टीले लिएको थियो ।
सानवानमा सैन्य टुकडीको पुनः सङ्गठन
सन् १९२७ को सेप्टेम्बर ९ मा माओ त्सेतुङ्ले शरदको बाली काट्ने विद्रोह सुरु गर्नुभयो । सेप्टेम्बर २९ मा विद्रोही सेनाको टुकडीलाई पुनःसङ्गठनको निम्ति सियाङ्सी प्रान्तको सानवानमा लगियो । पुनःसङ्गठनको क्रममा कम्युनिस्ट पार्टीका सङ्गठनहरूलाई सेनाका विभिन्न तहमा समाहित गरियो । समानता र प्रजातान्त्रिक ढङ्गले पुराना अधिकृत र सिपाहीहरूको सम्बन्ध स्थापित गरियो । सानवानमा पुनर्गठनपछि, सन् १९२७ अक्टोबरको अन्तिममा माओ त्सेतुङ्ले नेतृत्व गरेको सैनिक टुकडी सियाङ्सी प्रान्तको सिङ्गाङ्ग पहाडमा पुगेर क्रान्तिकारी आधार बनाउन सुरु ग¥यो । ग्रामीण क्षेत्रमा क्रान्तिकारी आधार क्षेत्रहरूको स्थापना र विकासले चिनियाँ क्रान्तिको विजयको निम्ति मार्गप्रशस्त गर्ने काममा दूरगामी प्रभाव पा¥यो । यो चिनियाँ कम्युनिस्ट पार्टीलाई आफ्नो काम शहरबाट गाउँमा केन्द्रित गर्ने मौका पनि थियो । माओ त्सेतुङ्ले सन् १९२९ मा फुजियान प्रान्तको साङ्गसा काउन्टीको गुसियान गाउँमा सम्पन्न लालसेनाको चौँथो तथा नवौँ पार्टी अधिवेशनमा होसियारीपूर्वक दुर्गम क्षेत्रमा कसरी पार्टी सङ्गठन र सेना तयार पार्ने भन्ने विषयमा आफ्नो विचार प्रस्ताव गर्नुभयो ।
पार्टीको साङ्गठनिक संरचना
चिनियाँँ कम्युनिस्ट पार्टीले सन् २००२ मा आफ्नो १६ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेर हु चिन्ताओलाई महासचिव चयन ग¥यो । सन् २००७ मा सम्पन्न पार्टीको १७ औँ राष्ट्रिय महाधिवेशनले चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा केही संशोधन ग¥यो । चिनियाँ कम्युनिस्ट पार्टीमा केन्द्रीय, स्थानीय र प्रारम्भिक गरी तीन तहका संरचनाहरू छन् । पार्टीको सर्वोच्च निकाय राष्ट्रिय काङ्ग्रेस र त्यसबाट निर्वाचित केन्द्रीय समिति हो । यसको उच्च नेतृत्वकारी अङ्ग र प्राथमिक सङ्गठनहरूबिच स्थानीय सङ्गठनहरू रहन्छन् । प्रारम्भिक सङ्गठन उद्यमी, गाउँ, सरकारी निकाय, विद्यालय, वैज्ञानिक अनुसन्धान संस्था, सहरी समुदाय, जन सङ्गठन, जनमुक्ति सेनाका कम्पनी र अन्य आधारभूत एकाइहरूबाट गठन हुन्छ । चिनियाँ कम्युनिस्ट पार्टीको प्रारम्भिक सङ्गठन कम्तीमा ३ जना पूर्ण पार्टी सदस्यहरूबाट गठन हुन्छ । केन्द्रीय समितिको आह्वानमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रत्येक पाँच वर्षमा एक पटक हुने गर्दछ । यदि केन्द्रीय समितिले आवश्यक ठानेमा वा प्रादेशिक तहका एकतिहात्न्दा बढी सङ्गठनहरूले अनुरोध गरेमा सामान्य समत्न्दा अघि पनि राष्ट्रिय महाधिवेशन बोलाउन सकिने प्रावधान छ । विशेष परिस्थितिमा बाहेक अन्य समय काङ्ग्रेसको राष्ट्रिय महाधिवेशन सार्न सकिँदैन ।
राष्ट्रिय काङ्ग्रेसले केन्द्रीय समितिको प्रतिवेदन सुन्ने र परीक्षण गर्ने, अनुशासन निरीक्षणका लागि केन्द्रीय आयोगको प्रतिवेदन सुन्ने र परीक्षण गर्ने, पार्टीसँग सम्बन्धित मुख्य प्रश्नहरूमा छलफल र निर्णय गर्ने, पार्टीको विधान संशोधन गर्ने, केन्द्रीय समिति निर्वाचित गर्ने, अनुशासन निरीक्षणका लागि केन्द्रीय आयोगको निर्वाचन गर्ने काम गर्दछ ।
प्रादेशिक काङ्ग्रेस, स्वायत्त क्षेत्र, प्रत्यक्ष्ँ रूपमा केन्द्रीय समितिको मातहत रहेका नगरपालिका, जिल्लामा विभाजित सहर वा स्वायत्त प्रान्तको महाधिवेशन प्रत्येक पाँच वर्षमा एकपटक हुने गर्दछ । पार्टी काङ्ग्रेसको काउन्टी, स्वायत्त काउन्टी, जिल्लामा विभाजित नभएका सहरहरू वा जिल्लाका नगरपालिकाको पार्टी महाधिवेशन प्रत्येक पाँच वर्षको एकपटक हुन्छ । सम्बन्धित स्थानीय तहका पार्टी समितिहरूद्वारा स्थानीय पार्टी काङ्ग्रेस बोलाइन्छ । विशेष परिस्थितिमा माथिल्लो पार्टी समितिको सिफारिसले स्थानीय पार्टी काङ्ग्रेसको मिति अघि पछि सार्न सकिन्छ ।
(झाङ्ग रोङ्चेनद्वारा लिखित The Communist Party Of ChinaM Its Organizations And Their Fucntions पुस्तकमा आधारित)
२०८२ वैशाख ७ गते
Leave a Reply