क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
सिक्किमको संसद््को अत्यन्त ठुलो बहुमतले भारतमा विलयको निर्णय गरेको थियो । केरलाको पहिलो नम्बुदरीपादको सरकारलाई राष्ट्रपति शासन वा आपत्काल लागु गरेर हटाए जस्तै आफ्नै संविधान, आफ्नै झन्डा र आफ्नै संसद्् भएको काश्मिरको संसद््लाई प्रम मोदीले असंवैधानिक ढङ्गले विघटन गरे । भारतीय संसद््ले काश्मिरको विशेषाधिकार उल्लिखित भारतीय संविधानको धारा ३७० निलम्बनको घोषणा गर्नुअगाडि नै काश्मिरका मुख्यमन्त्री र सांसदलगायत राजनैतिक नेता, कार्यकर्ता, व्यापारी एवम् शिक्षाकर्मी आदिलाई हजारौँ हजार थप सेना, सशस्त्र प्रहरी र गुप्ती प्रहरी पठाएर कैद गरेर काश्मिरलाई विशाल कारागारमा परिणत गरियो ।
टेलिफोन, इन्टरनेट र सम्पूर्ण सञ्चार सेवा नयाँ दिल्लीबाट नियन्त्रण गरियो, आवतजावत बन्द गराइयो, कफ्र्यु लगाइयो; अर्काे शब्दमा भारतीय सेना परिचालन गरी काश्मीरलाई आफ्नो कब्जामा लिइयो । त्यो एक प्रकारले मौन तर सशस्त्र कारबाहीको माध्यमबाट काश्मीरलाई पूर्णरूपले भारतमा मिलाइयो । भारतीय काङ्ग्रेस पार्टी होस् वा भाजपा, शासकवर्गको स्वार्थ छिमेकीलाई आफैमा समाहित गराउने हो† त्यसको नाम विलय होस् वा आक्रमण !
पहिलो विश्वयुद्धपछि इटालीका मुसोलिनीले ‘रोमको गौरव’ फर्काउन क्याथोलिक चर्चको आशीर्वाद पाएर राष्ट्रिय एकता वा फासीवादको नारा दिए । शिवसेनाजस्तै अर्धसैनिक दल खडा गरी रोम कब्जा गरे र धर्मको नाममा छिमेक अनि अफ्रिकाको अबेसिनिया कब्जा गरे; मोदीले काश्मिर कब्जा गरे । मुसोलिनीको सिको गर्दै जर्मनीमा हिटलरले मौलिक र राजनैतिक अधिकार खोसे, दलहरूमाथि प्रतिबन्ध लगाए; जेलमा थुने; जर्मन जातिको पवित्र आर्य रगतले संसारलाई शासन गर्ने नैतिक अधिकार भएको घोषणा गर्दै षड्यन्त्रमूलक ढङ्गले छिमेकी देशहरू कब्जा गर्दै गए । आखिरमा दोस्रो विश्वयुद्ध भयो; करोडौँ जनधनको क्षति भयो ।
संरा अमेरिकाले भारत र मोदीलाई अगाडि सारी काश्मिरको पुरानो गौरव हिन्दू राज्य मासेर भारतमा हिन्दू साम्राज्यको पुनः स्थापनार्थ अन्य जनजाति, भाषाभाषी, धर्म र दलितको विरुद्धमा अन्धराष्ट्रवाद एवम् बडाराष्ट्र अहङ्कारवाद फैलाउँदै छ । अन्तर्राष्ट्रिय अदालतको आँखा छल्न संरा अमेरिकाले ज्यान सजाय दिनुपर्ने फासीवादी र नाजीवादीहरूलाई विभिन्न देशमा लुकाएर राख्यो । तिनीहरूकै शिष्यहरूलाई भारतमा सल्लाहकारको रूपमा पठाई भाजपामार्फत दक्षिण एसियामा फासीवाद र नाजीवाद थोपर्न लागेको छ । यसको सबैले समयमै प्रतिकार गर्नु आवश्यक छ ।
स्रोत : सम्पादकीय सङ्कलन
Leave a Reply