भर्खरै :

लम्किचुहामा प्रशिक्षण

लम्किचुहामा प्रशिक्षण

कैलाली, ५ जेठ । नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा १३५ औँ हो चि मिन्हको जन्म जयन्तीको अवसरमा सोमबार अध्ययन गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाही, रमेशकुमार रावल, जीएस र गगन थापाले हो चि मिन्हको जीवनी र भियतनामी क्रान्तिबारे बोल्नुभएको थियो ।
उहाँहरूले समाजवादी आचरण, साङ्ठनिक जीवनमा आलोचना र आत्मालोचनाको महत्व र समाजवादी क्रान्ति विषयमा बोल्नुभएको थियो ।
त्यस्तै नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ लम्किचुहा न.पा. वडा नं.४ अम्मरपुर एकाइ समितिको आयोजनामा आइतबार प्रशिक्षण कक्षा सञ्चालन भयो ।
प्रशिक्षण कक्षामा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले मानिस भनेको विश्वासिलो हुनुपर्ने र सही बाटोमा लाग्नुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा कैलाली अध्यक्ष रमेशकुमार रावलले सुदूरपश्चिम प्रदेशमा भारतसँग जोडिएका जिल्लामा भारतले सीमा अतिक्रमण गरेको ठाउँको बारेमा विद्यार्थीलाई जानकारी गराउनुभयो ।
नेपाल कर्मचारी सङ्घका सदस्य डी.एस. ले आदिम साम्यवादबाट सुरु भएको मानव समाजको विकास पछि गएर वैज्ञानिक समाजवादी व्यवस्थासम्म पुग्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *