रसुवामा बाढी : भक्तपुर जिल्लाका २८ व्यक्ति सम्पर्कविहीन
- भाद्र १२, २०८३
भक्तपुर, ११ भदौ । इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नियमित सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भक्तपुरको औद्योगिक क्षेत्रस्थित प्रसिद्ध कालदहमा सरसफाइ गरेको छ ।
धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण यस कालदहमा स्नान गर्दा गोसाईकुण्डमा स्नान गरे सरहको पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । ऐतिहासिक र धार्मिक महत्व बोकेको स्थलको संरक्षणका लागि भ.न.पा. को ‘एक संस्था, एक सम्पदा’ अभियानअन्तर्गत यस संस्थाले विगतदेखि नै कालदहलगायत र हाकुफोहिटि, इन्द्रायणी पीठ क्षेत्रमा नियमित रूपमा सरसफाइ गर्दै आएको छ ।
यस वर्ष पनि स्थानीय बासिन्दा, संस्थाका सञ्चालक समिति, उपसमिति, सस्थापक सदस्यहरूको सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा संस्थापक अध्यक्ष इन्द्र देउपालाले सहकारीले आर्थिक कारोबार र लाभांश वितरणमा मात्र सीमित नरहेर समाजप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । हाम्रो संस्थाले सामाजिक कार्यअन्तर्गत सामाजिक तथा सांस्कृतिक सम्पदाको जगेर्ना मात्र नभई बाजा, बाँसुरीलगायतका मौलिक सांस्कृतिक तालिम तथा सदस्यहरूलाई आत्मनिर्भर बनाउने व्यावसायिक तालिमसमेत नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।
Leave a Reply