युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
विज्ञान र प्रविधिको विकास सँगसँगै समाज र व्यक्तिको व्यवहार, सोचाइ, चिन्तनलगायतको विषयमा व्यापक परिवर्तन आउनु स्वाभाविक हो । सामाजिक प्राणी जहिले पनि कठिनाइबाट सधैँ सरलतातिर जान खोज्छ । यही क्रममा आफ्नो दैनिकीलाई सहज, सरल र कम समयमा मानिसहरू जीवनलाई गुणस्तर बनाउन प्रयासरत हुन्छन् । मानिसहरूले आफ्नो अधिकतम सुख सुविधाका लागि नयाँ प्रविधिको खोज, अनुसन्धान गरिरहेका हुन्छन् । तर, नतिजा भने सधैँ उपयुक्त र फलदायी हुन्छ भन्ने हुँदैन । समुद्र मन्थनमा पनि अमृतदेखि घातक विषसमेत प्राप्त भएको कथा सुन्न पाइन्छ । नेपाली समाजमा विभिन्न कालखण्डमा घटेको घटनाले त्यसलाई अझ राम्रोसँग बुझ्न सजिलो भएको छ ।
जनताको व्यापक आन्दोलन, विरोध र सङ्घर्षबाट अन्त्य भएको राजतन्त्र आजको आवश्यकता हो भन्नु ब्यर्थ छ । जनता व्यापक भ्रष्टाचार, आर्थिक अनियमिततालगायतको विरोधमा छन् । जनताले आफ्नो हक र अधिकारको लागि आन्दोलन गरिरहेका छन् । जनता निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य उपचार, रोजगारी आदि चाहन्छन् । जनता वास्तवमा समाजवादी गणतन्त्र चाहन्छन् । जनताका यावत् समस्या तबमात्र पूरा हुन्छ जब समाजवादी गणतन्त्रको स्थापना हुन्छ ।
‘मानो रोपेर मुरी फलाउने’ यो समयमा ‘नौतङ्की’ देखाएर जनतामा भ्रम पैदा गर्नु आवश्यक छैन । नेपाली जनताले करिब २५० वर्षभन्दा लामो सामन्ती व्यवस्था र ३–४ दशक लामो पुँजीवादी व्यवस्था हेरेका छन्, बुझेका छन् ।
दैनिक ५० लाख कमिसन, भुटानी शरणार्थी र गिरिबन्धुको सरकारी जग्गा हिनामिना आदि विषयमा खोजीनीति गरी कारबाहीको प्रक्रिया अघि बढाउनुपर्छ भन्ने माग जनताको हो ।
पत्रकारलाई घरभित्र थुनेर आगो लगाएर हत्या गर्नु, सामान्य सवारीचालकलाई गोली हानि हत्या गर्नु, औषधि कारखाना आगो लगाउनु के विदेशीले पालेका भुस्याहा कुकुरहरूले आफ्नो मालिकप्रति देखाएको बफादारी होइन ?
किसानले मल नपाएर हजारौँ रोपनी जग्गा बाँझो छ । सिँचाइको अभाव छ । माध्यमिक तहसम्म निःशुल्क शिक्षा छैन ।
नेपालको संविधानको धारा १७ ले शान्तिपूर्वक भेला र जुलुस गर्ने स्वतन्त्रता दिएको छ । तर, यस हकको गलत प्रयोग गर्ने अधिकार कसैलाई छैन । यस हकको गलत प्रयोग गर्नु गलत हो ।
जनताको इच्छा, भावनाविपरीत गलत कार्य गरेमा त्यस सरकार वा प्रतिनिधि परिवर्तन गर्ने हैसियत जनताले राख्छ । त्यसकारण, यसको विकल्प राजतन्त्र हुनसक्दैन । बरु, यस व्यवस्थामा भएको गलत क्रियाकलाप भ्रष्टाचारलगायतको विकृति रोक्न आवाज उठाउनुपर्छ । सरकारलाई जवाफदेही, सुशासन र पारदर्शी बनाउन हामीले आवश्यक कदम चाल्नुपर्छ ।
Leave a Reply