अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
९ वर्षअघि छाउपडीको विषयमा अध्ययन गर्न जाँदा आछामका एक पुजारीले भने, “प्रथमेहनी चाण्डाली, द्वितीय ब्रह्मघातिनी, तृतीय रजकी पोकतः चतुर्थेहनी शुद्धयति ।”
अर्थात्, महिनावारीको पहिलो दिनकी महिला अति दुष्ट वा क्रुर कर्म गर्ने जातकी चण्डाल्नीझैँ घृणित हुन्छे । महिनावारीको दोस्रो दिनकी महिलालाई ब्रह्महत्या गर्ने सरहकी अपराधी भनिएको छ भने तेस्रो दिनमा नुहाएकी रजोवती महिला धोबिनी सरह मानिन्छे । चौथौ दिन नुहाइधुवाइ गरी चोखो कपडा लगाएर गाईको गहुँत खाएपछि मात्र महिनावारी भएकी महिला शुद्ध हुन्छिन् ।
यस्तै विचारहरूको कारणले नै सुदूरपश्चिम र कर्णालीमा महिलालाई छाउ गोठमा राखिन्छ । उनीहरू यस्तो अमानवीय संस्कृति चुपचाप अपनाइरहेका छन् ।
अछाम, रिडीकोटकी शर्मिला मुलको छाउगोठमा आगो बालेर रात बिताउँदा मृत्यु भयो । सन् २०१३ अप्रिलमा कालीकोटको गेलामा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भइन् । बझाङको रिठापाडामा सन् २०१० मा १८ वर्षीय दिव्यश्वरीको सर्पले टोकेर मृत्यु भएको थियो । चिसो र अँध्यारो ठाउँमा पराल राख्न प्रयोग गरिएको ठाउँमा बनाएको छाउगोठमा बस्दा, सर्पले घाँटीमा डसेपछि दिव्येश्वर चिच्याएकी थिइन् ।
अध्ययन गर्ने क्रममा हामीले यस्ता दर्दनाक घटना धेरै थाहा पायौँ । तर, अचम्म लाग्छ, २०६७ साल वैशाख १९ गते सर्वोच्च अदालतले गरेको निर्णय कतै पनि पालना भएको छैन ।
‘महिलालाई छाउ गोठमा पठाउने प्रयासलाई कुरीति घोषणा गर्नुपर्ने र स्वास्थ्य मन्त्रालयले चिकित्सकहरू समेत भएको एक अध्ययन समिति बनाई यस प्रथाबाट महिला र बालबालिकामा पर्ने असर तथा समाधानको उपाय पहिचान गर्नुपर्ने’ जस्ता शब्दहरू कतै हराए ।
छाउपडीका विषयमा स्वास्थ्य मन्त्रालय सुतिरहेको छ । छाउपडीका कारण महिला र किशोरीहरूको प्रजनन र मानसिक स्वास्थ्यमा के असर पर्छ होला ? भनी सुदूरपश्चिम र मध्यपश्चिमका स्वास्थ्यकर्मीहरूलाई मैले सोध्दा उत्तर थियो, “खोई त्यस्तो समस्या लिएर त कोही आएको छैन । महिलाको स्वास्थ्यमा छाउ गोठमा बसेर खासै असर परेको छैन ।”
त्यस्ता कुराले हामी स्वास्थ्यकर्मीहरू समस्याप्रति कति अनभिज्ञ र असंवेदनशील छौँ भनेर देखाउँछ । किनभने, काठमाडौँमा महिनावारी भएको बेलामा पौष्टिक खाना खानुपर्छ; सफा प्याड प्रयोग गर्नुपर्छ† आराम गर्नुपर्छ भनेर सिकाउने हामीहरू जब किशोरी र महिलाहरू अप्ठ्यारो, फोहोर कुनामा, गाई र भैँसीसँगै बस्छन्, उनीहरूको स्वास्थ्यमा केही असर पर्दैन भन्ठान्छौँ ।
एक जना वृद्धाले सुदूरपश्चिममा भनेकी थिइन्, “मलाई त छाउ हुने बेला आएपछि पिर पर्न थाल्थ्यो । वर्षात्को बेलामा त कुन गोठ चुहिँदैन भनेर खोज्नुपथ्र्यो । गाउँका धेरै महिला एकै चोटी छाउ हुँदा त गोठमा पनि बस्न गा¥हो हुन्थ्यो । चुहिने गोठमा बस्दा बस्दा घरका मानिससँग छाता माग्दा, ‘तिमी छाउपडीलाई छाता चाहिने ?’ भनेर हप्काउँथे । जाडो र वर्षामा धोएको लुगा नसुकेर घरका मानिससँग सुकेको लुगा माग्दा ‘तिमी छाउपडीलाई किन सुकेको लुगा चाहियो ?’ भन्थे । धेरै जना महिला एकै ठाउँमा बस्दा खुट्टा तन्काउने ठाउँ पनि हुँदैनथ्यो । एकचोटी छाउ भएको बेला बारीमा बसेर घरबाट ल्याएको खाना खाँदै थिएँ† बेस्सरी पानी प¥यो । थालभरि पानी भयो । त्यो दिन गोठमा पानीले भिज्दै भोकै सुत्नुप¥यो ।”
छाउगोठका यस्ता दर्दनाक कहानीले पनि हाम्रा नीति निर्मातालाई छुँदैन । उनीहरू ‘वास्तवमा छाउपडी प्रथा हटिसकेको छ† खाली तिमीहरू नभएको कुरा मात्र लेखिरहन्छौ’ भनेर गैरजिम्मेवार बन्छन् ।
सुदूरपश्चिमका एक जना वामपन्थी नेताले मलाई झपारेका थिए, “तिमी केही महिलासँग पहिलेको कुरा गरेर नेपालमा छाउपडी प्रथा छ भनेर लेख्छ्यौ । म पनि मध्यपश्चिममा गएको छु । आजकाल त गाउँमा छैन यो प्रथा ।”
मैले भनेँ, “तपाईँ हेलिकोप्टर चढेर वा मोटरमा सदरमुकामसम्म जानुहुन्छ अनि कहाँ देख्नुहुन्छ यस्ता छाउपडी । मोटर नपुग्ने ठाउँमा, दुई दिन हिँडेर जानुपर्ने ठाउँमा गएर हेर्नुहोस् त ¤ कति महिला पीडित छन् ।”
यो उत्तर ती वामपन्थी नेतालाई मात्र होइन, सुदूरपश्चिमका सबै राजनीतिक दलका नेताहरूलाई हो ¤
महिलाविरुद्धको हिंसामा बोल्ने नेताहरू कृपया एक चोटी यी महिलाको दुःख बुझिदिनुहोस् ¤ सर्वोच्च अदालतका माननीय न्यायाधीशहरू तपाईँहरूले २०६७ सालमा गरेको फैसलालाई सरकारले कसरी अपमान गरेको छ, हेरिदिनुहोस् !
महिला अस्तित्वमाथि प्रहार गर्ने र महिला हिंसालाई बढावा दिने छाउपडी प्रथालाई रोक्न कसलाई गुहार्ने होला महिलाहरूले ! दलका नेता, न्यायाधीश र नीति निर्माणकर्ताले सुनेनन् र बुझेनन् भने के यहाँका महिलाहरू सर्पले टोकिएर, चिसोबाट कठ्याङ्ग्रिएर, सानो शिशुको मृत्यु भएको हेरेर बसिरहने कहिलेसम्म ! आउँदो ५ सय वर्षसम्म ?
Leave a Reply