भर्खरै :

पुँजीवादी सरकारको नेतृत्व गरेर समाजवाद कहिल्यै आउँदैन

  • जेष्ठ १८, २०८२
  • गौरव प्रधान
  • विचार
पुँजीवादी सरकारको नेतृत्व गरेर समाजवाद कहिल्यै आउँदैन

साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरू समाजवादलाई कमजोर बनाउन, पतन गराउन लागिरहनु उनीहरूको चरित्र नै हो । तर, जब जब साम्राज्यवादी र प्रतिक्रियावादीहरू आक्रमण, हस्तक्षेप तथा दमनमा उत्रन्छन् तब तब साम्राज्यवादविरोधी शक्तिहरू एकजुट हुन थाल्छन् अनि एककण्ठले साम्राज्यवादको विरोध गर्छन् । समाजवादलाई कमजोर बनाउन उनीहरू लागेपछि इतिहासको प्रवाहलाई उनीहरूले उल्टाउन सक्दैनन् । क्रान्तिकारी शक्तिहरू अझ बलिया भएर सङ्घर्ष गर्न अघि सर्छन् । विश्वका क्रान्तिकारी पार्टी र जनताको सङ्गठित सङ्घर्षले नै समाजवाद हासिल गर्नेछ र जनताको आधारभूत आवश्यकता पूर्ति गर्नेछ । यस कार्यमा अगाडि बढ्ने देशमध्ये प्रजग कोरिया पनि एक हो ।
प्रजग कोरियाले समाजवादलाई जनताको प्राण सम्झेको छ । प्रजग कोरियामा समाजवादलाई बचाएमा विजय र समाजवाद परित्याग गरेमा मृत्यु हुन्छ भन्ने बोलको गीत नै छ । प्रजग कोरियाको जुछे विचारधारा क्रान्ति एवम् निर्माणको मार्ग निर्देशक सिद्धान्त हो । आम जनतामा केन्द्रित प्रजग कोरियाको समाजवाद जुछे विचारधारामा आधारित छ । प्रजग कोरियाका महान् नेता किम इल सङले क्रान्ति र निर्माणको नेतृत्व गर्नुभएको थियो । प्रजग कोरियाले समाजवादको रक्षा गर्न पार्टी, नेता तथा जनताको एकतालाई सुदृढ पार्ने काम गरेको थियो । साम्राज्यवादी र पुँजीवादी शासकहरू समाजवाद या समाजवाद पक्षधर शक्ति या सरकारलाई ‘हुकुमी शासन’, ‘सैनिक शासन’ भनी अनेक आरोप लगाउँछन् । उनीहरूले प्रचार गरेको यो झूटलाई जनतामाझ उदाङ्ग्याउन समाजवादी पक्षधरहरू लाग्नुपर्छ । प्रतिक्रियावादी स्वभाव र विचारलाई उदाङ्गो पार्ने पुस्तक, लेख छापिरहनुपर्छ ।
माक्र्सवाद–लेनिनवाद एकाधिकार पुँजीवाद र साम्राज्यवाद प्रादुर्भाव हुनुभन्दा पहिलेका श्रमिकवर्गको क्रान्तिकारी प्रयोगका आवश्यकताहरू परिलक्षित गरी सृजित विचारधारा हो । श्रमिकवर्ग इतिहासमा वर्गीय मुक्ति, राष्ट्रिय स्वाधीनता र समाजवादको लागि सङ्घर्ष गर्ने शक्ति बन्यो । कम्युनिस्ट विचारधाराका पुस्तक, लेखले जनतालाई माक्र्सवाद–लेनिनवादबारे सही ज्ञान दिन सहयोग पु¥याउँछ† समाज परिवर्तन गर्न र नयाँ पुस्तालाई जागरुक एवम् उत्प्रेरित गर्न त्यो आवश्यक पनि छ । राष्ट्रपति किम इल सङको गतिशील एवम् बुद्धिमत्तापूर्ण नेतृत्वले गर्दा नै कोरियाली जनताले समाजवादी निर्माणका क्षेत्रहरूमा क्रान्तिकारी उपलब्धिहरू प्राप्त गर्न सकेका हुन् । प्रजग कोरिया बाह्य तथा आन्तरिक अवरोध एवम् कठिनाइ भएपनि समाजवादको दिशातर्फ निरन्तर अघि बढ्न सकेको हो । साम्राज्यवादी शक्तिसामु नझुक्ने प्रजग कोरियाको अडान, दृढता र आँट विश्वले सिक्नु आवश्यक छ । समाजवादको अस्थायी हार भएका मुलुकमा मात्र होइन पुँजीवादी मुलुकमा पनि समाजवादको लागि सङ्घर्ष भइरहेको पाइन्छ । सिद्धान्तरहित समाजवादलाई चोखो समाजवाद भन्न सकिन्न† जसरी नक्कली कम्युनिस्टलाई सच्चा कम्युनिस्ट भन्न सकिँदैन । अरू देशका कम्युनिस्ट पार्टी, कम्युनिस्ट नेता र कार्यकर्ताहरू समाजवाद स्थापनाको लागि जुट्छन्† देशका सामन्त, प्रतिक्रियावाद र पुँजीवादको विरोध गर्छन्† समाजवाद स्थापनाको निम्ति आधार तयार गर्छन् । तर, नेपालमा कम्युनिस्ट पार्टी भनाउँदाहरूको कम्युनिस्ट आचरणअनुसार काम भएको पाइँदैन । ठुला भनिने कम्युनिस्ट पार्टीले माक्र्सवाद र लेनिनवादको खोल ओढेर पुँजीपतिवर्गकै स्वार्थअनुसार काम गरेकोले व्यवहारतः कम्युनिस्ट पार्टीको आन्दोलन र सङ्गठन प्रभावकारी देखिएको छैन । अझ कम्युनिस्ट भनिने ठुला दलहरू नै साँचो कम्युनिस्ट पार्टी फुटाउने, नेता कार्यकर्ता तान्ने र भड्काउने काम गर्छन् ।
कम्युनिस्टहरू पुँजीवादका लागि लड्दैनन्† समाजवादका लागि लड्छन् । सरकारमा जानकै लागि, निर्वाचनमा
जित्नकै लागि कम्युनिस्टहरू कहिले प्रतिक्रियावादी, कहिले सङ्कीर्णवादी त कहिले पुँजीवादी दलसँग साँठगाँठ गर्छन् । यहाँ त ठुला कम्युनिस्ट पार्टीहरू आमूल परिवर्तनको निम्ति सङ्घर्षरत कम्युनिस्ट पार्टीलाई हराउन पुँजीवादी र प्रतिक्रियावादीहरूसँग साँठगाँठ गर्छन् । कम्युनिस्ट भनेर कम्युनिस्ट पार्टीलाई हराउन पुँजीपति वर्गसँग साँठगाँठ गर्ने कम्युनिस्टहरू सक्कली कि नक्कली ¤ समाजवादी क्रान्तिको निम्ति पूर्वाधार तयार गर्न अघि बढ्नुपर्ने कम्युनिस्टहरू सत्तामुखी र भागबन्डाको राजनीतिमा फस्छन् । ती नक्कली कम्युनिस्ट पार्टीहरूले नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाइरहेका छन् र पुँजीवादलाई झनै बलियो बनाउन सहयोग गरिरहेका छन् ।
हाम्रो देशका ‘कम्युनिस्ट’ शासकहरू कम्युनिस्टको सिद्धान्त र विचार प्रचार गर्दैनन्† कम्युनिस्टको सिद्धान्त र विचारअनुसार काम गर्दैनन् । कम्युनिस्ट शासकहरूको एउटै मात्र ध्यान यो सरकारलाई टिकाउने या टिकाउनको निम्ति नेपाली काङ्ग्रेस या अन्य पुँजीवादी पार्टीहरूसँग मिल्ने रहेको छ । सरकारको नेतृत्व गर्न पाएपछि देशघाती असमान सन्धि सम्झौता गर्न पनि पछि नपर्ने एमालेले देशमा परिवर्तन गर्ला ? देशमा समाजवादी गणतन्त्र ल्याउला ? पुँजीवादी सरकारको नेतृत्व गरेर समाजवाद कहिल्यै आउँदैन । पालैपालो सरकारको नेतृत्व गर्न पाएपछि तिनीहरूलाई समाजवाद आवश्यक नभएको हो । पुँजीवादी सरकारमा गएर वा पुँजीपतिवर्गको सरकारले गरेका दुई चार वटा सुधारले देशमा समाजवाद सम्भव छैन । अतः देशका सबै कम्युनिस्ट पार्टीहरूले समाजवादी गणतन्त्र स्थापनाको निम्ति आ–आफ्ना स्थानबाट उठ्नुपर्छ† सिद्धान्तलाई व्यवहारमा उतार्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *