अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
सन् २०२५ मे ८ को दिन मैले ‘अक्सफोर्ड युनियन’ बहसमा बोल्ने सम्मान पाएँ । बहसको विषय थियो, “यो सभा हतियार उद्योगलाई युद्धअपराधको दोषी करार गर्छ ।” विषयको पक्षमा बोल्ने मेरी सहयोद्धा थिइन् केटी गालघर लागघर । उनी न्युयोर्कस्थित प्रतिष्ठित संस्था ‘संवैधानिक अधिकार केन्द्र’ की अधिवक्ता हुन् ।
सो बहसमा मैले राखेका विचार तल दिन्छु । बहसको अन्त्यमा केटी र मैले विषयको पक्षमा बोल्यौँ भने विपक्षीले पनि आफ्नो विचार राखे । सहभागी विद्यार्थीमध्ये अधिकांशले हतियार उद्योगहरूलाई युद्धअपराधको दोषी मान्नुपर्ने पक्षमा मत जाहेर गरे ।
मेरो प्रस्तुती
अमेरिकी सेनामा म युरोप र ल्याटिन अमेरिकाको कमान्डमा थिएँ । अमेरिकी विदेश मन्त्रालयलमा मैले १६ वर्ष काम गरेँ । त्यस क्रममा मैले निकारागुआ, ग्रेनाडा, सोमालिया, उब्जेकिस्तान, किर्गिजस्तान, सियरा लियोन, माइक्रोनेसिया, अफगानिस्तान र मङ्गोलियामा काम गरेँ । यीमध्ये अधिकांश देशमा द्वन्द्व चलिरहेको थियो र हतियारको खरिदले त्यसले घिउ थपिरहेको थियो ।
अमेरिकाको सरकारी सेवाबाट मैले सन् २००३ मार्चमा राजीनामा दिएँ । इराकमा नरसंहारकारी हतियार भएको झूटो आरोपमा बुस सरकारले इराकमाथि हमला गर्ने निर्णय गरेपछि म सरकारी सेवाबाट बाहिरिएँ । बेलायतको ब्लेयर सरकार पनि त्यही झूटको पछि लाग्यो ।
आजको यो बहसमा म विषयको पक्षमा विचार राख्दै छु । अमेरिकी हतियार उद्योगका मालिक र तिनका कारिन्दाहरूलाई तिनको हतियारले गर्दा मारिएका निर्दोष जनताप्रति जवाफदेही बनाउनुपर्छ । मेरो विचार यसमै केन्द्रित रहनेछ ।
जवाफदेही हुनुपर्ने वैधानिक आधार
अन्तर्राष्ट्रिय कानुनबाट कुरा थालौँ । अन्तर्राष्ट्रिय फौजदारी अदालतले रोम संहिताको दाफा २५(३)(ग) मा युद्ध अपराधमा सहयोग वा दुरुत्साहन गर्ने (कर्पोरेटका कार्यकारीसहित) व्यक्ति अपराधका भागिदार हुन सक्छन् भनिएको छ । यसका लागि निज व्यक्तिले आफूले प्रदान गरेको साधन अपराध गर्नमा प्रयोग हुन्छ भनी थाहा पाएको हुनुपर्छ ।
यो सिद्धान्त हिजोआजको होइन । दोस्रो विश्वयुद्धमा नुरेम्बर्ग इजलासबाट यो सिद्धान्त जन्मेको थियो । त्यस इजलासमा नाजी युद्धअपराधलाई आकार दिने इजी फार्बेन र क्रुप कम्पनीका कार्यकारी प्रमुखहरूलाई पनि कठघरामा उभ्याइएको थियो । कर्पोरेटहरूको भागिदारी सैद्धान्तिक विषय मात्र होइन । यो वैधानिक नजीर हो ।
बेवास्ता गरिएका सन्धिहरू
बिक्री गरिने हतियारको न्यूनतम मापदण्ड तय गर्ने केही सन्धिहरू छन् । यिनले (युद्धअपराध मान्न सकिने) अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको गम्भीर उल्लङ्घनमा छेकबार लगाउन सक्छन् ।
तर, यसलाई व्यवहारमा ल्याउन देशले त्यसलाई सदर गर्नुपर्छ । संरा अमेरिकाले गरेको छैन ।
सन् २०१३ मा राष्ट्रसङ्घको महासभाले अस्त्र व्यापार सन्धि अङ्गीकार ग¥यो । त्यस सन्धिले विश्वभरि हुने हतियार व्यापारको न्यूनतम मापदण्ड तोक्यो । सो मापदण्डअनुसार आफूले पैठारी गर्ने हतियारबाट (युद्धअपराधलगायत) मानवअधिकार कानुनको गम्भीर उल्लङ्घन नहोस् भनेर हतियार बिक्री गर्ने मुलुकले निक्र्योल गर्नुपर्छ ।
सन् २०१३ मा संरा अमेरिकाले यो सन्धिमा हस्ताक्षर ग¥यो । तर, अमेरिकी सिनेटले त्यसलाई अनुमोदन गरेन । सन् २०१९ मा ट्रम्प सरकारले त्यो हस्ताक्षरबाट पूर्णतः बाहिरियो ।
बाइडेन सरकारले ट्रम्पको निर्णय उल्ट्याएन । उल्टो, सो सन्धिमा हस्ताक्षर गरे अमेरिकी सार्वभौम सत्तामा आँच आउँछ भन्यो । यो दाबीको वास्तविक अर्थ अर्कै थियो । वास्तवमा, मानवअधिकार कानुन लत्याउँदै जवाफदेही नबनी जहाँ र जहिले मन लाग्यो युद्ध थाल्ने आफ्नो क्षमतामा आँच आउँछ भनेको थियो अमेरिकाले ।
अमेरिकी हतियारबाट सर्वसाधारणलाई मर्न र घाइते हुनबाट जोगाउने अर्को नीति हो – परम्परागत अस्त्र स्थानान्तरण नीति । सन् १९७७ मा कार्टर सरकारले यो नीति ल्याएको थियो ।
यो नीतिले सर्वसाधारण नागरिकको रक्षा गर्नुपर्ने महत्वमा जोड दियो । यसरी अन्य हतियार प्रदायक देशभन्दा अमेरिकालाई फरक पार्न खोजियो । नीति भन्छ, “संरा अमेरिका र प्रापक देश दुवैका जनताबिच हतियार प्रसारको वैधानिक तथा जनसमर्थन हानिनोक्सानीबाट सर्वसाधारण जनताको रक्षामा निर्भर रहन्छ ।” त्यस्तै सो नीतिले सर्वसाधारणको सुरक्षालाई बढावा दिएर अन्य हतियार प्रसारक र संरा अमेरिकाबिच भिन्नता कायम गर्नुपर्छ भन्छ ।
सो नीतिले अमेरिकी हतियारलाई युद्धअपराध वा जघन्य अपराध गर्नमा प्रयोग गरिएको छ÷छैन भनी निक्र्योल गर्न कडा मापदण्ड लागु ग¥यो ।
यद्यपि, बाइडेन सरकारको पालामा त्यो प्रतिबद्धताबाट अमेरिका पछि हट्यो । संरा अमेरिकाले अहिले इजरायलले गाजामा चलाइरहेको जातिसंहार र पश्चिम किनारमा जातीय सफायालाई ठूलो सैन्य सहयोग गर्दै छ । यसरी उसले आफ्नो स्थापनामा तय भएका नीतिहरूको उल्लङ्घन गर्दै छ ।
‘नागरिक क्षति निवारण तथा प्रतिक्रिया कार्यालय’ सर्वसाधारणको मृत्यु हुने जोखिमबारे पूर्व समीक्षा गर्ने अमेरिकी निकाय हो । अहिले ट्रम्प सरकार यो निकायलाई खारेज गर्ने ताकमा छ ।
हतियार उद्योगको आकार
सन् २०२३ मा विश्वको सैन्य बजेट २४ खर्ब डलर थियो । विश्वका शीर्षस्थ हतियार कम्पनी हुन् – लकहीड मार्टिन, रेथियन (अहिले आरटिएक्स), बोइङ, नर्थरोप ग्रुमान र जनरल डायनामिक्स । यी पाँचवटै कम्पनी अमेरिकी हुन् । यिनले सुरक्षाका लागि हतियार उत्पादन गर्दैनन्† नाफाका लागि गर्छन् ।
मृत्युका व्यापारीहरूको फौजदारी इजलास
‘मृत्युका व्यापारीहरूको फौजदारी इजलास’ अधिवक्ता, विद्वान तथा नागरिक अध्येताहरूको जनसंस्था हो । विगत तीन वर्षमा यस संस्थाले बोइङ, लकहीड मार्टिन, आरटिएक्स, नर्थरोप ग्रुमान र जनरल एटोमिक्स कम्पनीविरुद्ध प्रचुर प्रमाण जम्मा गरेको छ ।
‘नागरिक इजलास’ ले प्रमाणको रूपमा पेश गर्न मिल्ने ४० वटा एकघन्टे भिडियो तयार पारेको छ । यी कम्पनीका कार्यकारीहरूलाई तिनका (सेतो फोस्फरस, क्लस्टर बम लगायत) हतियारले धेरै सर्वसाधारणलाई हानि पु¥याउने र युद्धअपराध पनि हुन सक्ने कुरा थाहा थियो । प्रमाणले यही भन्छन् ।
सन् २०२५ जनवरीमा ‘नागरिक इजरायल’ मा न्यायाधीशको पदमा आसिन दस विश्व चर्चित विज्ञले यी कम्पनीलाई युद्धअपराध, मानवताविरुद्ध अपराध र जातिसंहारमा स्वेच्छाले सहभागी भएकोमा दोषी ठह¥याएका छन् ।
वर्तमान युद्धग्रस्त क्षेत्र
हाल गाजा, पश्चिम किनार, युक्रेन, रुस र लेबननका सर्वसाधारण नागरिक यिनै कम्पनीमा बनेका हातहतियारले मर्दै छन् । लकहीड मार्टिन, आरटिएक्स, नर्थरोप ग्रमान, बोइङ र जनरल डायनामिक्सले यी स्थानमा जातिसंहार गरिँदै छ र बच्चा–बुढा नभनी जथाभावी तिनका हतियारको प्रयोग हुँदै छ भन्ने बुझ्दाबुझ्दै पनि हतियार आपूर्ति गर्दै छन् ।
अतिक्रमित प्यालेस्टिनी भूभागमा मानवअधिकारका लागि राष्ट्रसङ्घकी विदेश आयुक्त फ्रान्सेस्का अल्बानिजले सन् २०२४ मार्चको आफ्नो प्रतिवेदनमा लेखिन्, “जातिसंहार गरिएको भन्न मिल्ने पर्याप्त आधार छन् ।”
उनी र उनीजस्ता जातिसंहारका धेरै विज्ञको भनाइ किनारमा परेका धारणा होइनन् । यी धारणा अन्तर्राष्ट्रिय स्तरका व्यक्तित्वका वैधानिक बुझाइ हुन् ।
राजनीतिक भ्रष्टाचार र घुम्ने ढोका
हतियार बिक्री अन्तर्राष्ट्रिय मुद्दा मात्र नभइ अमेरिकाको घरेलु अर्थनीति पनि हो । अमेरिकाका सबैजसो राज्यमा हतियार उत्पादन हुन्छ । यिनले अमेरिकी संसद्लाई पनि हातमा लिएका छन् । हतियार उद्योगनको प्रभाव निकै गहिरो छ । चुनावमा विभिन्न दललाई दिइने चन्दा र सरकार–उद्योगबिच घुम्ने चोर ढोकाले यो प्रभावलाई प्रगाढ बनाएको छ ।
अमेरिकी सेनामा २९ वर्ष बिताएर मैले कर्नेलको रूपमा राजीनामा दिएँ । यसबिच मैले अमेरिकाको विशेष युद्धकला केन्द्रमा पढाइने थल युद्धकला र जेनिभा अभिसन्धि पढाएँ । मैले अमेरिकाको विशेष कारबाही बल तथा ८२ औँ वायुसेना युनिटलाई त्यहाँ पढाएकी थिएँ ।
अमेरिकी विदेश मन्त्रालयमा थप १६ वर्ष बिताउँदा मैले धेरै देशको नीति निर्माणमा पनि काम गरेँ । यस्ता नीति तय गर्दा हतियार उद्योगका उच्च अधिकारीका साथै अमेरिकी सरकारका युद्धसम्बद्ध अधिकारी भित्र र बाहिरबाट संलग्न हुन्छन् ।
युद्धअपराधका दोषी हतियार उद्योगलाई समाउनुको अर्थ ती उद्योगका व्यक्तिहरूलाई युद्धअपराधका दोषी मान्नु हो ।
मैले चोर ढोकाबाट यताउता गर्ने त्यस्ता धेरै व्यक्तिलाई आफ्नै आँखाले देखेकी छु । यिनीहरू युद्ध तय गर्ने सरकारका विभिन्न पदमा आसिन हुन्छन् त कहिले यिनै व्यक्ति हतियार उद्योगका उच्चअधिकारी बनेर आउँछन् । युद्धमा हतियार बेच्न दिएर यी वरिष्ठ अधिकारीहरूले करोडौँ डलर कमाउँछन् ।
नीति निर्माताहरूले तय गरेका युद्धमा हुने कारबाहीलाई युद्धअपराध मानिने अवस्थामा हतियार उद्योगका अधिकारीहरूलाई पनि ती अपराधको दोषी मान्नुपर्छ । किनभने, तिनीहरूमध्ये अधिकांश व्यक्ति भर्खरै सेनासम्बद्ध सरकारी रोजगारी गरेर आएका व्यक्ति नै हुन्छन् ।
हतियार उद्योगका उच्च अधिकारीहरू आफूलाई हतियार उत्पादनसँग मात्र सरोकार भएको र हतियारको प्रयोगमा आफ्नो केही भूमिका नहुने बताउँछन् ।
तर, हामी यी वरिष्ठ अधिकारीहरूलाई कहिले सरकारमा पसेको त कहिले निस्केर हतियार उद्योगमा काम गरिरहेको भेट्छौँ । त्यसैले प्रत्येक सरकारका युद्ध नीतिहरूमा यिनको गहिरो प्रभाव हुन्छ । सत्तामा कुन राजनीतिक पार्टी छ भन्ने कुरासँग यिनको कुनै सरोकार हुन्न ।
अमेरिकी सरकारको जवाफदेही कार्यालयको सन् २०२१ को प्रतिवेदन भन्छ – विगत पाँच वर्षमा अमेरिकाका १७ सय उच्च सरका

री अधिकारीहरू विभिन्न हतियार उद्योगका उच्च पदमा गएका थिए । यसको अर्थ प्रतिवर्ष ३०० व्यक्ति सरकारी सेवाबाट हतियार उद्योगमा गएका थिए ।
त्यस्तै ‘जिम्मेवार शासनकलाका लागि क्विन्सी संस्थान’ को नयाँ रिपोर्टले उच्चपदस्थ जर्नेल तथा एडमिरलबिच पनि यो अभ्यास भएको देखाउँछ । विगत पाँच वर्षमा ८० प्रतिशत अवकाशप्राप्त चारतारे जर्नेल र एडमिरल हतियार उद्योगका बोर्ड सदस्य, सल्लाहकार, लबी वा परामर्शदाता बन्न गएका थिए ।
उदाहरणको लागि जलसेनाका अपरेसन प्रमुख एडमिरल जोन रिचर्डसन अवकाशपछि बोइङ कम्पनीमा काम गर्न गएका थिए । अवकाशको दुई महिनापछि उनी बोइङ कम्पनीको बोर्ड सदस्य बनेका थिए । आर्थिक वर्ष २०२२ मा बोइङ कम्पनी (अमेरिकी रक्षा मन्त्रालय) पेन्टागनबाट ठेक्का पाउने छैटौँ ठूलो कम्पनी थियो । उसले पाएको ठेक्काको कूल रकम १४ अर्ब ८० करोड डलर बराबर छ ।
अवकाश लिएपछि उच्च ठेकेदारको काम गर्न गएका अर्का चारतारे अफिसर हुन् जर्नेल जोसेफ डनफोर्ड । उनी पहिले मरिन कोरमा थिए । संयुक्त चिफ अफ स्टाफको अध्यक्षको पदबाट उनले सन् २०१९ सेप्टेम्बरमा अवकाश लिएका थिए । पाँच महिनापछि उनी डनफोर्ड लकहीड मार्टिनको बोर्ड निर्देशक बनेका थिए ।
सरकारी जागिरबाट सैन्य उद्योगमा जाने अर्को चर्चित उदाहरणमध्ये एक हुन् डिक चेनी । जर्ज एच डब्लु बुशको सरकारमा रक्षामन्त्री बनेर उनले दुई ठूलो सैन्य कारबाही हुन दिएका थिए । पहिलो, सन् १९८९ मा ‘अपरेसन जस्ट कज’ भयो भने सन् १९९१ मा ‘अपरेसन डेजर्ट स्टर्म’ भयो । क्लिन्टनको सरकार छँदा उनले अवकाश लिएका थिए । त्यसपछि सन् १९९५–२००० मा उनी हेलिबर्टन कम्पनीको अध्यक्ष तथा कार्यकारी प्रमुख बनेका थिए । यो कम्पनीले यी सैन्य कारबाहीहरूमा अरबौँ डलर नाफा कमाएका थिए ।
सन् २००० मा डिक चेनी अमेरिकाको उपराष्ट्रपति पदमा निर्वाचत भए । उनी जर्ज डब्लु बुश सरकारको पालामा अफगानिस्तान र इराकमा युद्ध थाल्न मुख्य भूमिका खेल्ने व्यक्ति थिए । त्यसबेला पनि हेलिबर्टनले अमेरिकी सेनालाई सैन्य सामग्री तथा सेवा बेचेर अरबौँ डलर नाफा कमाएको थियो ।
रासायनिक अत्याचार र युद्ध अपराध
कम्पनीविशेषका अधिकारीहरूले युद्ध गर्ने तरिका र हतियार प्रयोगको तरिका तय गर्छन् । यस्तो बेला उनीहरू आफू कार्यरत कम्पनीकै हतियार प्रयोग गर्छन् । जस्तो, मोनसान्टो र डो केमिकलका वरिष्ठ अ
धिकारीहरूले उच्चपदस्थ सरकारी अधिकारीलाई स्वास्थ्यका दृष्टिले निकै हानिकारक ठहरिएको एजेन्ट ओरेन्ज प्रयोग गर्न मनाएका थिए ।
यी रसायनलाई भियतनामजस्ता देशमा भयावह रूपमा छर्किइएको थियो । यसको असरले गर्दा ५ लाखभन्दा बढी बालबालिका जन्मौटे विकलाङ्ग जन्मिँदै आएका छन् । भियतनामका तीन पुस्ताले यी रसायनको मार झेलिरहेका छ । तिनीहरू उपचार गराइरहेका अस्पताल र आरामगृहको मैले भ्रमण गरेकी छु । मैले अमेरिकी सेनाका पूर्वलडाकुहरूसँग भियतनाम घुमेँ । यी पूर्वलडाकु र तिनका छोराछोरी पनि एजेन्ट ओरेन्जले ग्रस्त थिए ।
एजेन्ट ओरेन्ज उत्पादन गर्ने कम्पनी र त्यसलाई मान्छे अनि पशुपन्छीमा प्रयोग गर्न आदेश दिने व्यक्तिहरूलाई युद्धअपराधको मुद्दा लगाउनुपर्छ ।
मान्छेले ठूलो मूल्य चुकाउनुपर्ने थाहा पाइसकेपछि पनि यी कम्पनीहरूले यसको प्रयोगको लागि लबिङ गरिरहे । यही हो साँठगाँठ र युद्धअपराध ।
माल्टामा इजरायलको बमबारी युद्धअपराध
गत दुई हप्ता म युरोपेली देश माल्टामा थिएँ । दोस्रो विश्वयुद्धको बेला यो सबैभन्दा बढी बमबारी गरिएको इलाका थियो । आज फेरि त्यहाँ बमबारी भयो ।
गत हप्ता सन् २०२५ मे २ को दिन एउटा निहत्था जहाज ‘कन्सायन्स’ माथि विष्फोटक हतियार खसालियो । बम माल्टाको समुद्री सीमानजिकै खसेको थियो । ‘कन्सायन्स’ (चेतना) आफैमा एउटा अपिल हो । गाजामा जातिसंहार र सुडानमा भोकमरी चलाइएको छ । यस्तो अपराध भइरहेको बेला यी अपराध रोक्न विश्वको चेतना परिचालन गर्नुपर्छ ।
‘कनसायन्स’ माथिको बमबारीबारे बताइहालौँ । ‘कनसायन्स’ एउटा अभियान हो । गाजाविरुद्ध इजरायलले अवैध रूपमा लगाएको नाकाबन्दी तोड्न यसका जहाजलाई प्रयोग गरिँदै छ । सन् २०१० यता म यो सङ्गठनमा आबद्ध छु । त्यो वर्ष इजरायल सरकारले एउटा निःशस्त्र जहाजमाथि आक्रमण ग¥यो । जहाजको नाम थियो माभी मारमारा । त्यसमा ६०० भन्दा बढी मान्छे सवार थिए । आक्रमणमा परेर १० व्यक्ति मारिएका थिए भने ५० जना घाइते भएका थिए । त्यो जहाजमा म पनि थिएँ । मैले एक नागरिक जहाजमा इजरायलले गरेको सैन्य आक्रमण देखेँ ।
विश्वको कुनै पनि देशले आजसम्म ‘कन्सायन्स’ जहाजमाथि गरेको बमबारीको छानबिन गर्न माग गरेको छैन । सर्वसाधारणहरू चढेको जहाजमा विष्फोटक प्रयोग गर्नु युद्ध अपराध हो । तैपनि, कुनै देशले घटनाको छानबिन गर्नुपर्ने आवाज उठाएको छैन । हामीले अनौपचारिक छानबिन ग¥यौँ । पछि हामीले विज्ञ टोलीबाट अनुसन्धान गर्नुपर्ने माग ग¥यौँ । अनुसन्धानबाट इजरायलको सी–१३० विमान माल्टातर्फ उडेको देखिएको छ । माल्टाको हवाइक्षेत्रमा प्रवेश गरे नगरेको स्पष्ट छैन । कम्तीमा माल्टाले पत्तो पाउने गरी त्यो विमान आएको थाहा लाग्यो ।
सी–१० विमानले विभिन्न हातहतियार बोक्न र खसाल्न सक्छ । यसले विष्फोटक पदार्थ बोकेका ड्रोनहरू पनि बोक्न सक्छ । ‘कन्सायन्स’ मा बसेको टोलीले जहाजमा विष्फोट हुनुभन्दा ठिक अघि जहाजमाथि आकाशमा ड्रोनहरू उडेको आवाज सुनेका थिए ।
माल्टाले सन् २०२५ अप्रिल ६ गते अनुसन्धान अधिकारी पठाएको थियो । उनी एक विज्ञ थिए । ‘कन्सायन्स’ जहाजको आधिकारिकता र हतियारका अवशेषको जाँचबुझ गर्न, सो हतियारको उत्पादक पत्ता लगाउनुका साथै हतियार प्रयोगको विधि बुझ्न उनलाई पठाइएको थियो ।
माल्टा सरकारले ‘कन्सायन्स’ का यात्रुलाई अनुसन्धाताको रिपोर्ट उपलब्ध गराएको छैन । जहाजमा हतियारको कुनै अवशेष नभेटिएको खबर छ । गाजाविरुद्ध इजरायलले लगाएको नाकाबन्दी तोड्नका लागि प्रयोग गरिएका सबै जहाजमा घातक हतियार हुने गरेको इजरायलले आरोप लगाउँदै आएको छ ।
‘गाजा फ्लोटिला’ मा बसेका १२ राष्ट्रका अभियन्ताहरू निहत्था नागरिक जहाजमा बमबारी गर्ने निकायका साथै त्यहाँ प्रयोग गरिएका हतियारका उत्पादकहरूमाथि युद्धअपराधको मुद्दा चलाउन माग गर्छन् ।
हतियार उत्पादक तटस्थ खेलाडी होइनन् । तिनले युद्धबाट नाफा कमाउँछन् । त्यसैले तिनले नीति निर्माणमा प्रभाव पार्छन् र जानाजान नरसंहारकारी हतियार आपूर्ति गर्छन् । तिनीहरूलाई जवाफदेही नबनाउने हो भने हामीले दण्डहीनतालाई सामान्य बनाउनेछौँ ।
जघन्य अत्याचारमा घिउ थप्ने कम्पनीका कार्यकारी प्रमुखहरूलाई पनि अत्याचार गर्नेहरूलाई हेरिने मापदण्डले हेरिनुपर्छ ।
(अमेरिकी सेना तथा कूटनीतिक नियोगमा काम गरिसकेकी लेखिका कर्नेल एन राइट शान्ति अभियन्ताको रूपमा क्रियाशील छिन् ।)
स्रोत : कोभर्ट एक्सन । सम्यक
Leave a Reply