भर्खरै :

लान्चाफल्चा र कमलविनायक वरपर खाद्य पसलको अनुगमन

लान्चाफल्चा र कमलविनायक वरपर खाद्य पसलको अनुगमन

भक्तपुर, २० जेठ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा लान्चाफल्चा र कमलविनायक क्षेत्रतिर खाद्य तथा फलफूल पसलहरूमा बजार अनुगमन भयो ।
अनुगमनमा त्रिदेव खाद्य स्टोलमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेबल राखेको नदेखिएको र म्याद नाघेका सामानहरू कर्न फ्लोर १ पाकेट, सचिन धनियाँ ११ पाकेट, चोको पाइ चकलेट ३ बट्टा, कच्चा मान्गो चकलेट १५ वटा, मस्कीटो लिक्विड ८ वटा, सुजि ५ पाकेट, आलुचिप्स ६ पाकेट, जिरा २ पाकेट, बट्टा मसला ९ बट्टा, मःमः र चाट मसला ३४ पाकेट जफत गरियो ।
ब्रिजेश फलफूल पसल दर्ताको कागजात नभएकोले तीन दिनभित्र पसल दर्ता गरी नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिई तराजु नापतौल विभागमा नवीकरण नभएकोले थान १ जफत गरी म्याद नाघेका सामानहरू प्राण जुस फ्रुटो २० वटा, रियल जुस ३ वटा, जिरा कुकिज बिस्कुट ७ पाकेट, केरा १ दर्जन, आँप १० केजी जफत गरी नष्ट गरियो ।
त्यस्तै मनखुस पसलमा फान्टा र स्प्राइट ३ केश म्याद नाघेको भेटिएकोले निजलाई नै नष्ट गर्न निर्देशन दिई तराजु १ जफत गरी भक्तपुर नगरपालिका कार्यालयमा तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइयो ।
दिल खुस राज फलफूल सेन्टर नवीकरण गर्न, कुहेको र बिग्रेको फलफूल १ क्रेट नष्ट गरियो भने दर्मेन्द्र दासको फलफूल पसल तीन दिनभित्र दर्ता गर्न निर्देशन दिई तराजु १ थान जफत गरी कुहेको आँप, केरा, अङ्गुर मेवा ५ बाकस जफत गरी नष्ट गरियो ।
दुर्गा फलफूल पसलमा कुहेको फलफूल अनार, आँप २ क्रेट नष्ट गरी पसल तीन दिनभित्र दर्ता गर्न निर्देशन दिई तराजु थान १ जफत गरियो ।
अनुगमन समितिका सदस्य वडाध्यक्ष श्यामकृष्ण खत्री, कार्यपालिका सदस्य रोशनमैया सुवाल, वडा सदस्य ज्ञानबहादुर मानन्धर, रीता फसिकवा, भनपा श्यानिटेसनका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेवी ब्यान्जु, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक कमलकुमार श्रेष्ठ, राजस्व कार्यालय भक्तपुरका दिवानन्द तिमिल्सिना, वाणिज्य तथा उद्योग कार्यालयका लक्ष्मीप्रसाद कासुला, भक्तपुर उद्योग वाणिज्य सङ्घका विश्वनाथ मगजुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *