आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
भक्तपुर, २८ जेठ । भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा वडामा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले नेपाल मजदुर किसान पार्टीको चुनावी घोषणापत्रअनुसार जनतालाई सहजरूपमा स्वास्थ्य सेवा विस्तार गर्न नगरपालिकाका जनप्रतिनिधिहरू निरन्तर लागिरहेको बताउनुभयो ।
आ.व. २०८२/८३ मा वडाको विकास निर्माण कार्य वडावासीहरूको सल्लाह र सुझावअनुसार गरिने बताउँदै व्यवस्थित सहर विकासको लागि भनपाले आयोजनाहरू सञ्चालन गरिरहेको छ भन्नुुभयो ।
उक्त कार्यक्रममा भनपा वडा नं. २ मा २०८२ वैशाख मसान्तसम्म जन्मदेखि १५ महिनासम्म र १५ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरूलाई नेपाल सरकारको कार्यक्रमअनुसार दिइने सम्पूर्ण खोपहरू दिइएको हुँदा भनपा वडा नं. २ अन्तर्गत पूर्ण खोप दिगोपना सुनिश्चित भएको सार्वजनिक गरियो ।
कार्यक्रममा स्वास्थ्य संयोजक डा रत्नसुन्दर लासिवाले पूर्ण खोप सुनिश्चित हुनु सकारात्मक भएको चर्चा गर्दै वर्षायामसँगै डेंगु र कोरोनालगायतका रोगहरू फैलिरहेको चर्चा गर्दै सबैमा सचेतना अपनाउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य मञ्जु लाखाजु, चिकित्सा सहायक कमलकेशरी राचजल र लक्ष्मीप्रसाद दुवालले पनि बोल्नुभएको थियो ।
स्वयम्सेवक र स्वास्थ्यकर्मीहरूद्वारा गरिएको घरधुरी सर्वेक्षणबाट सङ्कलित तथ्याङ्कअनुसार ०–१४ महिनाभित्रका १०९ जना बालबालिकाको खोप लगाउने क्रममा रहेको र १६–२३ महिनाभित्रका ८८ जना बालबालिकाहरूलाई पूर्ण खोप लगाइसकेको छ ।
Leave a Reply