आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
भक्तपुर, २९ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङमा ख्वप अस्पतालको सहकार्यमा नाक, कान, घाँटी (ENT) सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिक्षक, कर्मचारी र विद्यार्थीहरू गरी जम्मा ८२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
स्वास्थ्य परीक्षणको क्रममा सहभागीहरूलाई प्रारम्भिक परीक्षणसहित परामर्श सेवा पनि प्रदान गरिएको थियो । यो कार्यक्रम कलेजको शैक्षिक तथा स्वास्थ्य संवेदनशीलता अभिवृद्धिको दिशामा एक महत्वपूर्ण प्रयासको रूपमा लिइएको छ ।
कार्यक्रमपछि प्राचार्य ई. सुनिल दुवालले ख्वप अस्पतालको सम्पूर्ण टीमलाई सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै यस्ता स्वास्थ्य सेवा कार्यक्रमले शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई लाभ पुग्ने र भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Leave a Reply