जारशाही संसद्मा बोल्शेभिक सांसद–३
- कार्तिक २१, २०८२

गत शुक्रबार इजरायलले इरानमाथि आक्रमण गरेर सार्वभौमिकतामाथि चुनौती दिएको छ । इजरायलले ‘अपरेसन राइजिङ लायन’ अन्तर्गत इरानका प्रमुख आणविक र सैन्य स्थानहरूमा व्यापक आक्रमण ग¥यो । यसमा २०० भन्दा बढी लडाकु विमान, ड्रोन, साइबर ह्याकरहरू र गोप्य कमान्डोहरू प्रयोग गरिएका थिए । नातान्जजस्तो संवेदनशील यूरेनियम प्रशोधन केन्द्रमा आक्रमण गरिनु इरानको राष्ट्रको मुटुमै प्रहार गर्नु हो । यस आक्रमणमा उच्चपदस्थ इरानी सेनानीहरू र वैज्ञानिकहरू मारिएका छन् । इजरायलले इरानमा हालै गरेको आक्रमणको परिणामस्वरूप जनधनको ठुलो क्षति भएको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई दिएको बयान सहित आधिकारिक इरानी स्रोतहरूका अनुसार, आक्रमणमा ७८ जनाको मृत्यु भएको थियो र ३२० भन्दा बढी घाइते भएका छन् । मृतकहरूमा कमान्डर र आणविक वैज्ञानिकहरू सहित धेरै उच्च पदस्थ इरानी सैन्य र सुरक्षा अधिकारीहरू रहेका छन् । संवेदनशील सैन्य र रणनीतिक स्थलहरूमा भएको आक्रमणले इरानभित्र व्यापक चिन्ता निम्त्याएको छ । इरानी नेताहरूले यसलाई “युद्धको घोषणा” भनेर प्रतिक्रिया दिएका छन् । यस्तो सिधा आक्रमणले इरानलाई प्रतिक्रिया दिन बाध्य बनाएको छ ।
इरानले रातो झन्डा फहराएको छ । विशेष गरी शिया सम्प्रदायमा इस्लामिक परम्पराअनुसार जब कुनै मस्जिदको छानामा रातो झन्डा फहराइन्छ† त्यो बदला लिने सङ्केतको रूपमा बुझिन्छ । खास गरी निर्दोष व्यक्तिको हत्या भएमा यो झन्डा फहराइन्छ† जसले ‘रगतको बदला रगत’ भन्ने भाव प्रकट गर्छ । अघिल्ला वर्षहरूमा इरानी नेता कासिम सुलेमानीको हत्यापछि रातो झन्डा फहराइएको थियो । अहिले इजरायलले इरानको आणविक केन्द्रमा सिधा आक्रमण गरेपछि यो सङ्केत फेरि देखिने सम्भावना छ । इरानले कडा बदला लिने तयारी गरेको सङ्केतअनुसार शनिबार इरानले गरेको हमलामा इजरायलमा कम्तीमा तीन जना सर्वसाधारणको मृत्यु भएको छ† जसमा राजधानी तेल अभिभमा एक महिला र मध्य क्षेत्रका दुई पुरुष रहेका छन् । क्षेप्यास्त्र र ड्रोन आक्रमणमा २० जनाभन्दा बढी घाइते भएका छन् । आक्रमणमा तेल अभिभ र जेरुसेलमजस्ता प्रमुख शहरहरूलाई लक्षित गरिएको थियो ।
हरेक युद्धविराम आफूले गरेको भनेर जस लिन खोज्ने ट्रम्पको अभिव्यक्ति इजरायलको पक्षमा स्पष्ट समर्थन रहेबाट युद्ध अझै भड्किने सम्भावना छ । डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमणपछि इजरायलको पूर्ण समर्थन जनाउँदै इरानलाई चेतावनी दिएका छन्, “यदि अब पनि सम्झौतामा आउन मानेन भने अझ बढी कठोर आक्रमण हुनेछ ।” उनले भनेका छन्, “परमाणु सम्झौताको विरोध गर्ने कट्टरपन्थी नेताहरू सबै हटाइसकिएको छ ।” यसबाट स्पष्ट हुन्छ इजरायलको कार्यमा पूर्णरूपमा ट्रम्प सहमत छन् । ईरान र इजरायलबिचको द्वन्द्वका कारण अब विश्व बजारमा तेलको मूल्य वृद्धि हुन्छ किनभने मध्यपूर्व क्षेत्र विश्वकै मुख्य तेल उत्पादक क्षेत्र हो र त्यहाँको अस्थिरताले आपूर्ति रोकिने डर बढेको छ । तेलको मूल्य बढ्दा महँगो मूल्यमा तेल बेचेर अमेरिकाजस्तो तेल निर्यात गर्ने देशलाई ठुलो फाइदा हुने छ । एउटै ढुङ्गाले दुई सिकार भनेजस्तै आफ्नो शत्रु देश इरानलाई हानि पु¥याउन सक्ने र आफूलाई आर्थिक रूपमा पनि फाइदा हुने भएकाले अमेरिकाले यो द्वन्द्व अझै चर्कियोस् भन्ने चाहना राख्न सक्छ । दीर्घकालीन रूपमा द्वन्द्वले विश्वव्यापी अस्थिरता निम्त्याउन सक्नेमा अमेरिकालाई मतलब छैन ।
के इरान लामो युद्ध झेल्न सक्छ ? यद्यपि, इरानसँग ठुला सैन्य संरचना र क्षेत्रीय प्रभाव छ (हेज्बोल्लाह, हौथी, शिया मिलिसिया)† यो समय इरानले धेरै गम्भीर क्षति व्यहोर्नुपरिरहेको छ । उच्चस्तरीय सेनापति र वैज्ञानिकहरू गुमाउनुका साथै, इरान लामो समयदेखि आर्थिक नाकाबन्दीमा छ । यथेष्ट विदेशी सहयोग नभएको अवस्थामा लामो समयको प्रत्यक्ष युद्ध इरानका लागि निकै चुनौतीपूर्ण हुनेछ । इरानको रणनीति सम्भवतः सिधा युद्धभन्दा पनि प्रोक्सी हमला र साइबर प्रत्याक्रमणमा केन्द्रित रहने देखिन्छ ।
इरानको मित्र रसिया आफै युक्रेन युद्धमा व्यस्त हुँदा प्रभावकारी सहयोग गर्ने स्थितिमा छैन । इरानले परम्परागत रूपमा रूससँग केही हदसम्म सहकार्य गरेको भए पनि अहिले रूस युक्रेन युद्धमा पूर्णरूपमा होमिएको छ । त्यसैले, रुसबाट इरानले तुरुन्तै ठुलो सैन्य सहयोग पाउने सम्भावना कम छ । रुसले कूटनीतिक समर्थन वा सल्लाहमात्र दिन सक्छ तर प्रत्यक्ष हस्तक्षेप गर्ने अवस्था छैन । यसले इरानको एक्लोपनलाई थप गहिरो बनाएको छ ।
त्यसैगरी, चीनको वैदेशिक नीति नै विदेशीहरूको द्वन्द्वमा प्रत्यक्ष संलग्न नहुने नीतिको कारण इरानले इजरायलमाथि जित हासिल नै गर्न सक्ने खालको सहयोग पाउने कमै सम्भावना छ । चीनले सामान्यतः विश्व स्थायित्वलाई प्राथमिकता दिने नीति अपनाएको छ । इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने भए पनि यस्तो सैन्य सङ्कटमा चीन खुला समर्थन जनाउने पक्षमा देखिँदैन । यद्यपि, चीनले संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा इजरायली आक्रमणहरूको निन्दा गरेको छ । इजरायलले इरानको सार्वभौमसत्ताको उल्लङ्घन गरेको भन्दै थप तनावबाट बच्न इजरायललाई तुरुन्तै सैन्य कारबाही रोक्न आग्रह गरेको छ । द्वन्द्वले आणविक कूटनीतिक प्रयासमा नकारात्मक प्रभाव पार्ने चेतावनी पनि दिएको छ ।
इजरायल–अमेरिका गठबन्धनले खाडी क्षेत्रका देशहरू साउदी र यूएईसँग मिलेर इरानलाई कूटनीतिक र आर्थिक रूपमा घेराबन्दी गर्न सक्ने सङ्केत देखिन्छ । यस्तो रणनीतिले इरानको तेल निर्यात र व्यापारिक मार्गहरूमा असर पार्न सक्छ ।
युद्धको असर विश्व अर्थतन्त्रमा देखिएको छ । यस्तो आक्रमणपछि विश्वबजारमा कच्चा तेलको मूल्य १०–१४ प्रतिशतले बढेको छ । विश्व सेयर बजारहरूमा पनि तनाव छाएको छ । यदि इरानले प्रत्याक्रमण ग¥यो भने इजरायलको थप कारबाही हुने सम्भावना छ र अमेरिका तथा अन्य पश्चिमी शक्तिहरू पनि प्रत्यक्ष रूपमा संलग्न हुन सक्छन् । यस्तो अवस्थामा सिङ्गो मध्यपूर्व क्षेत्र युद्धमा तानिन सक्छ ।
अहिलेको अवस्था अत्यन्त संवेदनशील छ । यदि इरानले ठुलो प्रत्याक्रमण ग¥यो भने परिस्थिति भयावह बन्नसक्छ । अन्तर्राष्ट्रिय समुदायले चाँडै कूटनीतिक हस्तक्षेप नगरेमा यो घटना सिङ्गो क्षेत्रीय युद्धमा रूपान्तरण नहोला भन्न सकिँदैन ।
Leave a Reply