भर्खरै :

युद्धविराम गर्न संयुक्त राष्ट्र सङ्घद्वारा इजरायल र इरानलाई आग्रह

युद्धविराम गर्न संयुक्त राष्ट्र सङ्घद्वारा इजरायल र इरानलाई आग्रह

संयुक्त राष्ट्र सङ्घ, ७ असार (सीआरआई) । यस हप्ता इजरायल र इरानबिचको भिडन्त नै विभिन्न पक्षहरूको ध्यानाकर्षणको विषय बनेको छ ।
भिडन्त लगातार चर्कदै आएको सिलसिलामा संयुक्त राष्ट्र सङ्घका महासचिव आन्टोनिओ गुटेरेसले इजरायल र इरानबिचको सैनिक भिडन्त चर्कदै गएकोमा चिन्ता व्यक्त गर्दै तत्काल भिडन्तलाई शिथिल पार्न र युद्धविराम गर्न दुवै देशलाई ताकेता गर्नुभएको छ ।
संयुक्त राष्ट्र सङ्घका लागि चिनियाँ आवासीय प्रतिनिधि फु छोङले वर्तमान अवस्था चर्कदै आएको देख्दा हामीलाई साह्रै चिन्ता लागेको भन्दै छिटोभन्दा छिटो युद्धविराम गरी सर्वसाधारणको संरक्षण गर्नुका साथै सम्झौता–वार्तामार्फत आणविक समस्याको समाधान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
जून २० का दिन चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता को च्या खुनले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्दै पत्रकारद्वारा सोधिएको वर्तमान मध्य पूर्वी परिस्थितिसम्बन्धी प्रश्नको जवाफ दिनुभएको छ ।
प्रवक्ताका अनुसार, इजरायलले इरान लक्षित सैनिक कारबाही चलाएपछि चीनले सकारात्मक कूटनीतिक गतिविधिको आरम्भ गरी इरान र इजरायललगायतका विभिन्न पक्षहरूसित सम्पर्क राख्नुका साथै तनावपूर्ण परिस्थितिलाई छिटोभन्दा छिटो शिथिल पार्न र सम्बद्ध क्षेत्रलाई अझ डामाडोल अवस्थामा लैजान नदिनको लागि प्रयास गर्दै आएको छ ।
क्षेत्रीय मुलुक र अन्तर्राष्ट्रिय समाजसँगै मिलेर चाँडै नै मध्य पूर्वी क्षेत्रको शान्ति र स्थिरताको पुनस्र्थापना गर्नको लागि निरन्तर रचनात्मक भूमिका निर्वाह गर्दै जान चीन इच्छुक रहेको कुरामा प्रवक्ता को च्या खुनले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *