क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
उनले भने, “तिनीहरू त्यति निर्दयी हुने छैनन् । तिनीहरूले खुसीसाथ त्यसो गर्नेछन् तर राजा र राजकुमारहरू पनि राम्रो सुझावको अनुसरण गर्न इच्छुक हुनुपर्दछ ।” सानोबेलादेखि खराब विचारबाट तिनीहरूको दिमाग प्रदूषित हुने कारण तिनीहरू आफैले दर्शनलाई अध्ययन नगरेसम्म तिनीहरूले दार्शनिकहरूको सुझावलाई मान्ने छैनन् । राजा डीओनीसस (Dionysus) को विषयमा प्लेटो आफैले यो कुरा भोगेका छन् । कुनै राजाको दिमागबाट मूल्यहीन कुराहरू झिकेर राम्रो कुरा मैले गर्न खोजेँ भने तिनीहरूले मलाई धपाउनेछन् वा म हाँसोको पात्र बन्नेछु । मानौँ, म फ्रान्सेली राजाको साथमा छु । उनी एक गोप्य छलफलमा व्यस्त छन् । उनका सल्लाहकारहरू मिलानलाई आफ्नो नियन्त्रणमा, राजाले कसरी राख्नेछन् र नेपालमाथि पुनः आक्रमण गर्ने कुरामा छलफल गरिरहेका छन् । वेनेटीयाली (Venetician) हरूमाथि कसरी विजय प्राप्त गर्ने, सबै इटालीलाई कसरी फ्रान्सको अधीनमा ल्याउने र फ्लान्डर (Flander), ब्राबन्ट (Brabant) र बुर्गन्डी (Burgundy) लाई कसरी जित्ने भन्ने कुरामा छलफलमा छन् । त्यहाँ एक जना सल्लाहकार वेनेटीयालीहरूसँग शान्ति कायम गर्नुपर्ने र त्यसबाट आफ्नो उद्देश्य पूर्ति हुने सल्लाह दिन्छन् । अको सल्लाहकार जर्मनहरूलाई भाडामा लिनु राम्रो ठान्छन् । अर्को सल्लाहकार स्वीसहरूलाई भाडामा लिनु राम्रो ठान्छन् । अर्को एक सल्लाहकार साम्राज्यले शक्तिलाई सुनको भेट चढाएर शान्त पार्नुपर्ने सोच्छन् । कुनै सल्लाहकार आरागन (Aragon) राज्यका राजासँग शान्ति कायम गर्नुपर्ने र त्यसको लागि नावरे (Navarre) को राज्य उनलाई फिर्ता दिइनुपर्ने बताउँछन् । अर्कोले कास्टीलका राजाको सहयोग पाउने आशामा उनीसँग सम्बन्ध गाँस्नुपर्ने सल्लाह दिन्छन् । तथापि, एउटा महत्वपूर्ण विषय त्यतिकै बाँकी छ, बेलायत । बेलायतसँग शान्ति कायम गर्नुपर्नेमा पहिलेको कमजोर मित्रतालाई सुदृढ गर्नुपर्नेमा सबै सहमत छन् । तथापि केही शङ्का बाँकी छ तथा सेनालाई तयार अवस्थामा राख्नुपर्दछ भने सबैको सोचाइ छ । बेलायतसरह हुनुपर्ने, देशको मुकुट र उत्तराधिकारी भएको दाबी गरेर राजाप्रति विश्वास जगाउनुपर्दछ । यस्ता उस्ता उच्चस्तरीय छलफल भइरहेको ठाउँमा, हरेक युद्ध र बुद्धिमान व्यक्तिले राजालाई युद्धको सल्लाह दिइरहेको बेला मैले बिचैमा उठेर नयाँ पाठ दिएँ भने, इटालीसँग मुठभेड नगरी शान्ति रहन, फ्रान्स आफै महान् राज्य भएकोले थप पाउने लोभ नगर्न, युटोपिया टापुको दक्षिण पूर्वीमा रहेको एउटा टापुका एसोरियालीहरूले लगाएको जस्तो आदेश लागु गर्न सल्लाह दिएँ भने मूर्ख ठहरिनेछु ।
कल्पनालोकका दक्षिण–पूर्वमा रहेका ती एसोरियालीहरूले एकपटक आफ्नो राजाको तर्फको अर्को राज्य जित्न युद्ध गरे । तिनीहरूको राजाले अर्को राज्यको उत्तराधिकारी आफू भएको दाबी गरे । अन्तमा, तिनीहरूले त्यो राज्य जिते तर त्यो राज्यलाई जित्नभन्दा त्यसमाथि नियन्त्रण राख्न बढी समस्या उत्पन्न भयो । राज्यमा दिनहुँ विद्रोह हुन थाले र अन्य देशहरूले पनि त्यहाँ आक्रमण गर्न थाले । तिनीहरूको पैसा राज्यबाट बाहिर जान थाल्यो, तिनीहरूका मानिसहरू अर्को राज्यको गौरव राख्न थपिए, मानिसहरूमा युद्धले गर्दा भ्रष्ट र क्रूर मानसिकता आइसकेको थियो, तिनीहरूले युद्ध नहुँदा पनि लुटपाट र चोरीलाई महत्व दिन थाले, मान्छे मार्न अभ्यस्त भएपछि तिनीहरू बदमासी गर्न तम्सिए, नियम कानुनको उल्लङ्घन हुनथाल्यो ः दुई राज्यहरूको जिम्मेवारी सम्हाल्न राजालाई गा¥हो भयो । कुनै पनि राम्रो कर्तव्य निर्वाह गर्नसकिएन । यस्ता सबै समस्याहरू अन्तहीन भएको देखेपछि तिनीहरूले आफ्नो राजालाई दुईवटा राज्य एकैसाथ सम्हाल्न योग्य नभएको भन्दै दुईमध्ये एउटा छान्ने विकल्प दिए । त्यसपछि ती असल राजकुमार आफ्नो पुरानो राजाप्रति सन्तुष्ट हुन र नयाँ राज्य आफ्नो मित्रलाई दिन बाध्य भए । केही समयपछि उनका मित्र हिंस्रकरूपमा विस्थापित भए ।
युद्धको यस्तो तयारीमा धेरै राष्ट्रहरू उनको लागि सहयोग गर्न गहनरूपले हतारमा तयार हुनुपर्छ । उनका सबै पैसा समाप्त भएपछि, उनका जनता नष्ट भएपछि यी सबै तयारी व्यर्थ भएको कुरा थाहा पाउनुभन्दा आफ्ना पुर्खाहरूजस्तै फ्रान्स राज्यमै सन्तुष्ट हुनुपर्ने, त्यसलाई समृद्ध बनाउन शान्ति कायम गर्नु र अन्य राज्यहरूसँग भिडन्त नगर्नु राम्रो हुने सल्लाह मैले दिएँ भने श्रीमान् मोर मेरो सल्लाहलाई कसरी लिइनेछ ?
तसर्थ, मलाई राजाको सल्लाहकार हुनुछैन । मानौँ, कुनै राजा र उनको मन्त्रिपरिषद् राजकोष कसरी बढाउने भन्ने विषयमा छलफल गरिरहेका छन् । एक सल्लाहकारले राजाले कुनै सामान तिर्नुपर्दा पैसाको मूल्य बढाउने र सामान लिनुपर्दा पैसाको मूल्य घटाउने सल्लाह दिए । यसबाट ठुलो मात्रालाई थोरै र पैसामा तिर्न सकिन्छ र थोरैको धेरै पैसा पाइन्छ । अर्कोले छलपूर्वक युद्ध गर्ने र आफ्नो राज्य कोष भरिएपछि गरीबहरूको आँखामा छारो हाली शान्तिको प्रयास गर्ने सल्लाह दिए । एक सल्लाहकारले पुरानो जमानाको कहिल्यै लागु नगरिएको कानुन लागु गर्ने सल्लाह दिए । नाफादायी र न्यायसङ्गत लाग्ने राज्यकोष बढाउने योभन्दा राम्रो अर्को कुनै बाटो छैन । अर्कोले धेरै कुरालाई क्षतिपूर्ति र जरिवानामा सामेल नगर्ने, जनताको नाफाको लागि प्रयोग हुने कुरा सामेल नगर्न सल्लाह दिए । यसबाट जनताको विश्वास प्राप्त हुन्छ र दुई तरिकाबाट नाफा बढ्छ । पहिलो नाफाप्रति इष्र्यालु हुँदै कानुनलाई खतरामा पार्नेहरूबाट जरिवाना लिएर तथा अर्को विशेषाधिकार र अनुमति पत्र बेचेर ।
अर्कोले राजालाई आफ्ना न्यायाधीशहरूमाथि आफ्नो नियन्त्रण राख्ने सल्लाह दिए । यसबाट हरेक विवादको विषयमा तिनीहरूले राज्यको पक्षमा फैसला गर्नेछन्, यसबाहेक दरबारमा बोलाएर राजाको विषयमा राजाको उपस्थितिमा छलफल गर्न लगाइनेछ । यसबाट राजाले गलत र अन्याय गर्ने मौका पाउने छैनन् । न्यायाधीशहरूले पनि विभिन्न सहुलियत पाउन राजाको चाकडी गर्नेछन् र सत्यमाथि शङ्का उब्जाउनेछ । यसबाहेक राजाले कानुनलाई आफ्नो पक्षमा पार्ने मौका पाउनेछ तथा अन्य सबै डर वा लाजले गर्दा सहमत हुनेछन् । त्यसपछि न्यायाधीशहरूले राजाको पक्षमा घोषणा गर्नेछन् । आफ्नो तर्फबाट उनले त्यति गर्नु पर्याप्त हुनेछ तथा राजाले विवादरहित विशेषाधिकार पाउनेछन् ।
निष्कर्षमा भन्नुपर्दा सबै सल्लाहकारहरू सेना राख्नुपर्ने, राजकुमारको लागि जतिसुकै सुन पनि पर्याप्त नहुने सहमतिमा पुग्नेछन् । यसबाहेक सबैसँग भएको सम्पत्ति राजासँग हुनेछ । राजाले तिनीहरूको केही सम्पत्ति नखोसे हरेक मानिससँग पर्याप्त सम्पत्ति हुनेछ ।
राजासँग भएको सम्पत्ति जनतासँग नहुनु राजाको लागि फाइदाजनक छ । राजाका जनता सम्पत्ति र स्वतन्त्रताले गर्दा बिग्रँदैनन् किनभने जहाँ यस्ता कुरा हुन्छन् त्यस मानिसले धैर्यपूर्वक कठोर, अन्यायी र अवैध आदेश मान्दैनन् जबकि अर्कोतर्फ आवश्यकता र भोकले साहसलाई नियन्त्रणमा राख्छ र धैर्यवान बनाउँछ, विद्रोहलाई रोक्छ ।
यस्तो परिस्थितिमा मैले यी सबै सल्लाहहरू आफ्नो सम्पत्तिभन्दा जनताको सम्पत्तिको कारण समर्पित राजाको सम्मान र सुरक्षाको लागि अपमान र आलोचना भएको भनेँ । जनताले राजाको लागि नभई आफ्नो लागि राजा चुन्ने, राजाको श्रमबाट आफू खतरा र गलतबाट बढी सुरक्षितसाथ बाँच्ने तथा राजाले आफ्नोभन्दा जनताको सम्पत्तिको ध्यान राख्नुपर्ने आदि कुरा बताए भने के हुनेछ ?
यसो भयो भने शान्तिको रक्षा र स्थिरता जनताको गरिबीमा समाहित हुने सोच्नेछ । भिखारीहरूमाझ भन्दा बढी झगडा, वादविवाद मानिसले अरु कहाँ भेटाउनेछ ? आफ्नो वर्तमान जीवनबाट सन्तुष्ट नभएकाहरूबाहेक अरु के नयाँ परिवर्तनको लागि इच्छुक हुनेछ ? अहिले आफ्नो गुमाउनु भन्ने केही नभएकाहरूबाहेक अरुको साहसी हुनेछ ? यदि कोही राजाले गलत काम गरेर जनतालाई भिखारी बनाउँछ भने उनले राज्य राख्नुभन्दा त्याग्नु श्रेयस्कर हुनेछ । धनी र समृद्ध व्यक्तिहरूको शासक बन्नुभन्दा भिखारीहरूको शासक बन्नु राजाको मर्यादाविपरीत छ । यस्तै एक व्यक्ति पहिलो शताब्दीमा रोमका एक धनाढ्य फ्रेब्रीसियन (Fabricians) थिए । उनले आफू धनी हुनुभन्दा उनीहरूको शासक बन्नु उचित भएको बताए, एक व्यक्ति सुख समृद्धिमा बाँच्ने बाँकी सबै त्यसको लागि रुने अवस्था राजाको लागि होइन जेलरको लागि उपयुक्त छ । आफ्नो रोगीलाई अर्को रोग नदिई पहिलेको रोगको उपचार गर्न नसक्ने चिकित्सक मूर्ख हो । त्यसैगरी, आफ्नो जनताको जीवन सुधार्न नसक्ने, तिनीहरूको सम्पत्ति खोस्ने राजाले शासन गर्न जाँदैनन् । त्यस्तोले आफ्नो जीवन पहिले सुधार्नुपर्छ, बेइमानी सुख सुविधा त्याग्नुपर्दछ र घमण्डलाई छोड्नुपर्दछ । यिनै कारणले गर्दा उनले जनताको घृणा कमाएका हुन् । कसैलाई पनि हानि नपु¥याई उनलाई आफ्नो जीवन जीउन दिऊँ । उनलाई आफ्नो आम्दानी र खर्चबिच सन्तुलन राख्न दिऊँ, दुष्ट्याइँबाट बाहिर राखौँ र अवैध काम गर्ने अवसर नदिऊँ । कहिल्यै पनि नचाहिएको, अन्त्य भइसकेको कानुनलाई पुनः लागु गर्ने मौका नदिऊँ । सीमा नाघेको निहुँ वा आडमा जरिवाना लिनेजस्ता कामहरू गर्न नदिऊँ ।
यहाँ मैले युटोपिया (कल्पनालोक) को नजीकै रहेका मकारीयाली (Macarians) हरूको उदाहरण दिनु आवश्यक छ । मकारीका राजाले आफ्नो राज्यरोहणको दिनमै आफ्नो राज्यकोषमा एक हजार पाउन्ड सुन वा चाँदीभन्दा बढी धन नराख्ने शपथ ग्रहण गर्नुपर्दछ । आफ्नो समृद्धि बढाउनुभन्दा आफ्नो जनताको सम्पत्ति र सुविधालाई बढी ध्यान दिने एक असल राजाले राजाहरूलाई आफ्नो जनतालाई गरिब बनाएर सम्पत्ति थुपार्ने कामबाट रोक्न यो कानुन बनाए । यदि जनता गृहयुद्धमा होमिए तिनीहरूविरुद्ध लड्न वा बाहिरी शत्रुहरूको आक्रमणबाट बच्न त्यति रकम पर्याप्त हुने ती राजाको विचार थियो । त्यही रकम राजालाई अरु व्यक्तिको सम्पत्ति खोस्न प्रेरित गर्न पर्याप्त नहुने सोचे तथा यही कारणले गर्दा त्यो कानुन बन्यो । यो प्रावधानबाट जनतालाई आफ्नो दैनिक जीवन चलाउन पैसाको अभाव नहुने उनको विचार थियो । राजाले राख्न पाउने सम्पत्तिभन्दा बढी आएका सबै रकम दिनुबाहेक अर्को कुनै विकल्प छैन । यस्तो राजा खराब व्यक्तिहरूबाट डराउने छन्† राम्रा व्यक्तिहरूले मनपराउनेछन् । यस्तै सूचनाहरू मैले त्यहाँ दिएँ भने तिनीहरूले मेरो कुरा सुन्ने छैनन् ।
आश्चर्य छैन बहिराहरूले सुनिने छैनन् मैले भनेँ । स्पष्टरूपमा भन्ने हो भने कहिल्यै नसुन्ने वा नमानिने वार्तालापहरू हुने छैनन् । यस्तो अनौठो सूचनाहरू कसरी नाफादायी हुनसक्छ वा विपरीत कुराहरू भरिएको दिमागमा यस्ता कुराहरू कसरी घुसाउन सकिनेछ ? यो दर्शनशास्त्र साथीभाइमाझ नराम्रो छैन तर राजपरिषद्मा, ठुल–ठुला विषयहरूमाथि बहस हुने ठाउँमा यस्तो कुराको कुनै महत्व छैन ।
तसर्थ, उनले भने, मेरो विचारमा राजाहरूमाझ दर्शनको कुनै ठाउँ छैन । मैले भनेँ, यो दर्शनशास्त्र हरेक ठाउँमा उपयोगी छैन । तर, अर्को बढी सभ्य दर्शनशास्त्र छ जसले आफ्नो भूमिका राम्ररी खेल्छ । यही दर्शन तपाईँ प्रयोग गर्नुपर्छ अन्यथा हास्यव्यङ्ग्यले भरिएको नाटक चलिरहेको ठाउँमा एक्कासि गम्भीर नाटक अगाडि ल्याउन धेरै कुराहरू एक आपसमा मिसिन्छ र खिचडी बन्छ । माक्किस प्लाउटस (Maccius Plautus २५०–१८४ BC) का प्रसिद्ध लेखक हुन् । चौथो शताब्दी ईशापूर्वका एक दार्शनिक थिए – सेनेका (Seneca) । उनको एक दुःखान्त नाटक छ ओक्टाभिया (Octavia) । रोमका अत्याचारी राजा नेरो (Nero) को विरोधको षड्यन्त्रमा सेनेकाको नेरोसँग मतभेदको दृश्य ओक्टोभियाको दोस्रो अङ्कमा आउँछ । त्यस्तो गम्भीर कुरा हास्यव्यङ्ग्यको बेला खिचडी भएजस्तै राजा र राजपरिषद्मा दर्शन त्यस्तै अप्रासाङ्गिक हुन्छ । वर्तमान नाटकमा केही नयाँ कुरा ल्याउन त्यो नाटकलाई बिगार्नुपर्दछ चाहे पछि ल्याउने कुरा राम्रोको लागि नै किन नहोस् । तपाईँले के भूमिका पाउनुभयो ? त्यसलाई राम्रोसँग निभाउनुहोस् । अर्को कुनै राम्रो कुरा दिमागमा आए तापनि त्यसलाई अगाडि नल्याउनुहोस् ।
राजा र राजकुमारहरूलाई सल्लाह दिने काम पनि यस्तै हो । खराब विचार र खराब योजनाहरू एकैपटक तिनीहरूको मनबाट हटाउन सकिँदैन भने, तिनीहरूको दुर्गुण हटाउन सकिदैन भने पनि राज्यलाई छोड्नु उचित छैन । हावालाई रोक्न सकेन भनेर जहाजलाई आँधीको बिचमा छाड्नुहुँदैन । आफूहरूलाई थाहा भएको तर तिनीहरूको मनमा भएको भन्दा ठीकविपरीत अनौठो सूचना तिनीहरूको मनमा भर्न श्रम खर्च गर्नुपर्दैन । तर, तपाईँले आफ्नो दिमाग प्रयोग गरेर चलाखीपूर्वक सबै कुरा मिलाउनुपर्छ, कुनै कुरालाई राम्रो बनाउन नसके त्यसलाई धेरै नराम्रो नबनोस् भन्ने प्रयास गर्न सकिन्छ । सबै मानिस राम्रै नभएसम्म सबै कुरा राम्रो हुन सम्भव छैन र यो धेरै वर्षसम्म हुनसक्दैन ।
“यसबाट केही हुनेछैन” – उनले भनेँ । तिनीहरूको पागलपनलाई ठीक गर्नतर्फ लागे भनेँ म पनि पागल हुनेछु । यदि मैले बोलेँ भने साँचो कुरा बोल्छु, मैले त्यस्तो कुरा बोल्नुपर्छ किनभने म झूट बोल्न सक्दिनँ । मेरो वार्तालाप तिनीहरूको लागि रुचिकर नभए तापनि त्यो किन अनौठो हुनेछ भनी मलाई थाहा छ । प्लेटोले आफ्नो राज्यमा र कल्पनालोकका मानिसहरूले आफ्नो राज्यमा गरेका राम्रा कामहरूको विषयमा बोल्नु अनावश्यकजस्तो तिनीहरूले सोच्नेछन् । यहाँ हरेक व्यक्तिसँग आ–आफ्नो राज्यमा गरेका राम्रा कामहरूको विषयमा बोल्नु अनावश्यक जस्तो तिनीहरूले सोच्नेछन् । यहाँ हरेक व्यक्तिसँग आ–आफ्नो व्यक्तिगत सम्पत्ति छ जबकि त्यहाँ सबै कुरा साझा छ । तर, मेरो वार्तालापमा भएको के कुरा कुन ठाउँमा बोल्न मिल्दैन वा सकिँदैन ? त्यसबाहेक बिना कुनै सोचविचार विपरीत काम गर्न इच्छुकहरूको लागि यो स्वीकार्य वा रुचिकर हुनेछैन । खराब व्यवहारको कारण सबै कुरा असुविधाजनक छ भने तथा तिरस्कारयुक्त कुरा भनी अस्वीकार गर्ने हो भने हामी इसाईहरूले, क्राइस्टले सिकाउनुभएको धेरै कुरामाथि आँखा चिम्लनुपर्दछ । क्राइष्टले धेरै कुरा खुलस्त गर्न भन्नुभएको थियो । तथापि त्यसमध्ये धेरैजसो मेरो वार्तालापभन्दा पनि आजको विश्व प्रवृत्तिबाट असन्तुष्ट छ ।
तर, धूर्त पादरीहरू आफ्नो व्यवहारलाई क्राइष्टको नियममा ढाल्न चाहन्छन्, तिनीहरूले क्राइष्टको सिद्धान्तप्रति छल गरेका छन् । लचकदार भएर यसलाई मानिसको व्यवहारमा उतारेका छन् तथा केही हदसम्म तिनीहरू एक आपसमा सहमत छन् । त्यसबाट तिनीहरूले के राम्रो गरे, मैले देखिनँ तर धेरै मानिसहरू खराब बने । राजाको परिषद्मा पनि त्यस्तै हुनेछ । कि त मैले तिनीहरूको भन्दा पृथक कुरा भन्नुपर्छ, त्यसो भए मैले केही नभन्नु नै राम्रो हुनेछ अन्यथा मैले पनि तिनीहरूकै कुरा दोहो¥याएर तिनीहरूको उन्मादलाई थप बढाउनु मद्दत गर्नुपर्नेछ । तपाईँको आकर्षक सबै कुरालाई राम्रो पार्न नसके चलाखीपूर्वक त्यसलाई सुल्झाएर सकेसम्म खराब हुन नदिन तपाईँको विचारलाई मैले बुझ्न सकिनँ । आफूले कुरा लुकाउने वा कुनै कुराप्रति आँखा चिम्लने ठाउँ छैन । विनाशकारी सुझावहरूलाई खुला रूपमा स्वीकार्नुपर्छ र हानि पु¥याउने आदेशहरू अस्वीकृत गर्नुपर्छ । खराब आदेशहरूलाई प्रशंसा गर्ने व्यक्ति विश्वासघाती, देशद्रोही जतिकै खराब हुन्छ ।
नराम्रो मान्छेलाई राम्रो बनाउनेभन्दा राम्रो मान्छेलाई नराम्रो बनाउने समूहमा रहेर मानिसले राम्रो काम गर्न सक्दैन, खराब समूहले उसलाई पनि बिगार्छ, उनी राम्रो र निर्दोष रहे तापनि अरुको खराबीले उनीमाथि असर पार्नेछ र उनीमाथि आरोप लाग्नेछ । तसर्थ, चलाखीपूर्वक कुनै कुरालाई राम्रो बनाउनु असम्भव छ । प्लेटोले राम्रो तुलना गर्दै किन बुद्धिमान मानिसहरूले राज्यको मामिलामा टाढै रहनुपर्छ भन्ने कुराको वर्णन गरेका छन् ? जब तिनीहरूले जनतालाई सडकमा बसेर पानीमा रुझिरहेको देख्छन् र पानीबाट बच्न घरमा जान प्रेरित गर्न सक्दैनन् तब तिनीहरूले जनताको मूर्खतालाई बदल्न नसकेर पानीबाट सुरक्षित हुन आफू घरभित्रै बस्छन् ।
मोर महाशय, जहाँ निजी सम्पत्ति हुन्छ, जहाँ धन सम्पत्तिको प्रभाव न्यायको भन्दा बढी हुन्छ, त्यहाँ राज्य वा जनकल्याण फस्टाउन सक्दैन । होइन भने तपाईँले यस्तो सोच्नुपर्छ ः न्याय त्यहाँ हुन्छ जहाँ सबै कुरा दुष्ट मानिसको हातमा हुन्छ वा समृद्धि त्यहाँ हुन्छ जहाँ हरेक कुरा थोरै व्यक्तिमाझ विभाजित हुन्छ र बानीले दुःख–कष्ट, दरिद्रता र गरिबीमा जीवन बिताउँछ । जब म यो कुरा सोच्छु तब मेरो दिमागमा कल्पनालोकका मानिसहरूका बुद्धिमत्तापूर्ण र राम्रा कानुनहरू आउँछ । त्यहाँ थोरै कानुन भए तापनि सबै कुरा व्यवस्थित छ र सबै कुरा साझा भइकन पनि हरेक मानिससँग पर्याप्त मात्रामा हरेक कुरा छ ।
अर्कोतर्फ म तिनीहरूलाई नयाँ कानुन बनाउने धेरै राष्ट्रहरूसँग तुलना गर्छु तथापि तिनीहरू कोही पनि पर्याप्त मात्रामा कानुनले परिपूर्ण छैनन् । त्यहाँ हरेक मान्छेसँग निजी सम्पत्ति छ तथा दैनिकरूपमा बनाइने धेरै कानुन हरेक व्यक्तिको सुरक्षा गर्न पर्याप्त छैन, कानुनमा अनगिन्ती विवादहरू दिनहुँ जन्मन्छन् र तिनीहरू कहिल्यै अन्त्य हुँदैनन् । यसमा म प्लेटोसँग सहमत छु । कानुनमात्र अस्वीकार गर्नेहरूको लागि उनले कुनै कानुन बनाउँदैन भने हरेक व्यक्तिले सम्पत्ति र उपभोग्य सामग्रीमा समान भाग पाउनुपर्छ भन्छ भने म आश्चर्य मान्दिनँ ।
हरेक कुरामा समानता ल्याउने भए साझापना ल्याउने यही एउटामात्र बाटो भएको कुरा बुद्धिमान – व्यक्तिहरूले तत्काल बुझ्न सक्छन् । हरेक मान्छेको सम्पत्ति हुने ठाउँमा यस्तो कुरा हेर्न पाउनु सम्भव छैन । जहाँ हरेक व्यक्तिले सबै सम्पत्ति थोरै व्यक्तिहरूमाझ बाँड्न आफूले बढीभन्दा बढी सम्पत्ति थुपार्ने काम गर्छ त्यहाँ अभाव र गरीबीमात्रै बाँकी हुन्छ । पछिल्लो अवस्था बढी रमाइलो हुन्छ किनभने धनी मानिसहरू धूर्त, इष्र्यालु र दुष्ट हुन्छन् । अर्कोतर्फ गरीबहरू सरल हुन्छन् र तिनीहरूको दैनिक श्रम तिनीहरूको लागि भन्दा राज्यको लागि बढी लाभदायक हुन्छ । तसर्थ, सबै सम्पत्तिमा निषेध नलगाइएसम्म समान र न्यायपूर्ण वितरण हुनसक्दैन भन्ने मेरो धारणा छ । यो स्थिति जारी रहेसम्म दरिद्रता र गरिबीको भार अवश्यम्भावी रहनेछ । यसमा केही लचकता आउन सक्छ तर सम्पूर्णरूपमा हट्छ भन्ने कुरा म मान्दिनँ । कुनै पनि व्यक्तिले आफूसँग निश्चित मात्राभन्दा बढी रकम र सम्पत्ति राख्न नपाइने नियम बनाइयो भने राजा पनि बढी शक्तिशाली हुनेछैनन् न त जनता नै धेरै धनी हुनेछन्, घूस दिएर कार्यालयमा काम गराउन सकिने छैन, कार्यालयको खरिद बिक्री हुनेछैन तथा कर्मचारीहरूलाई पैसा खुवाउनुपर्ने अवस्था रहँदैन । पैसा खुवाउने अवस्था आए तिनीहरूले पुनः पैसा जम्मा गर्नेछन् र घूस र उपहारको लोभमा कार्यालयहरू धनीहरूको हातमा जानेछ । उपचार र रोग निको हुने पर्खाइमा रहेका बिरामीहरूले केही समयको लागि उपचार पाएजस्तै ती खराबीहरूलाई पनि करण पार्न सकिन्छ । तर, ती सबै हट्नेछन् र राम्रो अवस्था आउनेछन् भन्ने आशा गर्नु बेकार छ किनभने हरेक व्यक्ति आफ्नो मालिक हो । आफ्नो शरीरको एक भागमा लागेको घाउको उपचार गर्न जाँदा अर्को घाउ झन् बल्झिएजस्तै एउटाको मद्दतले अर्कोलाई हानि पु¥याउन सक्छ । कसैबाट केही कुरा नलिएसम्म कुनै कुरा अरुलाई दिन सकिँदैन ।
Leave a Reply