भर्खरै :

संयुक्त परीक्षा समितिको फुटसलमा वागीश्वरी प्रथम

संयुक्त परीक्षा समितिको फुटसलमा वागीश्वरी प्रथम

भक्तपुर, २८ भदौ । सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समिति भक्तपुरको वार्षिक कार्यतालिकाअनुसार फुटसल प्रतियोगिता शनिबार हेल्थि फुटसल, इटबुँमा सम्पन्न भयो ।
फाइनलमा आयोजक विद्यालय वागीश्वरी माध्यमिक विद्यालयले देवी माध्यमिक विद्यालयलाई ३–१ को अन्तरले पराजित गरी उपाधि हासिल ग¥यो ।
भक्तपुरका १७ सामुदायिक विद्यालयको सहभागितामा सम्पन्न उक्त प्रतियोगितामा संयुक्त परीक्षा समिति भक्तपुरका अध्यक्ष रोशनराज तुईतुईले भक्तपुरका सामुदायिक विद्यालयमा फुटसल प्रतियोगिता पहिलो पटक भएको र यस्तो प्रतियोगिताले खेलाडीमा अनुशासन र मित्रताको भावना विकास हुने बताउनुभयो ।
वागीश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं पुरस्कार वितरण समारोहका सभापति कृष्णप्रसाद कर्माचार्यले धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा दोलागिरी माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवबहादुर खलिमुली, आदर्श आजाद माध्यमिक विद्यालयका प्रधानाध्यापक सुभद्रा दुवाल र अतिरिक्त क्रियाकलाप समितिका संयोजक मङ्गलेश्वर ध्वजुले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा तृतीय स्थान गणेश माध्यमिक विद्यालय,भार्वाचो र दोलागिरि माध्यमिक विद्यालयले हासिल गरेका थिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी देवी माध्यमिक विद्यालयका युनिक ङाखुसी र सर्वोत्कृष्ट गोलकिपर वागीश्वरी माध्यमिक विद्यालयका कृजल दुवाल घोषित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *